विराटनगर, २ जेठ । देशभर अक्सिजनको समस्या भएपछि विराटनगरले सो आवश्यकता धानीरहेको छ । अक्सिजनको अभावका कारण कोरोना संक्रमितहरुको मृत्यु हुन थालेपछि सुदुरपश्चिम, लुम्बिनी प्रदेश र बाग्मती प्रदेशले पनि विराटनगरबाट अक्सिजन लैजान थालेका हुन् ।
विनायक अक्सिजन इण्डष्ट्रिजका संचालक अमित सारडाका अनुसार शुक्रबार अक्सिजन सिलिण्डर बुटबल लगायत दाङसम्म पठाइएको हो । खाली सिलिण्डर लिएर आउनेहरुलाई सो उद्योगले कुनै पनि बेला सिलिण्डर भरेर दिने गरेको जनाइएको छ । शनिबार हेलिकप्टरबाट एयर लिफ्टिङ गरेर दुई पटक १ सय ६४ थान अक्सिजन सिलिण्डर विराटनगर बाहिरका लागि गएको छ । खाली सिलिण्डर लिएर आउनेलााई कम्पनीले खाली हात नपठाएको सारडाले बताए ।