नेपालले चिनियाँ ताइपेईलाई २-० ले हरायो

 न्यूज विराट
नेपालले चिनियाँ ताइपेईलाई २-० ले हरायो

काठमाडौं, जेठ २१ । नेपालले एसियाली विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा चिनियाँ ताइपेईमाथि २–० को जित निकालेको छ । जितसँगै नेपालले एसिया कप छनोट समीकरणमा आफ्नो बलियो चुनौती पेस गरेको छ । यो जितपछि आफ्नो समूहको चौथो स्थानमा नेपालको पकड बलियो भएको छ । त्यस्तै नेपालले समग्र छनोटकै चौथो स्थानका शीर्ष चार टिमका लागि बलियो चुनौती पनि पेस गरेको छ ।

कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीबाट चौथो मिनेटमा पहिलो गोल गरे । चेङ हाउले आफ्नो पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टी प्राप्त गरेको हो र त्यसमा अञ्जनले सजिलै गोल गरे । अञ्जनको यो नेपालका लागि चौथो अन्तर्राष्ट्रिय गोल हो ।

नेपालका लागि पेनाल्टीको अवसर दिने जापानी रेफ्री किम उसुङको निर्णय निकै नरम रह्यो । खेलको ८१ औं मिनेटमा नवयुग श्रेष्ठले दोस्रो गोल थपे । यसका लागि उनले नजिकको दूरीबाट चलाखीपूर्ण उत्कृष्ट गोल गरे र यसका लागि सुमन अर्यालले सटिक क्रस मिलाएका थिए । नवयुगले नेपालका लागि गरेको यो सातौं गोल हो ।

यो जितपछि नेपालको दुई खेलबाट ६ अंक भएको छ । यसपल्टको विश्वकप छनोटमा नेपालका यो दोस्रो जित हो । दुवै जित चिनियाँ ताइपेईविरुद्ध रहेको छ । चिनियाँ ताइपेईको भने छनोटमा यो लगातार पाँचौं हार हो र शून्य अंक रहेको छ । चिनियाँ ताइपेईले दोस्रो हाफमा नेपाललाई केही दबाबमा राख्न सके पनि निर्णायक सावित आक्रमण भने बुन्न सकेन ।

एसियाली विश्वकप छनोटको समूह ‘बी’ का खेल तटस्थ भूमिका रूपमा कुवेतमा भइरहेको हो । नेपालले ताइपेईविरुद्धको पहिलो लेगको छनोटमा २–० को जित निकालेको थियो । त्यसमा दुवै गोल अञ्जनले नै गरेका थिए । दोस्रो लेगमा भने ताइपेईका खेलाडी प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका लागि नेपालका तर्फबाट यो पहिलो औपचारिक खेल हो । यसअघि उनकै नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो । अब नेपालले विश्वकप छनोटका बाँकी खेलमा जोर्डन र अस्ट्रेलियाको सामना गर्नेछ ।

सम्बन्धित समाचार

राष्ट्रसंघका अधिकारी कारमै यौन सम्बन्धमा मस्त, भिडियो बन्यो भाइरल

एजेन्सी, असार १३-इजरायलमा तैनाथ रहेका संयुक्त राष्ट्रसंघका एक अधिकारीले कारमा नै यौन सम्बन्धराखेको भिडियो भाइरल बनेको छ । यो भिडियो बाहिर आएपछि संयुक्त राष्ट्रसंघले ती अधिकारीमाथि कडा कारबाही गर्ने विश्वास दिलाइको छ । साथै राष्ट्रसंघले...

लकडाउनको १ महिना पूरा

काठमाडौं, ११ वैशाख-सरकारले घोषणा गरेको लकडाउनको बुधबार १ महिना पूरा भएको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले गत चैत ११ गतेबाट लक डाउन जारी गरेको थियो । चैत ११ गते बिहान ६ बजेबाट...

प्रदेश २ को नामः मध्य मधेस पनि अस्वीकृत

कांग्रेसले दर्ता गराएको राजधानीको नाम मध्य मधेश राख्नुपर्ने प्रस्तावपनि बहुमतले अस्वीकृत भएको छ । कांग्रेस सांसद रावजेश्वर प्रसाद शाहले दर्ता गराएको प्रस्ताव बहुमतले अस्वीकार गरेको हो । सो प्रस्तावको पक्षमा ४२ मत परेको छ भने विपक्षमा...

झी : पुचमा सामूहिक बेलविवाह

विराटनगर । विराटनगरस्थित झी : पुचमा नेवारी समुदायमा कन्याहरूको सामुहिक बेलविवाह गरिएको छ ।५ देखि ११ वर्षसम्मका कन्याहरूको बेलविवाह गरिदिने प्रचलनअनुसार झी पुचः विराटनगरले हरेक वर्ष सामूहिक बेलविवाह कार्यक्रम गर्दै आएको छ । मंगलबार झी...

इटहरीको अम्बे सहकारीमा ४० करोड घोटला, अध्यक्ष फणीन्द्र मगर सहित पाँच जना पक्राउ

विराटनगर । सुनसरीको इटहरीमा रहेको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरूले निक्षेप गरेको करिब ४० करोड घोटला भएको पाइएको छ । बचत कर्ताहरुले निक्षेप गरेको रकम घोटला भएपछि अम्बे कोसी बचत तथा ऋण...

पारस खड्कालाई कोरोना संक्रमण

नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार पीसीआर गर्दा आज नतिजा पोजिटिभ देखिएको खड्काले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । कोरोना पुष्टिपछि अहिले उनी होमआइसोलेसनमा बसेका छन् । कोरोनाका...

भारतमा कोभिड–१९ को मृत्युमा दैनिक वृद्धि

नयाँ दिल्ली १९ मङ्सिर-भारतमा गत एक दिनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ । हिजो एकै दिनमा थप दुई हजार ७९६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको आधिकारिक तथ्यांकले...

विराटनगरमा ९७ सहित प्रदेश १ मा ५३३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

विराटनगर, १८ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण भएको छ । ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको सामाजिक विकास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्