विराटनगरमा निषेधाज्ञा उल्लंघन गर्ने १०० मोटरसाईकल प्रहरी नियन्त्रणमा

 न्यूज विराट
विराटनगरमा निषेधाज्ञा उल्लंघन गर्ने १०० मोटरसाईकल प्रहरी नियन्त्रणमा

विराटनगर, २१ वैशाख । निषेधाज्ञा उल्लंघन गरी कुदाइएका १ सय मोटरसाईकल प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ । निषेधाज्ञाको समयमा विना कारण मोटरसाईकल कुदाएको भन्दै प्रहरीले मोटरसाईकल नियन्त्रणमा लिएको हो । निशेधाज्ञा उल्लंघन गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले मंगलबार १ सय २७ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।

ती मध्ये सबैभन्दा बढी १ सयको संख्यामा मोटरसाईकल मात्र छन् । प्रहरीले नियन्त्रणमा लिएको अन्य सवारीसाधनमा सिटि सफारी १४ वटा, टेम्पू ८, म्याजिक १ र ट्रिपर ४ वटा रहेको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिए ।

नियन्त्रणमा लिइएका मोटरसाइकल चालकहरुलाई केहि घन्टा रोकेर आइन्दा निशेधाज्ञाको समयमा नकुदाउने शर्त सहित छाडिएको छ । निषेधाज्ञा सुरु भयता ७ सय २८ वटा सवारीसाधन प्रहरीको कारवाहीमा परिसकेका छन ।

यसअघि निशेधाज्ञा उल्लंघन गरेको अभियोगमा प्रहरीले आईतबार २ सय ४२ वटा र सोमबार ३ सय ५९ वटा सवारीसाधन नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका सवारीसधनमा सबभन्दा बढी मोटरसाईकलको संख्या छ ।

सम्बन्धित समाचार

तेक्वान्दोको ग्रेडिङ्ग दमकमा सुरु, प्रदेश भरीको १३१ खेलाडीको सहभागि

विराटनगर । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा कालो पेटि प्रथम डान, कालो पेटि दोस्रो डान र कालो पेटि तेस्रो डान ग्रेडिङ्ग (परीक्षा) कार्यक्रम सुरु भएको छ । झापाको दमकमा उक्त कार्यक्रम शुक्रबारदेखि सुरु भएको हो...

१५ वर्षीया बालिकाको पथरीको लामाटोलीमा हत्या

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका – ७ लामाटोलीमा एक जना बालिकाको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ । खोटाङ घर भइ पथरीशनीश्चरे ७ मा बस्दै आएकी १५ वर्षीया ज्ञानमति कुलुङ राईको सोमबार राती धारिलो...

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, मर्निङ्ग भेट्रान्स क्लब हाटखोला क्वाटरफाइनलमा

विराटनगर । मर्निङ्ग भेट्रान्स क्लब हाटखोला विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा मंगलबार भएको खेलमा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला विराटनगरले...

क्रिकेट खेलाडी ललितनारायण राजवंशी र दिपेश कँडेल विराटनगरमा सम्मानित

विराटनगर । राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मानित भएका छन् । नेपाल खेलकुद महासंघ मोरङले सिनियर टोलीका खेलाडी राजवंशी र यु–१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई जनही नगद २५ हजार रुपैयाँसहित सम्मान...

माओवादीको अभियानअन्तर्गत विराटनगरमा निःशुल्क आँखा शिविर, तीन सय बढीको आँखा जाँच

विराटनगर । नेकपा माओवादी केन्द्रले विराटनगरमा शनिबार बिहान निःशुल्क निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको छ। तीनमहिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत विराटनगर ४ खारजीमा निःशुल्क आँखा शिविर आयोजना गरिएको हो। माओवादी विराटनगर महानगर ४...

पूर्वमन्त्री रायमाझी र खाणसहित १६ पुर्पक्षको लागि थुनामा राख्न आदेश

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी अनि सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो...

१८ वटा युद्ध लडेका कमाण्डर ‘विवश’ न्यूरो अस्पतालको बेडमा छटपटिँदै, उपचारका लागि रकम अभाव

विराटनगर । जनयुद्धकालमा १८ वटा मोर्चामा लडाईं लडेर घाइते भएका संखुवासभाका बाबुराम राई (विवश) सिकिस्त बिरामी परेका छन् । उनलाई हाल विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका लागि ल्याइएको छ । युद्धकालमै टाउँकोमा एटिवानको मोर्टार लागेर शक्त...

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइरालाले लिए सपथ

विराटनगर ।कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार नियुक्त भएका अधिवक्ता रूपेश कोइरालाले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ् र मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसादराज भण्डारीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्