एजेन्सी, २१ वैशाख । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई महिना निःशुल्क खाद्यान्न र पाँच हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । कोरोना महामारीले संकटमा पारिरहेको दिल्लीमा मुख्यमन्त्री केजरीवालले सबै ७२ लाख रासन कार्डधारीहरूलाई दुई महिना निःशुल्क खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका हुन् ।
यसैगरी दिल्लीका सबै अटो तथा ट्याक्सी चालकहरूलाई पाँच हजार भारतीय रूपैयाँ सहयोग गर्ने दिल्ली सरकारले घोषणा गरेको छ । संकटको यो स्थितिमा थोरै भएपनि राहत दिने उद्देश्यले अटो तथा ट्याक्सी चालकहरूलाई पाँच हजार भारतीय रूपैयाँ प्रदान गरिएको मुख्य मन्त्री केजरीवालको भनाइ छ ।