प्रदेश १ मा बीओपीको संख्या ५१ पुग्यो, मोरङका थप तीन स्थानमा स्थापना

 न्यूज विराट
प्रदेश १ मा बीओपीको संख्या ५१ पुग्यो, मोरङका थप तीन स्थानमा स्थापना

विराटनगर, ८ चैत । प्रदेश १ मा चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना भएको छ । प्रदेश १ मा चालु आर्थिक वर्षको सुरुवातसम्म २६ वटा बीओपीको संख्या थियो ।

त्यसलाई बृद्धि गरि ५० वटा पु¥याउने लक्ष्य राखिएकोमा २५ वटा थप गर्दै बीओपीको संख्या लक्ष्य भन्दा बढी अर्थात ५१ वटा पुगेको हो । आइतबार मोरङमा तीनवटा बीओपी स्थापना गरिएसँगै प्रदेश १ मा बीओपीको संख्या ५१ पुगेको सशस्त्र प्रहरी बल नेपाल नं. १ बराहा बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक वंशीराज दाहालले जानकारी दिए ।

आइतबार भारतसँग सीमा जोडिएका दक्षिणपूर्वी मोरङका विभिन्न तीन स्थानमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।

दक्षिणूर्वी मोरङको रंगेली नगरपालिका–५ स्थित धनापट्टी, सुनवर्षी नगरपालिका–८ स्थित सिक्टी र रतुवामाई नगरपालिका–२ स्थित मिर्चाडाँगीमा स्थापना गरिएका तीनवटै बीओपीको आइतबार संयुक्तरुपमा उद्घाटन गरिएको हो ।

आइतबार सुनवर्षी नगरपालिका–८ स्थित सिक्टीमा स्थापना गरिएको बीओपी प्राङ्गणमा आयोजित कार्यक्रममा तीनवटै बीओपीको सुनवर्षी नगरपालिकाका नगरप्रमुख कालीप्रसाद दास, उपप्रमुख मञ्जु राई, सशस्त्र प्रहरी बल नेपाल नं. १ बराहा बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक वंशीराज दाहाल, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला, सशस्त्र प्रहरी बल नेपाल नं. ३ हेडक्वाटर कंकालिनी मोरङका गणपति ससस्त्र प्रहरी उपरिक्षक तिर्थराज पौडेल, नेपाली सेना भैरव गण थलाहाका गणपति प्रमुख सेनानी गणेश रावल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक सन्तोष सख्काले संयुक्तरुपमा उद्घाटन गरे ।

तीनवटै बीओपी अस्थायी संरचना निर्माण गरि सञ्चालनमा ल्याइएको हो । रतुवामाईको मिर्चाडाँगी स्थापना गरिएको बीओपीको अस्थायी संरचना निर्माणका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, रतुवामाई नगरपालिका र स्थानीय व्यवसायी तथा समाजसेवाहरुको करिब १५ लाख रुपैया सहयोग रहेको छ ।

त्यसैगरी सुनवर्षी नगरपालिका–८ स्थित सिक्टीमा स्थापना गरिएको बीओपीका लागि अस्थायी संरचना निर्माण गर्न निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको १० लाख र सुनवर्षी नगरपालिकाको ५ लाख रुपैयाँको लगानी रहेको सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट बरडंगा चुनीमारीका इन्चार्ज सुकबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार रंगेली–५ स्थित धनापट्टिमा १० लाख रुपैयाँको लागतमा अस्थायी संरचना निर्माण गरि बीओपी सञ्चालनमा ल्याइएको हो । उक्त बीओपीहरु सञ्चालनमा आएसँग मोरङ जिल्लाको ६२.२ किलिमिटर क्षेत्रमा मात्र बिओपीको संख्या ११ पुृगेको छ ।

उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराहा बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक वंशीराज दाहालले यसअघि तत्काल कायम रहेको पोष्टहरुको तुलनामा दोब्बररुपमा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिती र परिचालनले सीमा सुरक्षाको प्रभावकारितामा बृद्धि भएको बताए ।

उनले बीओपी स्थापनाले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकले सुरक्षाको अनुभूती गर्न पाउने बताए । कार्यक्रममा सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दासले बीओपी स्थापनाले सीमाक्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रण हुने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार

सोनाम ल्होछार विराटनगरमा मनाइयो

विराटनगर । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाएको छ । नेपाल तामाङ घेदुङ महानगर समिति विराटनगरले बिहीबार एक कार्यक्रम आयोजना सोनाम ल्होछार...

विराटनगर बजार विहान ६ देखि १० बजे सम्म खोल्ने महानगरको निर्णय

विराटनगर, जेठ ८–विराटनगर बजार दैनिक ४ घण्टा खोल्ने माहानगरपालिकाले निर्णय गरेको छ । लामो समयदेखि जारी बन्दाबन्दीले जनजीवन अस्तव्यस्त भएपछि विराटनगर महानगरपालिकाले बैंक तथा वित्तीय संस्था र निर्माण सामग्रीका पसल खोल्न दिने तयारी गरेको हो।...

संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध परेको रिट संवैधानिक इजलासमा

काठमाडौं, ११ भदौ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध परेको रिट सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी चढेको छ । उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का,...

आइतबार १ सय ६८ कम्पनीका लगानीकर्ताले कमाए शेयरबजारबाट नाफा

काठमाडौं, १८ पुस । आइतबार शेयर बजारबाट १ सय ६८ कम्पनीका लगानीकर्ताले नाफा  कमाएका छन् । यस दिन नेप्से ६०.४१ अंकले बढेर २५८४.९१ अंकमा बन्द हुँदा कारोबारमा आएका प्राय: कम्पनीका लगानीकर्ताले शेयरमूल्य बढाउन सफल बनेका हुन्...

हुस्सु बढेपछि दुर्घटना रोक्न सवारीसाधनमा ‘रिफ्लेक्टर’ टास्दै मोरङ ट्राफिक

विराटनगर । चिसो बढेर तराईमा बाक्लो हुस्सु लाग्न सुरु भएसँगै दुर्घटना न्यूनीकरणका लागि मोरङमा ट्राफिक प्रहरीले ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टाँस्ने अभियान सुरू गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ तथा ट्राफिक प्रहरी पोष्ट निमुवाको...

चन्द्रमामा पानी भेटियो, मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता

एजेन्सी, ११ कात्तिक-अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी भेटिएको पुष्टि गरेको छ । चन्द्रमाको घमाइलो सतहमा पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता भएको वैज्ञानिकहरुको भनाई छ । यसअघि चन्द्रमाको...

बागलुङकी एक महिलामा कोरोना ‘र्‍यापिड टेष्ट’ पोजिटिभ

पोखरा, ३० चैत-गण्डकी प्रदेश सरकारले कोराना भाइरसको द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) लाई तीब्र बनाएपछि बागलुङमा थप एकजना शंकास्पद (पोजेटिभ) लक्षण भएका महिला फेला परेकी छन् । आइतबार बागलुङको काठेखोला गाउँपालिकामा जोखिम मानिएका ५७ जनाको...

काठमाडौंको बसपार्कमा पार्किङ गरेका ८ माइक्रोमा आगलागी

काठमाडौं, २१ असार-काठमाडौंको नयाँ बसपार्कमा पार्किङमा राखेका माइक्रोबसमा आगलागी भएको छ ।प्रहरीका अनुसार आज बिहान बसपार्क भित्र पार्किङमा राखेका ८ वटा माइक्रोबसमा आगलागी भएको हो । के कसरी आगो लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्