पैसा नदिएको झोंकमा मोरङमा मजदुरले गरे निर्माण व्यवसायीको हत्या

 न्यूज विराट
पैसा नदिएको झोंकमा मोरङमा मजदुरले गरे निर्माण व्यवसायीको हत्या

विराटनगर, २ जेठ-मोरङको लेटाङमा छुरा प्रहार गरी शुक्रबार राति एक निर्माण व्यवसायीको हत्या भएको छ। लेटाङ-३ का १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले लेटाङ नगरपालिका-३ का २२ वर्षीय रोमन राईको हत्या गरेको प्रहरीले बताएको छ। हत्यामा संलग्न दुबै जना ट्याक्टर मजदुर हुन्। रोमन निर्माण व्यवसायी हुन्।

काम गरेको पैसा माग्दा दुबै पक्षबीच बढेको विवाद हत्यासम्म पुगेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार लेटाङकै त्रिशूली चोकमा रोमनलाई छुरा हानेर सुशील र दिलबहादुरले हत्या गरेका हुन्। प्रहरीका अनुसार हत्या गरिएका युवा लेटाङमै पुल हाउस सञ्चालन गरेर बस्थे।

ट्याक्टर लगायतका ढुवानीका साधनको खोजी गरेर ढुङ्गा, बालुवा निर्माण सामाग्री ढुवानीका लागि ठेक्कामा लगाउने काम गर्थे। पेटमा छुरा प्रहार गरिएपछि गम्भीर घाइते बनेका उनको उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको राति १०:३० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले घटनापछि फरार रहेका दर्जी र लिम्बूलाई लेटाङबाट शनिबार बिहान पक्राउ गरेको छ।

उनीहरूलाई रोमनले नै निर्माण सामाग्री ढुवानीको काममा लगाउने गरेका थिए। काममा लगाएको पैसा नदिएको विषयलाई लिएर बढेको विवाद हत्यामा परिणत भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सम्बन्धित समाचार

लकडाउनमा केराले पाएन बजार

जनकपुरधाम, ७ जेठ-नवलपरासी (पश्चिम सुस्ता पश्चिम) जिल्लामा उत्पादित केराले बजार नपाएपछि किसान चिन्तित भएका छन् । बन्दाबन्दीका कारण काठमाडौं पोखरा र पहाडी क्षेत्रलगायत ठूलाठूला बजारसम्म वजारीकरणका लागि केरा पुर्‍याउन निकै समस्या भएको  छ। नवलपरासी (बर्दघाट–सुस्ता...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा २० महिलालाई सिलाई मेशिन वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न समुदायका २० जना महिलालाई तीन महिने सिलाई कटाई तालिम दिएर मेशिन वितरण गरेको छ । विपन्न परिवारका महिलाहरुलाई शिप सिकाएर स्वरोजगार बनाउदै आर्थिकरुपमा सवल बनाउन तीन महिने...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४५२ संक्रमित थपिए, ४४ जना डिस्चार्ज

विराटनगर, २६ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ४२, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा एक÷एक र प्रदेश...

औषधी व्यवसायीद्धारा शुभकामना आदान प्रदान कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले बडादसैँ, शुभदीपावली, नेपाल संवत् छठलगायत चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । संघले विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको...

रतुवामाई–३ मा नेपाल उत्पीडित जातीय मुक्ति समाजको २५ सदस्यीय वडा कमिटी गठन

विराटनगर, १२ असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङको संगठन सुदृढीकरण अभियान अन्तर्गत रतुवामाई नगरपालिका वडा नं. ३ मा २५ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।...

मुना लिम्बुको मिस कोशीको फस्ट रनरअपको उपाधि ‘पदच्यूत’

विराटनगर । सातौँ संस्करणको मिस कोशी २०२२ प्रतियोगितामा फस्ट रनरअप भएकी धनकुटाकी मुना लिम्बुको उपाधि डिथ्रोन (पदच्यूत) गरिएको छ । लिम्बुको फस्ट रनअपको उपाधि डिथ्रोन गरी सेकेण्ड रनरअप भएकी सुनसरीको दुहबीकी सृजना लुईटेललाई दिएको आयोजक...

कमेडी च्याम्पियनको फिजिकल अडिसन सुरु, ६ फेब्रुअरीदेखि प्रसारण हुने

'कमेडी च्याम्पियन सिजन २' को फिजिकल अडिसन सुरु भएको छ । बुधबारदेखि निर्माण टिमले फिजिकल अडिसनको छायांकन सुरु गरेको हो । फिजिकल अडिसनको छायांकन चार दिनसम्म गरिनेछ । कमेडी च्याम्पियनको दोस्रो सिजनका लागि निर्माण टिमले...

प्रदेश २ लाई महिलामैत्री समाजको स्वास्थ्य सामग्री सहयोग

महोत्तरी २ वैशाख-प्रदेश-२ लाई कोरोना भाइरस (कोभिड-१९)को रोकथाम तथा उपचारमा खटिन स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिङ इक्यपमेन्ट (पीपीई)लगायतका सामग्री हस्तान्तरण गरेकी छन् । आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको अभावमा लामो समयदेखि प्रदेश-२ का स्वास्थ्यकर्मी त्रासमा काम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्