झापाबाट ब्राउनसुगर सहित तिन जना पक्राउ

 न्यूज विराट
झापाबाट ब्राउनसुगर सहित तिन जना पक्राउ

विराटनगर, ३ जेठ । झापाको झापा गाँउपालिका–२ बाट लागुऔषध ब्राउनसुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाँउपालिका–२ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा–१ का १९ बर्षीय प्रताप लिम्बु रहेका छन ।

पैदल हिडिरहेका तिनै जनालाई गएराति साढे ८ बजे ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट ५३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, ब्राउनसुगर नाप्ने डिजिटल तराजु २ थान र नगद ५९ हजार समेत बरामद गरिएको प्रहरीले जनाएका छ । ब्राउनसुगर सहित पक्राउ परेका तीनै जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाएको छ ।

सम्बन्धित समाचार

आत्महत्या रोक्न प्रहरीको विशेष अभियान

विराटनग । ७ प्रदेश मध्ये सबैभन्दा बढी १ नं. प्रदेशमा आत्महत्या गर्ने बढेपछि प्रहरीले ‘आत्महत्या रोकथाम तथा न्यूनिकरण अभियान’ सुरू गरेको छ । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयसँग...

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण थप

पोखरा, २० जेठ-गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमित स्याङ्जा र पर्वत जिल्लामा हुन् । स्याङ्जाको चापाकोट नगरपालिका घर भई सोही नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६, ३२, ४० बर्षका ४...

चर्चित बलिउड अभिनेता ऋषि कपुरको निधन

एजेन्सी, बैशाख १८–बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी...

पशुपतिनाथको जलहरीमा सुन हिनामिना भएको विषयमा अख्तियारद्वारा मुद्दा दर्ताको तयारी

काठमाडौँ — पशुपतिनाथको ज्योतिर्लिङ्गमा राख्न बनाइएको जलहरीमा समेत सुन हिनामिना भएको विषयमा अख्तियारले मुद्दा दर्ताको तयारी गरेको छ । ८० करोडको सुन खरिदमा अनियमितता भएको प्रमाणसहित विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएको हो । पशुपतिनाथ मन्दिरमा...

विराटनगरमा ६ वर्षीय नाबालिगमाथि बलत्कार गरेको आरोपमा ३८ वर्षीय पुरूष पक्राउ

विराटनगर । विराटनगरमा ६ वर्षीय नाबालिगलाई बलत्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । विराटनगर १२ का ३८ वर्षीय सजन कामत बालिका बलत्कार गरेको आरोपमा पक्राउ परेका हुन् । पक्राउ परेका कामत इलेक्ट्रिसियन मिस्त्री...

पैदल घर हिँडेकाको समस्या समाधान गर्न सरकारलाई राजपाको आग्रह

जनकपुरधाम, ३ वैशाख-राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले उपत्यकालगायतका स्थानमा फसेका नागरिकको राहतका विषयमा सरकारले गरेका निर्णय प्रभावकारी बन्न नसकेको बताएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंबाट पैदल...

अरनीको स्कुलमा भएको स्पोर्ट्स मिट सकियो

विराटनगर । विराटनगर–१० मा रहेको अरनिको सेकेण्डरी स्कूलमा भएको ४ दिने ‘अरनिको स्पोट्र्स मिट २०७९’ सकिएको छ । चार दिनसम्म ट्रयाक इभेन्टस , फिल्ड इभेन्टस,ग्रुप इभेन्टस्लगायतका विभिन्न खेलकुद प्रतियोगिता गर्दै स्पोर्टस मिट आक्ष्तबारबार सम्पन्न भएको...

राष्ट्रिय बाघ सर्वेक्षण : बाघको सङ्ख्या बढाउन चुनौती

वलपुर, १५ मङ्सिर-यही मङ्सिर १९ देखि सुरु हुने राष्ट्रिय बाघ सर्वेक्षणका क्रममा ९०० क्यामेरा र १०० गणक परिचालन हुने भएका छन् । बाघ गणनाको उद्घाटन चितवन राष्ट्रिय निकुञ्जको सौराहामा गरिने भएको छ । निकुञ्जले चितवन–पर्सा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्