लहानमा फेरि सुनचाँदी व्यवसायीको घरमा लुटपाट

 न्यूज विराट
लहानमा फेरि सुनचाँदी व्यवसायीको घरमा लुटपाट

सिरहाको लहानमा सुनचाँदी व्यवसायीको घरमा लुटपाट भएको छ । लहान-२३ मा सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्मा हत्या र लुटपाट घटनाको ३६ घण्टा पनि नबित्दै लहान-७ मा फेरि लुटपाट भएको हो ।

लहान-७ का सुनचाँदी व्यसायी राजेश सारडाको घरमा साँझ लुटपाट भएको प्रहरीले जनाएको छ । लुटेराहरूको समूहले सारडाको बा १० च ९३०२ नम्बरको कार नै चोरेर लगेका छन् ।

घटनाको थप विवरण भने आउन बाँकी छ । आफूहरू अहिले खोजबिन तथा अनुसन्धानमै रहेकाले घटनाको विस्तृत विवरण भन्न नसकिने लहान प्रहरीले जनाएको छ ।

‘कार नै चोरेर लगेको जानकारी आएको छ,’ लहानका डीएसपी डा. तपन दाहालले भने, ‘हामी खोजबिन र अनुसन्धानमा खटेका छौँ, सबै डाटा अहिले छैन ।’

लहानमा पछिल्लो एक सातामा तीनवटा लुटपाट तथा डकैतीका घटना घटेका छन् । बढ्दो लुटपाट तथा डकैतीका घटनाले यहाँका सर्वसाधारण त्रासमा छन् ।

सम्बन्धित समाचार

मोरङमा दादुरा–रुबेला खोप अभियान सुरु हुँदै, २ लाख ८५ हजार बालबालिकालाई लगाउने लक्ष्य

विराटनगर । मोरङमा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ ।साउन २८ देखि ३२ गतेसम्म मोरङमा दादुरा – रुबेला खोप अभियान सुरु हुने भएको हो । स्वास्थ्य कार्यालय मोरङ...

बाँकेका पहिलो कोरोना संक्रमितको दोस्रो परीक्षण पनि पोजिटिभ

बाँके, ३० वैशाख-बाँकेको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजिटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजिटिभ भेटिएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा....

पाँचथरको पहिरोमा परी २१ को मृत्यु, मिक्लाजुङका मात्रै १५ जनाको ज्यान गयो

पाँचथरमा पहिरामा परी २१ जनाको मृत्यु भएको छ । हिजोदेखि जारी वर्षाका कारण पाँचथरको चार स्थानीय तहमा २१ जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता छन् । यस्तै ६ जना घाइते भएका छन् । प्रमुख...

ट्रम्पले खाइरहेको औषधिबाट कोरोना संक्रमितको मृत्यु हुने खतरा बढी 

एजेन्सी, जेठ १०-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) बाट जोगिनका लागि औलोको औषधि हाइड्रोक्सिक्लोरोक्विनको सेवन गरिरहेको बताएका थियो । सो औषधिबारे विज्ञानसम्बन्धी शोध पत्रिका लेसेटले आफ्नो अनुसन्धानमा कोरोना संक्रमित विरामीको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विन दिइएमा...

राप्रपा नेता सुब्बाद्वारा कोरोना कोषमा २ लाख सहयोग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वमन्त्री रामकुमार सुब्बाले कोभिड–१९ प्रकोपविरुद्धको राहत कोषमा २ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् । पूर्वमन्त्री सुब्बाले आफ्नो निजी होटल चिन्तन चौतारी क्वारेन्टाइन सेवाका लागि उपलब्ध गराउने पनि...

मदिरामा ७० प्रतिशत ‘कोरोना शुल्क

एजेन्सी, बैशाख २३-भारतको राजधानी नयाँ दिल्लीमा मदिरामा ७० प्रतिशत कोरोना कर लगाइएपछि मदिराको मूल्य बढेको छ ।यद्यपि यसको असर दिल्लीबासीमा देखिएको छैन । सोमबार पनि बिहानैदेखि मदिरा पसलमा बिहानैदेखि लाइनमा बसेका छन् । बिहान ६...

पूर्वमन्त्री पण्डितद्धारा ऋषिदेव समुदायको ‘दिनाभद्री’ सामुदायीक भवन शिलान्यास

विराटनगर, फागुन २–पूर्व संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री तथा मोरङ क्षेत्र नं. ६ का संघिय सांसद लालबाबु पण्डितले मोरङको बुढिगंगा गाउँपालिका–२ स्थित दिनाभद्री सामुदायीक भवनको शिलान्यास गरेका छन् । तराईको दलित समुदाय अन्तर्गत ऋषिदेव जातीको...

‘ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा मेरो प्राथमिकता’

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएका छन् । एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्