प्रचण्ड–उपेन्द्रको षडयन्त्र बिफल : पदमुक्त जसपाका चार सांसदलाई पुनर्वहाली गर्न सर्वाेच्चको आदेश

 न्यूज विराट
प्रचण्ड–उपेन्द्रको षडयन्त्र बिफल : पदमुक्त जसपाका चार सांसदलाई पुनर्वहाली गर्न सर्वाेच्चको आदेश

काठमाडौं, जेठ ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र जनता समाजवादी नेता –जसपा)का नेता उपेन्द्र यादवको षडयन्त्र बिफल भएको छ । पार्टीभित्र छलफल नै नगरी उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले पठाएको कार्वाहीको पत्रलाई आधार मानेर प्रचण्डको निर्देशनमा लुम्बिनी प्रदेशसभाका सभामुखले चार सांसद पदमुक्त गराउनु भएको थियो ।

कानूनभन्दा बाहिर गएर सभामुख पूर्णबहादुर घर्तीले सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट वैशाख १७ गते पदमुक्त गर्नुभएको थियो । सो निर्णयबिरुद्ध चारै जना सांसदहरु सर्वाेच्च अदालत पुग्नुभएको थियो । सर्वोच्च अदालतले आज गैरसंबैधानिक काम गरेको भन्दै लुम्बिनी प्रदेशका चारजना मन्त्रीलाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्न आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज जसपाबाट निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय संविधान र कानूनसम्मत नभएको ठहर गर्दै पुनर्वहालीको आदेश दिएको हो ।

चार सांसदहरु सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट लिएर आए पनि त्यसबेला अदालतमा बन्दी प्रत्यक्षीकरण र कोभिड सम्बन्धी बाहेक अरु रिट दर्ता नभएकाले फर्किएका थिए । आइतबारदेखि अदालतमा मौलिक हक र संवैधानिक व्याख्या लगायतका मुद्दामा पनि सुनुवाइ हुने भएपछि पहिलो दिनमै सांसदहरुको रिट दर्ता भएको थियो ।

उपेन्द्र–बाबुराम र माओवादी सेटिङमा पदमुत्तः गरिएका चारैजना सांसद अहिले लुम्बिनी सरकारका मन्त्री हुनुहुन्छ । सांसदमाथिको कारवाही गर्ने उपेन्द्र पक्षको निर्णय अवैधानिक रहेको भन्दै सोही बेला महन्थ ठाकुरले प्रदेश सभास सचिवालयलाई पत्र पठाउनु भएको थियो तर सभामुखले संबिधानलाई कुल्चिएर ठाकुरको पत्रलाई बेवास्ता गर्नुभएको थियो । सर्वाेच्चले सो काम गैरसंबैधानिक ठहर गरी पुनर्बहालीको आदेश दिएको हो ।

सम्बन्धित समाचार

चीनमा काेराेना संक्रमण फेरि बढ्याे, एकैदिन भेटिए १३ हजार संक्रमित

चीनमा एकैदिन १३ हजार १४६ जना कोभिड संक्रमित फेला परेका छन् । यो संख्या २ वर्षअघि चीनमा सुरु भएको कोभिडको पहिलो लहरपछि अहिलेसम्मकै उच्च रहेकाे बताइएकाे छ । चीनमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी...

नेपालको नयाँ नक्सा अद्यावधिक गरी संघीय संसदको लोगो बनाइने

काठमाडौं, ११ जेठ-संघीय संसदको प्रतीकका रूपमा रहेको लोगो परिवर्तन गरिने भएको छ । राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको...

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, भोलि फेरि सुनुवाइ

प्रतिनिधिसभा विघटन मुद्दाबारे सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा आइतबारको सुनुवाइ सकिएको छ । याे मुद्दामा मंगलबार पुनः सुनुवाइ हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेकाे छ। साेमबार पनि निवेदकतर्फका कानुन...

कोरोना रोकथामका नाममा किनेका सामग्रीको विवरण सार्वजनिक गर्ने निर्देशन

काठमाडौं, ९ जेठ-राष्ट्रिय सूचना आयोगले दिएको निर्देशनको आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका सरकारलाई कोरोना रोकथामको लागि उपलब्ध गराइएका र किनिएका, किनिने सामग्रीको विषयमा विवरण सार्वजनिक गर्नको लागि परिपत्र जारी गरेको छ । मन्त्रालयले...

मनमोहन प्राविधिक विश्वविद्यालयमा ‘इन्डस्टेरियल ड्रोन क्यामेरा’

मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित महमोहन प्राविधिक विश्वविद्यालयमा इन्डस्टेरियल ड्रोन क्यामेरा भित्र्याइएको छ । प्रदेश १ का स्थानीय तह, औद्योगिक र कृषि क्षेत्रका लागि उपयोग रहेको उक्त ड्रोन क्यामेरा अनुसन्धान केन्द्रकोरुपमा समेत स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयले...

स्थानीयलाई नै विकासको जिम्मेवारी दिन आवश्यक छ:प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताएका छन् । शनिबार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले स्थानीयहरूलाई नै विकास निर्माणको काम दिनुपर्ने बताएका हुन् । उनले विकास निर्माणको...

३ महिनामै विश्व व्यापार ३ प्रतिशतले घट्यो, मन्दी गहिरिने आशंका

एजेन्सी, जेठ १-सन् २०२० को पहिलो तीन महिनाभित्र संसारको व्यापार ३ प्रतिशतले घटेकाे छ । संयुक्त राष्ट्र संघको व्यापार निकायले यस्ताे विवरण सार्वजनिक गरेकाे हाे । उक्त संस्थाले यस्तो गिरावट अबको तीन महिनापछि अझै चिन्ताजनक...

जसपाको आधिकारिकता विवाद आज टुंगिदै

काठमाडौं, ७ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी विवादको आज टुंगो लगाउने भएको छ । आयोगको इजलासमा बहसपछि सकेसम्म आजै आदेश आदेश आउन सक्ने निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले बताए । जसपाको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्