सेना परिचालन गर्दै सुनसरीमा निषेधाज्ञामा कडाइ

 न्यूज विराट
सेना परिचालन गर्दै सुनसरीमा निषेधाज्ञामा कडाइ

विराटनगर, १ जेठ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञामा थप कडाई गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञामा कडाइ गर्दै जिल्लाका प्रमुख शहरहरूमा सेना परिचालन गरेको छ । जिल्ला सुरक्षा समन्वय समितिको निर्णय अनुसार सेना परिचालन गरिएको हो ।

कोभिड–१९ का संक्रमितको संख्या अत्यधिक बढेपछि १५ जेठसम्म सुनसरी पूर्ण निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन आग्रह गर्दै सेना परिचालन गरिएको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले निषेधाज्ञालाई थप व्यवस्थित गर्न र सचेतता फैल्याउन सेना परिचालन गरिएको बताए । उनल जिल्ला सदरमुकाम इनरुवा, धरान र इटहरी उपमहानगरपालिका क्षेत्र आसपास सेनाले गस्ती गर्ने र कडाई गर्ने बताए ।

उनका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटिएका छन् । जिल्ला सुरक्षा समन्वय समितिकै मातहतमा रहेको सेनालाई कारबाहीका लागि भन्दा पनि कोभिड विरुद्ध अभियान चलाउन खटाइएको प्रजिअ ढकालले जानकारी दिए ।

सम्बन्धित समाचार

ईद पर्वमा विदा दिनुपर्ने माग राख्दै मनमोहन प्राविधिक विश्वविद्यालयमा विद्यार्थीले लगाए ताला

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको प्रशासनिक भवनमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । इस्लाम धर्मावलम्बीहरूको ईद पर्व सोमबार पर्ने सम्भावना रहेको दिन समेत परीक्षा तालिका राखिएकोले त्यसलाई रद्द गर्न माग गर्दै विद्यार्थीले...

प्रदेश १ मा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

विराटनगर, २६ भदौ–कारोना भाइरसको संक्रमणबाट प्रदेश १ मा शुक्रबार दुई जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुष र मा विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक महिलाको मृत्यु...

विराटनगरमा कपडाको गोदाममा छापा, तस्करीको दुई गाडी कपडा बरामद

विराटनगर । विराटनगर – ७ महावीर रोडस्थित अनिल साहको गोदाममा छापा हानेर ठुलो परिमाणमा तस्करीको कपडा बरामद गरेको छ । कपडाको व्यापारी साहको गोदाममा शुक्रवार दिउँसो विराटनगर भन्सार कार्यालय र प्रहरीले छापा हानेर ठुलो परिमाणको...

प्रदेश स्तरीय आईटिएफ तेक्वाण्डो बेलबारीमा सुरू

विराटनगर । दोस्रो जुनियर बेलबारी नगरपालिका स्तरिय तथा पाँचौ सिनियर कोशी प्रदेश स्तरीय आई टिएफ तेक्वाण्डो प्रतियोगिता सुरु भएको छ । मोरङको बेलबारीमा तेक्वाण्डो प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो । डाँगीहाट आइटिएफ तेक्वाण्डो डोजाङ्ग आयोजना...

न्यूरो र अटलको सहकार्यमा विराटनगरमा सुविधा सम्पन्न सिटी क्लिनीक संचालन

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल तथा अटल क्लिनीकको साझा प्रयासमा सिटी क्लिनीक संचालनमा आएको छ । विराटनगर – ९ जलजलारोडमा शुक्रबारदेखि सिटी क्लिनीक संचालनमा आएको हो । उक्त क्लिनीकको उद्घाटन विराटनगर महानगरपालिकाकी...

एमालेलाई भोट माग्ने अधिकार छैन : काँग्रेस नेता आचार्य

विराटनगर । नेपाली काँग्रेसका नेता महेश आचार्यले नेकपा एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् ।मोरङको क्षेत्र नं. ४ मा पर्ने कटहरिमा चुनावी सभामा सम्बोधन गर्दै नेता आचार्यले पटक – पटक संसद्लाई भत्काउनेलाई भोट...

विराटनगरमा पहिचानवादीको जनलहर (फोटो फिचर)

विराटनगर । कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा नामकरण गरिनुपर्ने माग राख्दै असन्तुष्ट बनेका आदिवासी जनजाति संघ संगठनहरुले आज विराटनगरमा भव्य प्रदर्शन गरेका छन् । उनीहरुले विराटनगरमा भएको प्रदर्शनमा २० हजार मानिस सहभागी भएको दाबी...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय २१ संक्रमित थपिए

विराटनगर, २६ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्