प्रदेश १ को वार्षिक नीति तथा कार्यक्रमः स्वास्थ्य क्षेत्र प्रमुख प्राथमिकतामा

 न्यूज विराट
प्रदेश १ को वार्षिक नीति तथा कार्यक्रमः स्वास्थ्य क्षेत्र प्रमुख प्राथमिकतामा

विराटनगर, २७ जेठ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका छन् । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख ‘प्यासी’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

सरकारको आगामी वार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई बिशेष प्राथमिकतामा राखिएको छ । गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्धता भन्ने मुल नारासहित आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश मातहतका सबै अस्पतालहरुको गुरुयोेजना तयार पारिएको छ ।

गुरुयोजना अन्र्तगत अक्सिजन प्लान्ट, सघन उपचार कक्ष निमार्ण, बिशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी र आवश्यक औजार तथा यन्त्र उपकरणसहित मेची अस्पताललाई २ सय, धनकुटा र पाँचथर जिल्ला अस्पताललाई सय–सय तथा अन्य जिल्ला अस्पताललाई न्युनतम ५० शैयामा स्तरोन्नति गरिने सरकारको तयारी छ ।

गरिब तथा विपन्न वर्गको उपचारका लागी प्रदेशमा उपचार कोषको उपचार स्थापना गरिने प्रदेशप्रमुख प्यासीद्धारा पेश गरिएको निति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै प्रदेशद्धारा सञ्चालित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रलाई कोभिडको पुर्ण रोकथाम र नियन्त्रण पश्चात प्रादेशिक प्रसुती तथा स्त्री रोग अस्पतालका रुपमा रुपान्तरण गरिने प्रदेश सरकारको योजना छ ।

सम्बन्धित समाचार

स्थानीय तहका कर्मचारी आन्दोलित

विराटनगर । संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै स्थानीय तहका कर्मचारीले संघर्ष जारी राखेका छन् । सरकारले संघीय संसद्मा निजामती विधेयक दर्ता गर्ने तयारी गरिरहेका बेला स्थानीय तहका कर्मचारीले विरोध कार्यक्रम सुरु गरेका हुन्...

मृत्युपछि सुत्केरीलाई संक्रमण पुष्टि : मलामी गएका ४९ जना सम्पर्कमा

धनगढी, जेठ २५-सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमै मृत्युपश्चात कोरोना पुष्टि भएकी महिलाको मलामी गएका व्यक्तिहरूलाई प्रहरीले सम्पर्कमा ल्याएको छ । प्रहरीका अनुसार महिलाको टोलसहित घोडाघोडी नगरपालिका- ३ का ८ र बर्दोगोरिया गाउँपालिका- २ का दुई...

सुनसरीका पत्रकारको नेबेलले ५० प्रतिशत छुटमा उपचार गर्ने

विराटनगर, जेठ २२–इटहरी रसुनसरी जिल्लाका पत्रकारहरुको नोबेल अस्पताल विराटनगरले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको हो। प्रेस युनियन सुनसरीका सभापति...

क्यानडा पठाइदिन्छु भनी ९० लाख ठगेको अभियोगमा एक जना पक्राउ

क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन्...

टि – २० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा, मधेश र वागमती विजयी

विराटनगर । टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत लिग चरणको विहिबार सम्पन्न अन्तिम खेलसँगै सेमिफाइनलको समिकरण पुरा भएको । पहिलो खेलमा मधेश प्रदेशले एपिएफ र वागमती प्रदेशले नेपाल पुलिसलाई पराजित गरेको छ । विहिबारको खेल अगावे समुह...

विरोधको बिच कटहरीको वडा कार्यालय नयाँ भवनमा

विराटनगर । निमार्ण पुरा भएको एक वर्षपछि केही स्थानीयको अवरोधको बिच मोरङ कटहरी गाउँपालिका ४ नं. वडा कार्यालय नयाँ भवनमा सरेको छ । साबिकको ठाउँदेखि करिब सात समय मिटर उत्तरमा आफ्नै सुविधा सम्पन्न भवनमा वडा...

तेस्रो प्रयासमा गच्छदारलाई हराउँदै भगवती चौधरीको संसद्‍ यात्रा

विराटनगर । सुनसरीको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा एमालेकी उम्मेदवार भगवती चौधरी विजयी भएकी छिन् । उनले काँग्रेसका नेता विजय गच्छदारलाई हराउँदै प्रतितिनिधि सभामा विजयी भएकी हुन् । २०७० सालको संविधानसभा निर्वाचन र...

‘प्रदेशका कानुन दराजमै थन्किए‘

विराटनगर, असार ३०–प्रदेश १ मा बनाइएका अधिकाँश कानुन दराजमै थन्किएको सांसदहरूले गुनासो गरेका छन् । आजको प्रदेशसभा बैठकमा सांसदहरूले प्रदेशसभाले बनाएका अधिकांश कानुनहरू दराजमा थन्किएको गुनासो गरेका हुन । सांसद केदार कार्कीले लोकसेवा सम्बन्धमा कानुन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्