सुन्दरहरैँचा मेयरकप फुटवलः पथरीशनिश्चरे फाइनलमा

 न्यूज विराट
सुन्दरहरैँचा मेयरकप फुटवलः पथरीशनिश्चरे फाइनलमा

विराटनगर, ११ वैशाख । मोरङको सुन्दरहरैंचामा जारी प्रथम सुन्दरहरैँचा मेयरकप फुटबल प्रतियोगिताको आज सम्पन्न खेलमा लेटाङ नगरपालिकालाई पराजित गर्दै पथरिशनिश्चरे नगरपालिका फाईनलमा प्रवेश गरेको छ ।

मोरङको सुन्दरहरैचास्थित शुक्रबारे खेल मैदानमा सम्पन्न पहिलो सेमिफाईनल खेलमा लेटाङलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै पथरिशनिश्चरे फाईनलमा प्रवेश गरेको हो । लेटाङका लागि मोदिकुमार राईले गोल गरेका थिए भने पथरीशनिश्चरेका विशाल पाण्डेले दुई गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच पथरिशनिश्चरेका विशाल पाण्डे घोषित भए । उनले नगद २ हजार र मेडल हात पारे । भोलिको खेल आयोजक सुन्दरहरैँचा र उर्लाबारीबिच हुनेछ । प्रतियोगितामा विजेता टिमले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५० शिल्ड मेडल तथा प्रमाण पत्र पाउनेछ ।

सम्बन्धित समाचार

होलीको रौनक :विराटनगरको देवकोटा चोकमा युवाहरुको उल्लासपूर्ण उत्सव

विराटनगर । विराटनगरको देवकोटा चोकमा शुक्रबार स्थानीय युवाहरुद्वारा आयोजित होली पर्वले क्षेत्र रङ्गिएको छ। रङहरुको पर्व मनाउन सयौँ युवायुवतीहरुको उत्साहजनक सहभागिता रहेको थियो।देवकोटा चोकमा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म चलेको कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरू...

विराटनगरमा ३६ सहित प्रदेश १ मा १ सय ९ संक्रमित थपिए

विराटनगर, ९ भदौ-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष छन् । मोरङ र सुनसरीमा ४८–४८, झापामा ८, खोटाङमा १ र प्रदेश...

फेरि बढ्न थाल्यो कोरोना संक्रमण

काठमाडौं, २३ असार । निषेधाज्ञा हटेसँगै कोरोनाको संक्रमण पनि बढ्न थालेको छ ।  पछिल्लो २४ घण्टामा मात्रै कोभिड–१९ बाट २ हजार ९ सय ७९ जना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बुधबार ११ हजार ९ सय...

नोबेल मेडिकल कलेजका सुरक्षा गार्ड र विद्यार्थीबिच झडप, आधादर्जन घाइते

विराटनगर, १० माघ । जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह वेवास्ता गर्दै विराटनगरस्थित नोबेल मेडिकल कलेजका विद्यार्थीले आन्दोलन जारी राखेका छन् । कोरोना महामारीलाई मध्यनजर गर्दै प्रशासनले आन्दोलन स्थगित गर्न आग्रह गरेको थियो । तर, राज्यलाई...

आर्या न्यूरोमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङको’ सफल शल्यक्रिया

विराटनगर । विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङ’ को सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडि रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्क भित्र हुने पाईका एन्युरीज्म क्लिपिङको आर्या न्यूरो हस्पिटलमा...

काेशी प्रदेशमा आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गरिँदै, विपक्षी दलहरूकाे बहिष्कार

विराटनगर । काेशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ काे लागि अध्यादेशबाट ल्याएकाे बजेट सार्वजनिक भईरहेकाे छ । बजेट सार्वजनिक गर्ने कार्यक्रममा विपक्षी दल काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपाले बहिष्कार गरेका छन्...

नेवार सामुदायमा सामूहिक बेलविवाह

विराटनगर । दुलही झैँ सिगारिएकी साना बालिकाहरूको लस्कार छ । बेलविवाहको मण्डपमा सरिक भएकी बालिकाहरूको शिरमा शिरवन्दी, गलामा तायो र पायो, हातमा मू र खुट्टामा कली छ ।विराटनगस्थित झि : पुचमा बिहीबारदेखि सुरू भएको सामूहिक...

बसले विद्यार्थीलाई ठक्कर दिएपछि चाबहिल तनावग्रस्त

काठमाडौं, पुस ७–विद्यार्थीलाई ठक्कर दिएपछि काठमाडौंको चाबहिल क्षेत्र सोमबार बिहान तनावग्रस्त बनेको छ । चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि विद्यार्थीहरुले गाडीमा आगजनी गर्नुका साथै सडक अवरुद्ध पारेका थिए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्