प्रदेश १ को बजेट अधिवेशन आजदेखि

 न्यूज विराट
प्रदेश १ को बजेट अधिवेशन आजदेखि

विराटनगर, २४ जेठ । प्रदेश १ को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । आज दिउँसो २ बजेका लागि प्रदेशको बजेट अधिवेशन आह्वान गरिएको छ । सत्तारुढ नेकपा (एमाले) को असन्तुष्ट पक्षले असहयोग गर्ने आशंकाका बीच सरकारले प्रि–बजेट छलफलको समयावधि छोट्याउने अध्यादेश जारी गर्दै २० जेठमा बजेट अधिवेशन आह्वान गरेको थियो ।

सरकारले प्रि–बजेटमाथिको छलफल छोट्याउने अध्यादेश ल्याएसँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहितका विपक्षी दलहरू मात्र होइन, पार्टीभित्रकै माधव नेपाल समूहसमेत रुष्ट छ ।

तर, एमालेको विवाद समाधानका लागि केन्द्रमा छलफल र वार्ता चलिरहेकाले नेपाल समूहले तत्काललाई सरकारलाई नै साथ दिने संकेत गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले भने सरकारका गलत क्रियाकलापको सदनबाटै कडा प्रतिवाद गर्ने बताउँदै आएका छन् ।

केन्द्रमा विपक्षी गठबन्धनलाई साथ दिएको नेपाल समूहले प्रदेश १ मा विपक्षी दलहरूलाई साथ नदिएको अवस्थामा सरकारको नीति कार्यक्रम तथा बजेट बहुमतले पास हुनेछ ।

एमाले विवाद कायम रहेकाले नेपाल समूहका सांसदहरूले सरकारका प्रस्तावमा असहयोग गर्ने विपक्षी दलहरूको अनुमान थियो । तर, एमालेको केन्द्रमा विवाद समाधानका लागि प्रयास भइरहेकाले हाललाई माधव नेपाल समूहले सरकारलाई नै साथ दिने भएपछि बजेट असफल बनाउने विपक्षीको चाहनामा धक्का लाग्ने भएको हो ।

नेपाल समूहका प्रभावशाली नेतासमेत रहेका एमाले केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्र राईले हाललाई आफ्नो समूहको साथ सरकारलाई नै रहने बताएका छन् ।

प्रदेशसभामा सत्तारुढ दल नेकपा (एमाले) एक्लैको एकल बहुमत रहेकाले एमाले एकजुट हुँदा सरकारको बजेट बहुमतले पास हुन्छ । त्यसैले एकल बहुमतका कारण सरकारले विपक्षी दलहरूलाई पेलेरै जाने सम्भावना देखिएको छ । विपक्षी सबै दलहरूले सरकारविरुद्ध मोर्चाबन्दी गरेका छन् र सदनमा सरकारको कडा प्रतिवाद गर्ने बताएका छन् ।

सम्बन्धित समाचार

प्रदेश १ आज ३ संक्रमित थपिए, २२ जना डिस्चार्ज

विराटनगर, असार २८–प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुषरहेका छन् । वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमाउपचाररत झापाका १९, खोटाङका २ र सुनसरीका १ जना डिस्चार्ज...

पाँच बुँदे सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं, २७ माघ । पाँच बुँदे सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी संघ नेपाल केन्द्रीय समितिले पाँचबुँदे माग प्रस्तुत गर्दै बुधबारदेखि बोर्डमा सुरु गरेको आन्दोलन आजको वार्तामा सहमति जुटेपछि स्थगित...

नवनिर्वाचित प्रदेश १ सांसदले लिए शपथ

विराटनगर । प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले ९२ जना प्रदेश सांसदहरूलाई सोमबार शपथ ग्रहण गराएका हुन् । प्रदेश १ का...

दशगजामा भारतले निर्माण गरेका संरचना हटाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं, १६ जेठ-संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले दशगजा क्षेत्रमा रहेका भौतिक संरचनालाई तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिले भारतीय सीमामा रहेको दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन र मूल्य मान्यता...

जनकपुरमा ३ दिनअघि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

जनकपुर,  ३२ साउन-जनकपुरमा ३ दिनअघि उपचारको क्रममा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । काव्या अस्पतालमा उपचाररत जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने ४३ वर्षीय पुरुषको गत शुक्रबार मृत्यु भएको थियो ।  रुघा खोकीसँगै ज्वरो आएपछि...

रोटरीले वितरण गर्यो खाद्य सामाग्री

विराटनगर, २१ कात्तिक–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगर बखरीस्थित विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । आर्थिक रुपमा विपन्न ५० परिवारलाई खाद्यान्न वितरण गरेको हो । शुक्रबार एक कार्यक्रमकाबिच क्लबकी...

केराबारीमा आमा– छोरीमाथि खुकुरी प्रहार, एक जना पेस्तोलसहित पक्राउ

विराटनगर । मोरङको केराबारीमा आमा– छोरीमाथि खुकुरी प्रहार गर्ने एक जना पक्राउ परेका छन् । केराबारी गाउँपालिका–९ भलुवाईकी अन्दाजी ५० वर्षीया जमुनादेवी राई र उनकी छोरी २५ वर्षीया रेणुका राईलाई खुकुरी प्रहार गर्ने लेटाङ नगरपालिका–१...

सौन्दर्य कला व्यवसायी संघ विराटनगरमा नयाँ नेतृत्व, अध्यक्षमा सविता थापा

विराटनगर। सौन्दर्य कला व्यवसायी सङ्घ विराटनगर महानगर कमिटीमा नयाँ नेतृत्व आएको छ । उक्त संघको अध्यक्षमा विराटनगरका ब्युटिसियन सविता थापा रहेकी छिन् । विराटनगरमा भएको भेलाले थापालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसअघिको अध्यक्षमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्