पञ्जाब पुलिसलाई पराजित गर्दै एपीएफले चुम्यो विराट गोल्डकपको उपाधी

 न्यूज विराट
पञ्जाब पुलिसलाई पराजित गर्दै एपीएफले चुम्यो विराट गोल्डकपको उपाधी

विराटनगर, ४ वैशाख । विराट गोल्डकपको छैठौं संस्करणको उपाधी विभागिय टिम सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा शनिबार राती सम्पन्न गोल्डकपको फाइनलमा पाहुना टोली भारतको पञ्जाब पुलिसलाई १–० ले हराउँदै एपीएफले उपाधी जितेको हो । जितसँगै एपीएफले १५ लाख १५ हजार रुपैयाँ र ट्रफि हात पारेको छ ।

खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफका प्रदिप लामा नायक बने । उनले खेलको ११ औं मिनेटमा गरेको निर्णायक गोल टिमलाई छैठौं संस्करणको विराट गोल्डकपको उपाधि दिलाउन सफल भए ।

प्रदिपले अन्तिम डिफेन्डरलाई बिट गर्दै बल क्लियर गरेका थिए । खेलको सुरूवातदेखि आक्रमक देखिएको एपीएफका बुद्धीमान राईले खेलको दोस्रो मिनेटमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले ।

बिकु तामाङले निकालेको पासलाई बुद्धिमानले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरयो । खेलको चौथो मिनेटमा एपीएफका कप्तान सुदीप सिख्राकारको डिबक्स नजिकदेखिको प्रहार बाहिरीदा थप गोल गर्ने अवसर खेर गयो ।

खेलको ३८ औं मिनेटमा एपीएफका आशिष लामाले ३० यार्डदेखि गरेको प्रहार पञ्जाबका गोलरक्षक सतबीर सिंहले पन्च गरी उत्कृष्ट बचाउ गरिदिए । पञ्जाबको डिफेन्डर र रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै एपीएफले उपाधि जितेर छोडेको छ ।

दोस्रो हाफदेखि आक्रमक भएर मैदान प्रवेश गरेपनि पञ्जाबले बारम्बार गोल गर्ने अवसर चुकाउँदा उपबिजेतामा चित्त बुझायो । उपबिजेता बनेको पञ्जाबले ७ लाख ५१ हजार रुपैयाँ पाएको छ ।

दोस्रो हाफदेखि बारम्बार पोस्ट आक्रमणको रणनीति बुनेको पञ्जाबका खेलाडीले गोल गर्नका लागि पाएका केही अवसरको सदुपयोग गर्न सकेनन् । खेलेको ५१ औं मिनेटमा राजवीर सिंहले गरेको प्रहार बाहिरिदा खेल बारबारीमा ल्याउनबाट चुक्यो ।

७० औं मिनेटमा प्रमजीत सिंहको वान भर्सेस वानको स्थितिमा गरेको प्रहारमा पोष्टमाथिबाट बाहिरियो । केही राम्रा अवसरले पोस्टको बाटो तय गर्न नसक्नु पाहुना टोली पञ्जाबका लागि दुर्भाग्यपूर्ण बन्यो ।

एपीएफले यो सिजनमा दुई वटा गोल्डकपको उपाधि जितेको छ । यसअघि महिना दिन अगाडी सम्पन्न भएको चौथो गोलबजार गोल्डकपको उपाधि जितेको छ । गोलबजार गोल्कडपको फाइलनमा आयोजक टिमलाई ४–० गोलले हराउँदै एपीएफ च्याम्पियन भएको थियो ।

प्रतियोगिताको म्यान अफ द टुनामेन्ट एपीएफका आशिष लामा घोषित भए । उनले मोटरसाइकल पाएका छन् । एपीएफका प्रदिप लामा म्यान अफ द म्याच घोषित भए ।

उनले नगद १० हजार पाए । बेस्ट गोलकिपरमा एपीएफका राजु नगरकोटी भए । यस्तै बेस्ट डिफेन्डर सशस्त्र प्रहरीका सनिश श्रेष्ठ, बेस्ट मिड फिल्डर एपीएफका मणि लामा घोषित भए ।

