१९ सांसदसहित १६० जनामा कोरोना पुष्टि

 न्यूज विराट
१९ सांसदसहित १६० जनामा कोरोना पुष्टि

संघीय संसद सचिवालयमा गरिएको पीसीआर परीक्षणमा १९ सांसदसहित १६० जनामा कोरोना संक्रमण देखिएको छ । संसद सचिवालयका अनुसार १८ जना प्रतिनिधिसभा सदस्य, एक जना राष्ट्रियसभा सदस्यसहित १६० जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना परीक्षणका लागि २२, २३ र २४ वैशाखमा २०५ सांसदसहित १ हजार २३५ जनाको स्वाब संकलन गरिएकोमा शनिबार १ हजार २३४ जनाको रिपोर्ट आएको हो । जसमध्ये १६० जना अर्थात् ११.९७ प्रतिशतको रिपोर्ट पोजिटिभ आएको संसद् सचिवालयले जनाएको छ ।

एक जना राष्ट्रियसभा सदस्य, १८ जना प्रतिनिधिसभा सदस्य र १४१ जना सघीय ससद् सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार, बीआसीसीका कर्मचारीलगायतको रिपोर्ट पोजिटिभ आएको हो ।

सम्बन्धित समाचार

लकडाउनलाई निरन्तरता दिन सरकारलाई उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं, २३ वैशाख-कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लकडाउनको अवधि थप्न सरकारलाई सिफारिस गरेको छ । मंगलबार बालुवाटारमा बसेको समन्वय समिति बैठकले कति दिन लकडाउन बढाउने भन्ने निर्णय नगरे पनि बढ्न सिफिरिस गरेको हो...

ओली भने – संसद् विघटन राजनीतिक इस्यु हो, अदालत प्रवेश नगर्ने नजिर छ

काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक घटनामा सर्वोच्च अदालत हाबी भएको भन्दै असन्तुष्टि जनाएका छन् ।सरकारी स्वामित्वको संचारमाध्यम नेपाल टेलिभिजनका लागि महिन्द्र विष्टलाई दिएको अन्तर्वार्तामा राजनीतिक इस्युमा अदालत प्रवेश नगर्ने स्थापित नजिरलाई बेवास्ता गरिएको...

स्ट्रोकबारे समुदायमा सचेतना फैलाउनु आवश्यक

विराटनगर । विराटनगरमा स्ट्रोकको अत्याधुनिक उपचार पद्धतिबारे स्वास्थ्यकर्मीहरूलाई जानकारी दिइएको छ। नेपाल स्ट्रोक एशोसिएसन र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त आयोजना तथा आर्या न्यूरो हस्पिटलको समन्वयमा शनिबार यो कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा विराटनगर महानगरपालिकाका तीस भन्दा...

विविध कार्यक्रम गरि विराट व्यापार संघले मनायो २१ औ स्थापना दिवस

विराटनगर, १२ असार । विराट व्यापार संघले विविध कार्यक्रम गरि २१ औँ स्थापना दिवस मनाएको छ । शनिबार विराटनगरमा रक्तदान, विपन्न परिवारलाई खाद्यान्न वितरण र द्विप प्रज्वलन गर्दै स्थापना दिवस मनाएको हो । विराटनगरका अस्पतालहरुमा...

नेकपाका गाउँपालिका अध्यक्षको अपहरण

डडेल्धुरा, माघ १७–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ । उनलाई अज्ञात समूहले आज अपहरण गरी कुटपिट गरेको हो । आलिताल गाउँपालिका –३ को...

अपाङ्गता भएका व्यक्तिलाई समावेश गराउनुपर्नेमा जोड

बावुराम मुडियारीविराटनगर । अपाङ्गतमा भएका व्यक्तिहरूलाई राज्यको हरेक निकायमा समावेश गरिनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् ।नेत्रहीन युवा संघ नेपाल मोरङले विराटनगरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । राज्यले बनाउने...

विराटनगरको मेरील्याण्ड कलेजलाई शिक्षा सेवा सम्मान

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल सावित भएको विराटनगरस्थित मेरिल्याण्ड कलेजलाई फोकस नेपालले शिक्षा सेवा सम्मान पुरस्कार प्रदान गरेको छ । कलेजले शिक्षा क्षेत्रमा उत्कृष्ट हासिल गरेको भन्दै शनिबार काठमान्डौमा भएको एक कार्यक्रम विच कलेजलाई सम्मान...

विद्यालय शिक्षाको आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं ६ असोज-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरेर कार्ययोजना सार्वजनिक गरेका हुन् । बसाइँ स्थानान्तरण भएका विद्यार्थीको तथ्यांक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्