भेरासेलको दोस्रो डोज आजदेखि, कहाँ गएर लगाउने ?

 न्यूज विराट
भेरासेलको दोस्रो डोज आजदेखि, कहाँ गएर लगाउने ?

कोरोना भाइरसविरूद्धको भेरासेल खोपको दोस्रो डोज आजदेखि लगाइने भएको छ । काठमाडौं तथा काभ्रेमा आजदेखि भेरासेलको दोस्रो डोज लगाउन लागिएको हो । यसअघि कोरोना भाइरसविरूद्धको खोपको पहिलो डोज लगाएकालाई भेरासेलको दोस्रो डोज लगाइन लागेको हो ।

काठमाडौंमा चैत २५, २६ र २७ गते भेरासेलको पहिलो डोज लगाएकालाई आज दोस्रो डोज लगाइँदै छ । त्यस्तै चैत २९ र ३० गते पहिलो डोज लगाएकालाई भोली दोस्रो डोज लगाइने छ । त्यस्तै चैत ३१ र वैशाख २ गते पहिलो डोज लगाएकालाई जेठ ४ गते, वैशाख ३ र ४ गते पहिलो डोज लगाएकालाई जेठ ५ गते दोस्रो डोज लगाइने छ ।

त्यस्तै वैशाख ५ र ६ गते पहिलो डोज लगाएकालाई जेठ ६ गते, वैशाख ७, ८, ९ र १० गते पहिलो डोज लगाएकालाई जेठ ७ गते, वैशाख ११ र १२ गते पहिलो डोज लगाएकालाई जेठ ८ गते तथा वैशाख १३ गते पहिलो डोज लगाएकालाई जेठ ९ गते दोस्रो डोज खोप लगाइने भएको छ । त्यस्तै वैशाख १४ गते पहिलो डोज लिएकालाई जेठ १० र वैशाख १५ गते खोप लिएकालाई जेठ ११ गते दोस्रो डोज लगाइने छ ।

खोप लगाउनका लागि काठमाडौंमा करिब ५० वटा खोप केन्द्रहरू तोकिएका छन् । काठमाडौं महानगरपालिकाका ३२ वटै वडाबाट खोप प्रदान गरिने भएको छ । त्यस्तै चन्द्रागिरी नगरपालिकामा ३, कीर्तिपुर, बुढानीलकण्ठ, गोकर्णेश्वर, टोखा तथा नागार्जुन नगरपालिकामा दुई-दुई खोप केन्द्र तय गरिएको छ । कागेश्वरी मनोहरा, तारकेश्वर, शंखरापुर र दक्षिणकाली नगरपालिकामा भने एक-एक वटा खोप केन्द्र तय गरिएको छ । भक्तपुरमा जेठ ४ देखि र ललितपुरमा जेठ ६ देखि भेरासेलको दोस्रो डोज खोप लगाइने कार्यतालिका बनाइएको छ ।

त्यस्तै काभ्रेमा चैत २६ देखि ३० सम्म पहिलो डोज खोप लगाएकाहरूलाई आजदेखि खोपको दोस्रो मात्रा लगाइने भएको छ । चैत ३१ गते लगाएकालाई भोलि, वैशाख २, ३ र ४ गते खोप लगाएकाहरूलाई जेठ ४ मा र वैशाख ५ र ६ गते पहिलो डोज लगाएकालाई जेठ ५ र ६ गते दोस्रो डोज खोप लगाइने छ ।

सम्बन्धित समाचार

तीन जना मन्त्री थप्ने तयारी, नेकपा सचिवालयले टुंगो लगाउने

काठमाडौं २० असोज-आज दिउँसो बस्ने नेकपा सचिवालय बैठकले तीन मन्त्रालयमा मन्त्री नियुक्तिको बाटो खुला गर्ने तयारी गरेको छ । रिक्त मन्त्रालय तत्काल पूर्ति गर्ने र दशैंपछि मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारेमा अध्यक्षद्धय पुष्पकमल दाहाल (प्रचण्ड) र केपी...

संचार क्लबको अध्यक्षमा खड्का र महासचिबमा नेपाली निर्वाचित

विराटनगर । संञ्चार क्लब नेपाल उर्लाबारी मोरको अध्यक्षमा कुमार खड्का निर्वाचित भएका छन् । आज आएको मत परिमाण अनुसार खड्काले २१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । खड्का प्रतिस्पर्धी घनश्याम भण्डारीले १७ मत पाए...

रिर्जभ एन्टिबायोटिक्स सबै फार्मेसीमा बिक्री गर्न व्यवसायीको माग

विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाले रिर्जभ एन्टिबायोटिक्स औषधि सबै फार्मेसीमा बिक्री वितरण गर्न पाउनुपर्ने माग अघि सारेको छ ।बेलबारीमा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा व्यवसायीहरूले हालै औषधि व्यवस्था विभागले गरेको निर्णयको विरोध...

आज गाई, गोरु, हली तिहार मनाइँदै

काठमाडौं, ३० कात्तिक-यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा...

चोरीको झुठो सूचना दिने दुईजना पक्राउ

जनकपुरधाम । कार र नगद लुटेको भनेर झुठो सूचना दिने दुईजनालाई धनुषा प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको छ । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका– ७ का दीपनारायण यादव र उनका साथी आशाराम चौधरी रहेका छन्...

आरडीटीका लागि मुस्लिम पहिचान गरिँदै

काभ्रेपलाञ्चोक, ९ वैशाख-स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी आफ्ना क्षेत्रमा बस्ने गरेका मुस्लिम समुदायका व्यक्तिको पहिचानमा जुटेका छन् । हाल उनीहरु स्थानीय तहको स्वास्थ्य शाखामार्फत मस्लिम समुदायका व्यक्तिको पहिचान गर्दै र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) गरिरहेका हुन् ।...

शुक्रवारदेखि मनकामना मन्दिर प्रवेशमा रोक

गोरखा, माघ ५ । गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको...

सप्तरीमा स्रेस्तेदार र सीडीओका भान्सेसहित ५० जना संक्रमित 

सप्तरी, भदौ ३१-निषेधाज्ञा हटाएलगत्तै जिल्लामा सबैभन्दा बढी ५० जना नयाँ कोरोना सङ्क्रमित थप भएका छन् । राजविराजका ४४ जनासहित ५० थप भएका सङ्क्रमितमध्ये जिल्ला अदालतका स्रेस्तेदारलगायत पाँच कर्मचारी, जिल्ला प्रशासन कार्यालयका दुई कार्यालय सहायक, एक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्