१८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुग्यो, काठमाडौं ल्याउने तयारी

 न्यूज विराट
१८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुग्यो, काठमाडौं ल्याउने तयारी

काठमाडौं, १ जेठ । १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ । नेपाल सरकारको पहलमा चीन सरकारबाट सहयोग प्राप्त सिलिण्डर नाकासम्म आइपुगेको हो ।

नाकासम्म आइपुगेको अक्सिजन सिलिण्डरलाई काठमाडौं ल्याउने तयारी भइरहेको उपप्रधानमन्त्री तथा सिसिएमसीका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । यस अघि चीनबाट ४ सय सिलिण्डर फ्लाइटबाट आइसकेको छ । थप १६ सय अक्सिजन सिलिण्डर फ्लाइटबाट नेपाल आउँदैछ । मस्कटबाट पनि ५६० वटा अक्सिजन सिलिण्डर नेपाल आइसकेको छ ।

कोरोना संक्रमण बढिरहेको र हस्पिटलहरुमा अक्सिजन अभाव भइरहेको सन्दर्भमा सरकारले चीन लगायतका देशबाट अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री आयातलाई प्राथमिकतामा राखेको छ ।

हस्पिटलहरुमा अक्सिजन र बेड अभाव हुन नदिन सिसिएमसी संयोजक पोखरेलको नेतृत्वमा सरोकारवालासँग निरन्तर छलफल भइरहेको पाण्डेले जानकारी दिए । कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालहरुको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा सरकार केन्द्रित रहेको उपप्रधानमन्त्री पोखरेलले बताए ।

सम्बन्धित समाचार

दिल्ली हिंसामा मृत्यु हुनेको संख्या १३ पुग्यो

एजेन्सी, फागुन १४–भारतको राजधानी नयाँ दिल्लीको उत्तर–पूर्वी क्षेत्रमा केही दिनदेखि जारी हिंसामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । हिंसामा सर्वसाधारणको मृत्यु भएपनि प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसाग्रस्त क्षेत्रको भ्रमण गरेका छन् ।...

निगमले लागू गर्‍यो नयाँ सफ्वेयर

काठमाडौं, १८ कात्तिक-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उड्डयन सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्वेयर लागू गरेको छ ।  निगमले यसअघि सञ्चालन गर्दै आएको सीता फ्लाइट प्लानिङ्ग सफ्टवेयर परिवर्तन गरी...

अंग दानको लागि जनचेतना बढाउनुपर्नेमा जोड

विराटनगर । मस्तिष्क मृत्युपश्चता अंग दान गराउनको लागि जनचेतना बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।नेपालमा मस्तिष्क मृत्युसम्बन्धी बलियो ऐन बनिसकेको कारणले अब जनचेतना बढाएर मस्तिष्क मृत्युपश्चात अंग दान गर्नको लागि अभिपेरीत गरिनुपर्नेमा बताएका हुन् ।...

आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छैनः मुख्यमन्त्री राई

विराटनगर, १ मंसिर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । बुधबार प्रदेशसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग राईले गठबन्धनमा आवद्ध दलहरूबीच छलफल भइरहेको जानकारी दिँदै चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिइने...

विराटनगरको विरोधसमा माधव नेपालले भने ‘निर्वाचन आयोगले ओलीको सिंङ–जुरो भाँची दियो

विराटनगर, १६ माघ । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगले प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको सिङ-जुरो भाँचिदिएको बताएका छन् । संसद विघटनविरुद्ध विराटनगरमा आयोजन गरिएको विरोधसभामा बोल्दै अध्यक्ष नेपालले...

नागरिक मैत्री सेवा दिनेछु : मोरङ एसपी चिमरिया

विराटनगर । मोरङ प्रहरी प्रमुख भएर आएका एसपी नारायण प्रसाद चिमरियाले नागरिक मैत्री सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।मोरङ प्रहरी प्रमुखको कार्यबाहक समालेको दुई दिनपछि बुधबार संचारकर्मीहरुसँग परिचत्यमक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्...

शिवम् प्लाष्टिक उद्योगमा सञ्चालक आफैंले आगो लगाएको खुलासा

विराटनगर, चैत २–केही दिनअगाडि मोरङको बुढीगंगा गाउँपालिकामा सञ्चालनमा रहेको शिवम् प्लाष्टिक उद्योगमा भएको आगलागी उद्योगका सञ्चालकहरुले नै लगाएको पाइएको छ । बुढीगंगा गाउँपालिका वडा नम्बर २ बाँसबारीमा रहेको उद्योगमा गत हप्ता मात्र आगलागी भएको थियो । आगलागीबाट...

हातको नशा काटेर विराटनगरमा एक युवाले गरे आत्महत्या 

विराटनगर । विराटनगर ४ तिलोक मार्गमा एक जना युवाले हातको नशा काटेर आत्महत्या गरेका छन् ।  खोटाङ घर भई मामाघरमा बस्दै आएका ३२ वर्षीय जितेस पाण्डे देब्रे हातको नशा काटेर बुधवार आत्महत्या गरेका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्