परोपकार अभियान समूह विराटनगरद्वारा तीन जना सम्मानित

 न्यूज विराट
परोपकार अभियान समूह विराटनगरद्वारा तीन जना सम्मानित

विराटनगर, ७ चैत । परोपकार अभियान समूह विराटनगरले तीन जनालाई सम्मान गरेको छ । परोपकार अभियान समूहको १४ औं बार्षिक साधारणसभाका अवसरमा शनिबार विराटनगरमा तीन जनालाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा उपभोक्ताको हक हितमा लामोसमयदेखि काम गरिरहनु भएका अभियन्ता कृष्णप्रसाद भण्डारी मार्सेली, पूर्वाञ्चल बालसेवा आश्रमकी संञ्चालक सीता पोखरेल र मायाको घर आश्रम इटहरीकी राधीका दासी रहेका छन् ।

मार्सेली र पोखरेललाई परोपकार सम्मान र दासीलाई ११ हजार १ सय ११ रुपैयाँ नगद राशीको शंकर जानुका पोखरेल सम्मानबाट सम्मानित गरिएको थियो । सम्मानितहरूलाई पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले दोसल्ला र सम्मानपत्र नगदराशीले सम्मानित गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइराला, पुरस्कृत व्यक्तित्वहरू सीता पोखरेल, राधिका दासी, डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्र साहलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा थप ८९९ जनामा संक्रमण पुष्टि

काठमाडौं, ६ मंसिर-पछिलो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकामा ३८७ महिला र ५१२ जना पुरुषमा कोरोना...

कोभिड–१९ को महामारीसँग लडन सरकारलाई कांग्रेसले पूर्ण सहयोग गर्ने

मुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारमा नरहेर पनि संकटको बेला सँगै लडन सरकारलाई सहयोग गर्ने बताएको छ ।कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग लडन सरकारलाई प्रयाप्त समय हुँदा पनि तयारी गर्न नसकेको अवस्थामा कांग्रेसले पूर्ण सहयोग गर्ने...

विराटनगरमा ६७ औँ सहकारी दिवस भव्यरुपमा मनाइने

विराटनगर । यसपटक राष्ट्रिय सहकारी दिवस विराटनगरमा भव्यरुपमा मनाइने भएको छ । जिल्ला सहकारी संघ मोरङको आयोजनामा ६७ औं राष्ट्रिय सहकारी दिवस आगामी चैत्र २० गते विराटनगर एकीकृत रुपमा विराटनगरमा भव्यरुपमा मनाइने भएको हो ।यसका...

सर्लाहीमा भारतीय नागरिकद्वारा सशस्त्रको हतियार खोस्ने प्रयास

सर्लाही, १८ जेठ-सर्लाहीमा नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकको समूहले सशस्त्र प्रहरी बलको टोलीलाई हुलहुज्जत गरी हतियारसमेत खोस्ने प्रयास गरेको छ । जिल्लाको विष्णु गाउँपालिका-२ पकडीस्थित दशगजा इलाका बीओपी सिमराबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षकको...

शहीद सप्ताह सुरु

काठमाडौं, माघ १०–आजबाट शहीद सप्ताह सुरु भएको छ । मुलुकमा भएका राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदान गरेकाहरूको सम्झनामा शहीद सप्ताह मनाउने गरिन्छ । शहीदहरूको सम्झनामा प्रत्येक वर्ष १० माघदेखि १६ सम्म मनाउने गरिन्छ । राणा...

नेकपा विवाद समाधान गर्न पौडेलको संयोजकत्वमा कार्यदल गठन

काठमाडौं,  ३० साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विद्यमान आन्तरिक विवादको समाधानका लागि आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको छ...

नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा

चितवन, २४ जेठ-नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ-मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र पारिएको हो ।...

ग्रेडेड स्कुलका विद्यार्थीले उडाए ड्रोन (फोटो फिचर)

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । ग्रेडेड स्कुलका १५ जना विद्यार्थीहरुले एक महिना लगाएर बनाएको ड्रोन स्कुल परिसरमा सोमबार सफल परीक्षण गरेको हो । कक्षा दशमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्