नेपाल पक्षका सांसदद्वारा विद्रोह : संसदीय दलको बैठक सहभागी

 न्यूज विराट
नेपाल पक्षका सांसदद्वारा विद्रोह : संसदीय दलको बैठक सहभागी

काठमाडौं, चैत्र ५-नेकपा (एमाले) का नेता माधवकुमार नेपाल पक्षमा रहेका सांसदले विद्रोह गरेर पार्टीले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका छन् । अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको एक्सनपछि माधव पक्षका सांसद पार्टीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार पुग्नु भएको हो ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल भने उपस्थित हुनु भएको छैन । उहा आफ्नो गुटको भेलामा सहभागी हुनु भएकाले नआएको बताइएको छ । यसअघि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर छलफल गरेपछि सांसदहरु बालुटारमा बोलाइएको संसदीय दलको बैठकमा जान तयार भएका हुन् ।

बैठकमा नजान झलनाथ खनाल र नेता नेपाल निर्देशन दिएपनि सांसदले पार्टीको बैठकमा जान पाउनुपर्ने भन्दै विद्रोह गरेका थिए । पार्टी एक नै रहेको र संसदीय दल पनि एकै रहेको भन्दै केही सांसदहरूले संसदीय दलको बैठकमा सहभागी हुनुपर्ने बताएका थिए । केही सांसदहरूले ओलीले बोलाएको बैठकमा भाग लिनुपर्ने बताएपछि खनाल–नेपालले बैठकमा जाने भए जानुस् भनेको एक सांसदले जानकारी दिनुभयो । उहाका अनुसार मन लाग्ने आजको बैठकमा सहभागी भएको र अर्को बैठकदेखि नियमित रुपमा सहभागी हुने निर्णय भएको बताउनु भयो । निक्कै सानो संख्यामा मात्र सांसद भएपछि नेपाल पक्ष अन्तत बैठकमा जानुपर्ने आवाज उठेको थियो ।

हाल कायम रहेका १२० सांसद मध्ये नेपाल पक्षमा मुस्किलले दुई दर्जन रहेको बताइएको छ । ति मध्येपनि अधिकाशंले पार्टीको आधिकारीक बैठक भएकाले जानुपर्ने र नजाने भए आफुहरु जाने भनेर विद्रोह गरेपछि नेपाल हच्किनु भएको थियो ।

सम्बन्धित समाचार

क्यान्सरविरुद्ध विराटमा भव्य जनचेतना मुलक कार्यक्रम

विराटनगर । मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर विरुद्ध एकै दिन १५ वटा सचेतना मुलक कार्यक्रम गरेको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर आइतबार ‘आशा क्लोज द केयर ग्याप’...

कोरोना जितेर घर फर्किनेको संख्या १ हजार नाघ्यो, सोमबार ६७ जना डिस्चार्ज

काठमाडौं, १ असार-पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएर ६७ जना घर फर्किएका छन् । घर फर्किएका मध्ये ७ महिला र ६० पुरुष रहेको स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।...

संसद् पुनर्स्थापनापछि प्रधानमन्त्री झन् बलियो हुनुभयो : सुवास नेम्बाङ

नेकपाको ओली समूहका नेता सुवास नेम्बाङले संसद् पुनर्स्थापनापछि सरकार झन् बलियो भएको बताएका छन् । नेकपा ओली समूहनिकट सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्बाङले संसद् विघटन हुँदा कामचलाउ भएका...

लकडाउनमा पत्रकारः अधिकांशले तलब पाएनन्, धेरैलाई जागिरबाट निकालियो

काठमाडौं, २७ जेठ-नेपाल पत्रकार महासंघले गरेको एक अध्ययनले लकडाउन अवधिमा अधिकांश सञ्चारगृहका पत्रकारले विनातलव काम गरिरहेको देखाएको छ । ‘प्रमुख रूपमा नियमित तलब नपाउने समस्या देखिएको छ । केही सञ्चारमाध्यमहरूले लकडाउनभन्दा अघिकै समयदेखिको नियमित तलब...

रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइयो

काठमाडौं, २३ साउन-स्वास्थ्यमा समस्या देखिएपछि सांसद रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइएको छ । डिल्ली बजार कारागारका जेलर गणेश आचार्यका अनुसार उनको खुट्टा सुनिएपछि वीर अस्पताल पर्‍याइएको हो । उनी २ वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन...

चन्द्रागिरिमा रामदेवले दिए योग प्रशिक्षण

योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेका छन् । बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरि रिसोर्टमा बसेका थिए । शुक्रबार साँझ त्यहाँ पुगेका उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद...

प्रदेश २ मा आज बलिदानी दिवस मनाइँदै

जनकपुर, १८ वैशाख-मिथिला बमकाण्डमा मारिएका शहिदको स्मरणमा जनकपुरसहित प्रदेश–२ को विभिन्न स्थानमा आज बलिदानी दिवस मनाइँदै छ । बलिदानी दिवसको अवसरमा मिथिला राज्य स्थापनाको माग गरिएको छ । मिथिला राज्यको माग गर्दै १८ वैशाख २०६५...

कुपोषण नियन्त्रण गर्न पोषण बाढ्दै कटहरी

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले पालिका भित्र कुपोषण रोकथाम र नियन्त्रणको लागि पोषण वितरण गर्दै आएको छ । पालिका भित्र बालवालिकाहरुमा कुपोषण देखिन थालेपछि पोषणमैत्री स्थानीय शासन अन्र्तगत पोषण विशेष कार्यक्रमको संचालन गरेर पोषण सामाग्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्