हाइस्कोर गर्ने विराटनगरका ११ का प्रकाश बुढाथोकी घोषित भए । उनले खेल अवधिभरीमा ४ गोल गरेका थिए । एपीएफका सुमित श्रेष्ठले बेस्ट कोच एवार्ड जितेका छन् ।

बेस्ट स्टाइकरमा संकटाका क्लब काठमाण्डौका फोडे फोफना घोषित भए । उनीहरू सबैले जनही २५ हजार रुपैयाँ पाएका छन् । फिपा अनुशासित टिममा विराटनगर महानगरपालिका ११ घोषित भयो ।

बिजयी हुने टिम र खेलाडीहरूलाई प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली, राष्ट्रिय खेलकुद परिषदका सदस्य हरि खड्का, विराट गोल्डकपका संयोजक मनोज विक्रम साहलगायतले पुरस्कार तथा ट्रफि बितरण गरेका छन् ।

सम्बन्धित समाचार

कोरोना नियन्त्रणका लागि मन्त्रीहरूको जिम्मेवारी थप

सरकारले कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नभएका मन्त्रीहरूलाई थप जिम्मेवारी दिएको छ ।सरकार प्रवक्ता रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाका अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्त नेम्वाङलाई प्रदेश नम्बर १, भूमि,...

विराटनगर गुद्रीमा एक युवक मृत अवस्थामा फेला परे

विराटनगर, २७ भदौ । विराटनगरको पुरानो तरकारी बजार लाग्ने गुद्रीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ३०÷३५ वर्षका देखिने युवक आइतबार दिउँसो साढे एक बजेतिर मृत अवस्थामा फेला परेका हुन् । उनको...

एउटै गाउँपालिकामा १ सय १४ संक्रमित

बुटवल, ११ जेठ-प्रदेश ५ का १२ जिल्ला मध्ये कोरोना संक्रमणबाट सवैभन्दा बढी प्रभावित बाँकेको नरैनापुर हो । नरैनापुर गाउपालिकामा मात्र १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । प्रदेश ५ को अति विकट...

आज ४ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २९ साउन-आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।...

एनसीडिए कोशीको नवनिर्वाचित कार्यसमितिको पदस्थापन, व्यवसायीको हकहितमा लाग्ने अध्यक्ष काफ्लेको घोषणा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडीए) कोशी प्रदेशको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगरस्थित एनसीडिएको भवनमा शनिबार एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित कार्यसमितिको पदस्थापन गरिएको हो ।नेपाल औषधी व्यवसायी संघका केन्द्रीय...

सुदूरपश्चिमका सांसदलाई प्रचण्ड–नेपाल पक्षको धम्की

कैलाली, २० पुस-सुदुरपश्चिम प्रदेशका सांसदहरुलाई नेकपा प्रचण्ड–नेपाल पक्षले धम्कि दिने थालेको उद्योगमन्त्री लेखराज भट्टले आरोप लगाएका छन् । सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरुलाई प्रचण्ड–माधव समूहले धम्की दिन थालेको उनको दाबी छ । धनगढीमा सोमबार आयोजना गरिएको पत्रकार...

प्रदेश १ः सुनसरी ३२ गते सम्म निषेधित क्षेत्र

विराटनगर, साउन २५–सुनसरीमा तोकिएको निषेधित क्षेत्रको अवधि थप ६ दिन बढाइएको छ । २१ गते जारी निषेधित क्षेत्रको समयावधि सोमबार राती सकिनेमा जिल्ला प्रशासन कार्यालय सुनसरीले ६ दिन थप गर्दै अब ३२ गते सम्म कायम...

भारतका गृहमन्त्री अमित शाहको कोरोना रिपोर्ट नेगेटिभ

एजेन्सी, साउन ३०-भारतका गृहमन्त्री अमित शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गृहमन्त्री शाहले शुक्रबार ट्विट गर्दै आफ्नो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । उनले ट्विटमा लेखेका छन्, ‘आज मेरो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्