राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

 न्यूज विराट
राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

काठमाडौं, ९ जेठ-राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनेछन् । नागरिकतासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसदमा विचाराधीन थियो । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने या नदिनेबारे तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद थियो ।

सरकार र जनता समाजवादी पार्टीबीच भएको सहमतिमा अध्यादेशमार्फत नागरिकता सम्बन्धी ऐन संशोधन गर्ने सहमति बनेको थियो । त्यसै अनुसार सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याउन सिफारिस गरेको थियो ।

जसपा र सरकारबीच संविधान संशोधन गर्ने सहमति समेत भएको छ । त्यसका लागि पाँच सदस्यीय संविधान संशोधन अध्ययन कार्य बनाइएको छ ।

सम्बन्धित समाचार

श्रमिकलाई सहयोगको प्याकेज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष प्रचण्ड

काठमाडौं, १९ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीलाई शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले आज जारी गरेको शुभकामना सन्देशमा...

सुनसरीमा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान

काठमाडौं, २ साउन-सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्जमा नेपाल प्रहरीले २ जना भारतीय तस्करलाई पक्राउ गर्न गोली चलाएकाे छ । बिहीबार राति हतियारसहित नेपाल छिरेका उनीहरूलाई नियन्त्रणमा लिने क्रममा गाेली चलाइएकाे र यसमा २ जना घाइते भएका सुनसरी प्रहरी...

थप २७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ३३५ पुग्यो

काठमाडौं, ३१ जेठ-नेपालमा शनिबार थप २७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयक प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार २४७ पुरुष र ३६ जना महिला गरि २७३ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन्...

बजार खुलेकै दिन तोलामा १० हजारले बढ्यो सुन

काठमाडौं, २५ जेठ-लकडाउनले बन्द भएको सुनचाँदिको कारोबार खुलेको पहिलो दिन नै १० हजारले मुल्य बढेको छ । आइतबारबाट कारोबार खुलेका बजारमा छापावाला सुन प्रतितोला ८७ हजार ४ सय र तेजावी सुन प्रति तोला ८६ हजार...

लकडाउन लम्बिने संकेत, ५ जेठपछि मोडालिटी परिवर्तन हुने

काठमाडौं, जेठ २-कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ ।समितिको शुक्रबार बसेको बैठकले ५ जेठपछि लकडाउनको मोडालिटी परिवर्तन गरेर जाने निर्णय गरेकाे हो । स्वास्थ्य क्षेत्रका विज्ञहरूसँगको छलफलपछि समितिले...

प्रधानमन्त्रीद्वारा पूर्व राज्यमन्त्री निसाधको निधनमा दुःख व्यक्त

काठमाडौं, २७ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउद्योग राज्यमन्त्री मेघराज निसाधको निधनमा दुःख व्यक्त गरेका छन् । सरल जीवनशैली, इमान्दार, राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान् व्यक्तिका...

पशुपतिनाथको जलहरीमा सुन हिनामिना भएको विषयमा अख्तियारद्वारा मुद्दा दर्ताको तयारी

काठमाडौँ — पशुपतिनाथको ज्योतिर्लिङ्गमा राख्न बनाइएको जलहरीमा समेत सुन हिनामिना भएको विषयमा अख्तियारले मुद्दा दर्ताको तयारी गरेको छ । ८० करोडको सुन खरिदमा अनियमितता भएको प्रमाणसहित विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएको हो । पशुपतिनाथ मन्दिरमा...

कोरोना महामारीः भारतमा एकैदिन साढे ८ सय संक्रमित थपिए, २२ जनाको मृत्यु

एजेन्सी, चैत २९-भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या साढे ७ हजार नाघेको छ । शुक्रबार एकैदिन ८७५ थपिएसँगै भारतमा संक्रमितको संख्या साढे ७ हजार नाघेको हो । वर्ल्डमीटर इन्फोका अनुसार भारतमा शुक्रबार एकैदिन थपिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्