विराटनगर, १८ जेठ । कोरोना संक्रमणका कारण विराटनगरमा थप तीन जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र नोबेल शिक्षण अस्पतालमा एक संक्रमितको मृत्यु भएको हो ।
कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा रोमबार राति सुनसरीको इनरुवा नगरपालिका –५ का ४७ वर्षीया पुरुष र इटहरी–८ का ७० वर्षीय वृद्ध पुरुषको मृत्यु सुचना अधिकारी अनुपम राजवंशीले जानकारीदिए ।
त्यस्तै विराटनगरकै नोबेल शिक्षण अस्पतालमा मंगलबार विहान मोरङको सुन्दरहरैँचा–८ का ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको बिहान ९ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।