वैकल्पिक सरकार गठनको सम्भावना सकियो,फेरीपनि ओलीनै प्रधानमन्त्री बन्ने निश्चीत

 न्यूज विराट
वैकल्पिक सरकार गठनको सम्भावना सकियो,फेरीपनि ओलीनै प्रधानमन्त्री बन्ने निश्चीत

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सासदले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्षमा पुगेका हुन् ।

बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग ६१ र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् ।

३२ (दुई निलम्बित) सांसदको समर्थन रहेको जनता समाजवादी पार्टीभित्र सरकार गठनका विषयमा विवाद रहेकाले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बहुमतको सरकार गठन गर्नबाट पछि हटेका हुन् । बिहीबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले देउवालाई भेटी सरकार गठनमा साथ दिन नसक्ने बताएका थिए ।

सम्बन्धित समाचार

माधव समुहबारे निर्णय लिन एमालेले बालायो स्थायी कमिटी बैठक, सातै प्रदेशका अध्यक्षलाई पनि डाकियो

काठमाडौं, साउन २१ । नेकपा एमालेले माधव नेपाल समुहको रणनीतिबारे स्पष्ट धारणा तय गर्न स्थायी कमिटी बैठक बोलाएको छ । माधव समूहले पार्टीको लेटरप्याड दुरुपयोग गरी स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएपछि एमालेले स्थायी कमिटी...

पार्टी कब्जा गर्न आएका प्रचण्ड नसकेपछि फर्किए

काठमाडौं, माघ ४-प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले पार्टी कब्जा गर्न नसकेपछि फर्किएको टिप्पणी गर्नुभएको छ । उहाले पार्टी कब्जाको नीति लिएपछि त्यसलाई आफुले विफल बनाएको बताउनु भएको हो । अखिल नेपाल महिला संघको...

इक्युवालिटि कप क्रिकेट फाइनलमा मोरङ र सप्तरी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको फाइनलमा मोरङ र सप्तरी प्रवेश गरेका छन् । लगातार दुई खेल जितेका मोरङ...

धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज र उममेयरमा माओवादीका अइन्द्रविक्रम विजयी

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित भएका छन् । उनले २० हजार ८२१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राई १६ हजार ५९ मतमा रोकिए । दुईजनाबीचको मतान्तर...

कांग्रेस केन्द्रीय समितिको बैठक आज, यी विषयमा हुनेछ छलफल

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सेनपामा दिउँसो २ बजे बैठक बस्न लागेको हो । यसअघि २०७७ चैत ३० गते बैठक बोलाइएको थियो । तर, कांग्रेस वरिष्ठ...

विराटनगर आएर प्रधानमन्त्री देउवाले भने–ओलीलाई सवैले हटाऔँ भनेपछि गठबन्धनको नेतृत्व मैले गरेको हो

विराटनगर, २१ वैशाख । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताका आधारमा अहिलेको पाँचदलिय सत्ता गठबन्धन बनेको बताएका छन् । बुधबार विराटनगरमा नेपाली कांग्रस मोरङले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो...

कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री पाैडेल

काठमाडौं, ३ पुष-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन् । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरूपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै...

बागमतीमा नेकपा संसदीय दलको नेतामा अष्टलक्ष्मी चयन

काठमाडौं, १५ पुस-बागमती प्रदेशमा नेकपा संसदीय दल औपचारिक रुपमा विभाजित बनेको छ । बुधबार बसेको प्रचण्ड–माधव नेपाल पक्षधर सांसदको संसदीय दलको बैठकले डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ । पार्टी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्