सवै नागरिकलाई खोप लगाउन सरकार लागि परेको छः मुख्यमन्त्री राई

 न्यूज विराट
सवै नागरिकलाई खोप लगाउन सरकार लागि परेको छः मुख्यमन्त्री राई

विराटनगर, ९ जेठ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन् । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उनले बताए ।

मुख्यमन्त्री राईले संघिय सरकारसँग पनि आवश्यक मात्रामा खोप माग गरिएको बताए । आइतबार विराटनगरमा करुणा फाउण्डेशन नेपालले प्रदेश नं १ सरकारलाई प्रदान गरेको ३० थान अक्सिजन कन्सन्ट्रेटर बुझ्दै उनले नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता भएकाले सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

प्रदेश सरकारले आगामी नीति, कार्यक्रम र बजेटमा समेत खोपलाई उच्च प्राथमिकता दिन लागेको जानकारी दिए । उनले सरकारले नागरिकलाई कोभिडको संक्रमणबाट बचाउन स्रोत र साधनले भ्याएसम्म काम गरिरहेको बताए । यो संकटका बेला सरकारलाई सबैको साथ चाँहिने भन्दै सामाजिक संघ संस्थाहरुले आफुले सकेको सहयोग गर्नु पर्नेमा जोड दिए ।

उनले करुणा फाउण्डेशनले कोभिडको पहिलो लहरमा पनि प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको स्मरण गर्दै धन्यवाद व्यक्त गरे । करुणा फाउण्डेशनले संखुवासभा, भोजपुर, तेह्रथुम लगायतका ७ जिल्लाका जिल्ला अस्पताललाई ३÷३ वटा र कोशी कोभिड अस्पतालका लागि ९ वटा वितरणका लागि अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो ।

सम्बन्धित समाचार

स्ववियु निर्वाचन कार्यतालिकाः ५ फागुनमा मनोनयन, १४ मा निर्वाचन

काठमाडौं, माघ १४–त्रिभुवन विश्वविद्यालयले आगामी १४ फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका प्रस्ताव गरेको छ । मंगलबार स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँग मंगलवार निर्वाचन कार्यतालिका प्रस्ताव गरेको हो । त्रिविले...

जनकपुरधाम उपमहानगरको मूलद्वारमा फोहोर फालेर विरोध

जनकपुरधाम, ६ साउन-जनकपुरधाम उपमहानगरपालिकाको मुख्य बजार नै फोहोरको ढंगुर बनेपछि स्थानीय युवाले नगरको फोहोर उठाएर उपमहानगरको मूल ढोकामा थुपारेका छन् । उनीहरूले नगर क्षेत्रको फोहोरहरू ट्याक्टरमा संकलन गरेर कार्यालय परिसर अगाडि थुपारेर विरोध प्रदर्शन गरेका...

आज ५२४२ नमुना परीक्षण गर्दा ८९९ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कुल ५ हजार २४२ नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

कोशी प्रदेशमा एक वर्षमा ३ हजार ५१० सवारीसाधन दुर्घटना, ४१२ जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशमा विगत वर्षको तुलनामा आर्थिक वर्ष २०७९–८० मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय...

शव ल्याउन श्री एयरलाइन्सको विमान ट्युनेशियातर्फ

काठमाडौं, ८ वैशाख-निजी क्षेत्रको श्री एयर लाइन्स टियनेशियाको लागि चार्टर उडान गरेको छ । नेपाल आर्मी र युनाइटेड नेशनले चार्टर गरेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार बिहान ६ बजे उडान गरेको एयर शुक्रबार...

देशभर १ हजार ३५९ जनामा संक्रमण, १ हजार ३५४ डिस्चार्ज

काठमाडौं, १९ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप एक हजार तीन सय ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

प्रदेश १ मन्त्रीपरिषद बैठक : निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत

विराटनगर, ३० साउन । प्रदेश १ सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले सो कार्यविधि स्वीकृत गरेको हो । सो उक्त कार्यविधि स्वीकृत भएसँगै अब...

सुन्दरहरैचामा गाँजा सहित सिटी सफारी चालक पक्राउ

विराटनगर, २५ साउन । जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका ७ स्थितबाट लागूऔषध गाँजा सहित सिटी सफारी चालकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुट्टा शहिद भूमी गाऊपालिका ५ घर भई हाल सुन्दरहरैचा नगरपालिका ५ मा डेरा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्