विराटनगरमा सात दिने पत्रकारिता तालिम सम्पन्न

 न्यूज विराट
विराटनगरमा सात दिने पत्रकारिता तालिम सम्पन्न

विराटनगर, ३ चैत । सञ्चारगृहलाई आवश्यक पर्ने दक्षजनशक्तिको पूर्तिका लागि पत्रकारिता सम्वन्धि सात दिने आधारभूत तालीम सोमबार विराटनगरमा सम्पन्न भएको छ। नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय काठमाडौ र मोरङ शाखाद्वारा संयुक्त रुपमा सञ्चालित तालिममा मोरङ, सुनसरी, झापा, धनकुटा, सप्तरी, सिरहा र उदयपुरका ३० जना महिला सहित ४२ जनाको सहभागिता रहेको थियो ।

तालिमका प्रशिक्षाथीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञानका लागि स्थलगत रुपमा समाचार सङकलन गराइएको थियो । एक देखि दुई वर्षसम्म विभिन्न सञ्चार गृहमा कार्य गरिरहेका प्रशिक्षार्थीहरुलाई महासङ्घका पूर्व सभापति धर्मेन्द्र झा लगायतले प्रशिक्षण दिएका हुन् ।

महासङ्घका प्रदेश नं १ का सभापति बिक्रम लुईटेलले प्रमाणपत्र वितरण गर्दै समाज, भुगोल , जातजाति लगाएतका क्षेत्रमा राम्रो अध्ययन गरी कार्य गरेमा अगाडि वढ्न सकिने बताए । उनले वर्तमान अवस्थामा पत्रकारिता पेशाबाट निरासा हुने अवस्था नरहेको चर्चा गर्दै पत्रकारिता क्षेत्रमा सत्य, तथ्यका साथै प्रविधिको प्रयोग गर्न आग्रह गरे ।

प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले मिडिया क्षेत्रमा दक्ष जनशक्तिको खाँचो टड्कारो रुपमा रहेको बताउदै समाजमा रहेको कुरिति नियन्त्रणका लागि आफ्नो क्षेत्रबाट भूमिका खेल्नु पर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेनः इटहरीको नगर सभापतिमा हेकमर्ण पौडेल विजयी

विराटनगर, १० असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्र्तगत सुनसरीको इटहरीमा सम्पन्न अधिवेशनबाट हेमकर्ण पौडेल सभापतिमा विजयी हुनुभएको छ । निर्वाचनमा दुई प्यानल भएर चुनावी प्रतिस्पर्धा गरेका विकास केसीलाई ४२ मतको अन्तरले पौडेलले पराजित गर्दै...

रेडहर्स क्लबलाई हराउदै एलाभेन एरोज सुनसरी फाइनलमा

ताप्लेजुङ – पाथीभरा गोल्डकप प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमीफाइनल खेलमा एलाभेन एरोज सुनसरीले रेडहर्स क्लब इलामलाई २–० पराजित गदै फाइनलमा प्रवेश गरेको छ । खेलको ३५ औं मिनेटमा एलाभेन एरोजका विदेशी खेलाडी जर्सी नम्बर ३...

प्रमुख सेनानी विष्टको शव लिन सुडान उड्याे श्री एयरको जहाज

काठमाडौं, २९ चैत-शान्ति मिसनमा खटिएका बेला मृत्यु भएका नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको शव लिन श्री एयरलायन्सको जहाज सुडान उडेको छ ।सुडानको डारफोर मिसन मुख्यालयमा स्टाफ अफिसरका रूपमा खटिएका विष्टको १७ चैतमा हृदयघातका कारण...

महिलालाई स्वस्थ्य बनाउन सौन्दर्यकर्मीले गर्यो शिविर, ७५ जना महिलाले गराए स्वास्थ्य जाँच

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिले तिजको अवसर पारेर निःशुल्क भिआइए जाँच शिविर आयोजना गरेको छ । सौन्दर्यकर्मी युनियनले मोरङको कटहरी गाउँपालिका – ३ कटहरीको स्वास्थ्य चौकीमा मंगलबार पाठेघरको मुखको क्यान्सरको परीक्षणको...

नेपालसँग सीमाबारे वार्ता गर्न भारतको शर्त

काठमाडौं, १६ जेठ-लिम्पियाधुरा, लिपुलेक, कालापानी सीमा विवादमा नेपालले विदेश सचिवस्तरीय वार्ताको पहल गरिरहेका बेला भारतले नेपालसँग वार्तामा नबस्ने संकेत गरेको छ । भारतले वार्ताका लागि दुई देशबीच विश्वासको वातावरण बनाउन आवश्यक रहेको बताएको छ । नेपाल...

नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी

नेपाल वायु सेवा निगमको बाँकेको नेपालगञ्जस्थित क्षेत्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । मंगलबार बिहान ११ बजेसम्म सिमकोटका लागि उडान भर्ने भन्दै यात्रुलाई विमानस्थलको हलमा राखेर अन्तिममा फिर्ता पठाएपछि आक्रोशित हुम्लाका यात्रुहरूले कार्यालय प्रमुखको कार्यकक्षमा ताला...

चीनमा भारी वर्षाबाट १४ जनाको मृत्यु, ८ बेपत्ता

एजेन्सी, असार १७-दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण १४ जनाको मृत्यु भएको छ । सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा जारी यस प्रकोपमा परीमा १४ को मृत्यु हुनुको साथै अन्य ८ जना बेपत्ता भएका स्थानीय सरकारले...

आज १०४४ संक्रमित थपिए, १२७१ जना डिस्चार्ज

गत २४ घण्टामा देशभर १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ । आज ७ हजार ४ सय १४ जनाको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्