विराटनगरको लेखनाथ वाचनालयद्वारा विभिन्न व्यक्तिहरुलाई सम्मान

 न्यूज विराट
विराटनगरको लेखनाथ वाचनालयद्वारा विभिन्न व्यक्तिहरुलाई सम्मान

विराटनगर, ३० चैत । विराटनगर–१२ स्थित लेखनाथ वाचनालयले युवा साहित्यकार एवं पत्रकार मीनकुमार नवोदितसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।

वाचनालयले १७ औं वार्षिकोत्सवको अवसरमा साहित्य क्षेत्रमा योगदान पु¥याएबापत नवोदितलाई सम्मान गरेको हो । विराटनगर वडा नम्बर १२ मा बसोबास गर्ने साहित्यकार, पत्रकार, समाजसेवीलगायतलाई वाचनालयले वार्षिकोत्सवका अवसरमा सम्मान गर्दै आएको छ ।

नवोदितलाई विराटनगर–१२ मा स्थायी रुपमा बसेर साहित्य क्षेत्रमा सक्रिय भएकाले सम्मान गरिएको वाचनालयकी अध्यक्ष सीता लामिछानेले बताइन् ।

साहित्यकार नवोदितलाई प्राज्ञ गंगा सुवेदी, समाजसेवी विष्णु शर्मा, आयोजक संस्थाकी अध्यक्ष सीता लामिछानेलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

त्यस्तै सोही अवसरमा वाचनालयका संस्थापक अध्यक्ष केदारप्रसाद अर्याल र जग्गादाता भूपध्वज कार्कीलाई मरोणापन्त सम्मान गरियो । त्यस्तै वाचनालयका पूर्वअध्यक्ष अश्विनीकुमार अर्याल, मणिकुमार अर्याल, समाजसेवी मीनादेवी बस्नेतलगायतलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथिसमेत रहनु भएकी प्राज्ञ गंगा सुवेदीले वाचनालयलाई विराटनगर महानगरपालिकाका हरेक वडामा बसोबास गर्ने व्यक्तिले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा सहकारीका अभियन्ता रमेशप्रसाद पोखरेल, डिल्ली पोखरेल, एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा, विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अज्र्याललगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

सम्बन्धित समाचार

रामचन्द्र पाैडेल भन्छन्, ‘सरकार अटेरी भयाे’

काठमाडाैं, १८ साउन-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरूलाई भेट्न बसन्तपुर पुगेका छन् । पौडेलसहित कांग्रेस नेताहरू अनसनरत ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरूलाई भेट्न बसन्तपुर पुगेका हुन्। क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने, पीसीआर...

मनमोहनको जन्म जयन्तीमा प्राविधिक विश्व विद्यालयमा विविद्य कार्यक्रम

विराटनगर । १०४ औं मनमोहन जन्म जयन्तीको अवसरमा मनमोहन प्राविधिक विश्व विद्यालयले विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ । मोरङको बुढीगंगा गाउँपालिका – ४ हात्तीमुढामा केन्द्रिय कार्यालय रेहको देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा जन्म जयन्तीमा शनिबार...

खेलकुद क्षेत्रको विकासमा जोड

विराटनगर । खेलकुद क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने सरोकारवाहरुले बताएका छन् । नेपाल तेक्वान्दो संघ मोरङ शनिबार सम्पन्न भएको साधारणसभामा बोल्दै वक्ताहरुले यस्तो बताएका हुन् । नेपाली काँग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ताले प्रयाप्त मात्रमा...

कालापानी क्षेत्रको अनुगमनपछि काठमाडौं फर्कंदै गृह मन्त्रालयको टोली

काठमाडौं, २ जेठ-दार्चुलाको कालापानी/लिपुलेक क्षेत्रको स्थलगत अनुगमनपछि गृह मन्त्रालयको टोली काठमाडौं फर्किन लागेको छ । बुधबार कालापानीनजिक सशस्त्रको बोर्डर आउट पाेस्ट (बीओपी) स्थापना र अनुगमनका लागि छाङ्गरू पुगेको गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईको...

सेल्फ क्वारेन्टाइन भन्दै घरमा बस्ने, क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून

खोटाङ, ४ वैशाख-बराहपोखरी गाउँपालिकामा काठमाडौँबाट फर्किएका ३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । साइकलबाट ३ दिन लगाएर गाउँ आइपुगेका उनीहरूलाई वडा नम्बर–४, फाक्टाङस्थित बालकन्या मावि धर्तुङमा निर्माण गरिएको क्वारेन्टाइनमा मङ्गलबारदेखि राखिएको हो । उनीहरूलाई काठमाडौँबाट घर...

नेकपा (एमाले) मोरङको अधिवेशन आगामी पुष २३ र २४ गते विराटनगरमा हुने, तयारी तीब्र

विराटनगर, १ पुस । नेकपा (एमाले) मोरङको नवौं जिल्ला अधिवेशन आगामी पुष २३ र २४ गते विराटनगरमा हुने भएको छ । बिहिबार बसेको नेकपा (एमाले) मोरङको बैठकले केन्द्रीय सर्कुलर अनुसारनै आगमी पुष २३ र २४...

पशुपतिमा भक्तजन प्रवेश गराउन विशेष तयारी

काठमाडौं, ११ असार-कोरोना संक्रमण जोखिम बढेपछि भक्तजनलाई प्रवेश रोकिएको पशुपतिनाथ मूल मन्दिरमा सुरक्षित दर्शनको व्यवस्था गर्ने तयारी भइरहेको छ । सरकारले मठ मन्दिरलाई खुला गरेपछि मात्रै भक्तजनलाई दर्शन गर्न दिने र स्वास्थ्य सुरक्षाका सावधानी अपनाउने...

आज सहिद दिवस

काठमाडौं, १६ माघ-आज माघ १६ अर्थात् सहिद दिवस । सधैँझैँ यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी प्रजातन्त्रका लागि प्राण आहुती दिने सहिदहरुप्रति सम्मान व्यक्त गर्दै सहिद दिवस मनाइँदैछ । सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्