युवा पुस्तालाई दक्षता प्रदान गर्न विराटनगरमा पत्रकारिता तालिम सुरु

 न्यूज विराट
युवा पुस्तालाई दक्षता प्रदान गर्न विराटनगरमा पत्रकारिता तालिम सुरु

विराटनगर, २४ फागुन । नयाँ युवापुस्तालाई पत्रकारिता क्षेत्रमा दक्षता प्रदान गर्ने उद्देश्यले तालीम शुरु भएको छ। नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति र सो सङ्घको मोरङ शाखाको संयुक्त आयोजनामा आजदेखि यहाँ एक हप्ते आधाभूत तालिम सञ्चालन गरिएको छ । तालिममा मोरङ, झापा, उदयपुर, सुनसरी, ओखलढुङ्गा,धनकुटा,सप्तरी र धनुषाका गरी ४० जना युवायुवतीहरु सहभागि छन् । फागुन चैत २ गतेसम्म सम्पन्न हुने सो तालिमबाट स्थानीयस्तरमा रोजगारी सिर्जना हुने विश्वास लिएको छ ।

पछिल्लो अवस्थामा यो पेशामा नयाँ पुस्ताको सहभागिता एवं रुची बढिरहेकोले तालिम आयोजना गरेको शाखाका सभापति वन्धु पोखरेलले जानकारी दिए । महासङ्घका पूर्व केन्द्रीय सभापति धर्मेन्द्र झाले प्रशिक्षण दिनेछन् । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले तालिमको उद्घाटन गर्दै पत्रकारिता क्षेत्र ज्यादै चुनौतीपूर्ण एवं कठिन रहे पनि गर्व गर्ने पेशा हो भने ।

उनले प्रशिक्षार्थीहरुलाई लगनशीलता, इमान्दारीपूर्वक कार्य गर्न आग्रह गर्दै खोजमूलक पत्रकारिताले समाजलाई नयाँ बाटो देखाउनु सहयोग पुर्याउने बताए । उनले समग्र पत्रकारिता क्षेत्रको विकासका लागि महानगरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै विगत केही वर्षदेखि पत्रकारिता क्षेत्रमा नयाँ अनुहारको खडेरी लागेको अवस्थामा व्यवसायिक पत्रकारिताको गर्न आउनु भएका ठूलो सङख्याका सहभागीता देखेर खुशी लागेको विचार व्यक्त्त गरे ।

महासंघका पूर्व केन्द्रीय अध्यक्ष झाले पत्रकारिताका क्षेत्रमा दक्षजनशक्ति उत्पादनका लागि ११ जिल्लामा तालिमको आयोजना गरिएको जानकारी दिदै समाजलाई रुपान्तरण गर्ने कार्यमा महिला पत्रकारको ठूलो भूमिका हुने बताए ।

उनले महासङ्घ संस्थापना भएको ६५ वर्षको अवधिमा यस प्रकारको तालिम पहिलो पटक आयोजना गरिएको धारणा राखे । प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले सञ्चारकर्मी र सञ्चार गृहको क्षमता विकास गर्न प्रतिष्ठानले सहयोग गर्ने बताउँदै सिकेको ज्ञान व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

महासंघ मोरङ अध्यक्ष पोखरेल, उपाध्यक्ष कुमोद अधिकारी, नेपाल प्रेस यूनियनका उपाध्यक्ष लिलावल्लभ अधिकारी, महासङ्घका मोरङ पूर्व अध्यक्ष शिवबहादुर कार्की र महासङ्घका केन्द्रीय कार्यालयका सङ्घर्ष पन्तले पत्रकारको सुरक्षा र दुर्घटना उपचारमा महासंघको सहयोग गरेको धारणा राखे । तालीम बिहान ८ देखि १२ र दिउँसो २ देखि ६ बजेसम्म गरी दुई चरणमा सञ्चालन हुने छ ।

सम्बन्धित समाचार

मोरङको उर्लाबारीमा मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

विराटनगर । मोरङको उर्लाबारीमा आफ्नै मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ परेका छन् । उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटीले धारिलो हतियार बाम्फोक दाउले टाउँकोमा प्रहार गरेर मामा ४२ वर्षीय काजी महराको हत्या गरेको प्रहरीले...

कमल थापाको आरोप, ‘कम्युनिस्टहरू निर्धक्कसँग भ्रष्टाचार गरिरहेका छन्’

सुनसरी, फागुन १६–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ‘घूस बार्गे्निङ प्रकरण’मा मुछिएका पूर्वमन्त्री गोकुल बाँस्कोटाजस्ता पात्र सरकारमा धेरै रहेका टिप्पणी गरेका छन् । सुनसरीमा मिडिया नेपालले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले निष्पक्ष छानविन...

प्रधानमन्त्री ओलीका पक्षमा इलाममा पनि प्रदर्शन    

इलाम, २४ असार -प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा इलाम बजारमा आज जनप्रदर्शन गरिएको छ । अनेरास्ववियु इलामको अगुवाइमा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो । ‘आज हैन भोलिलाई, अबको पाँच वर्ष ओलीलाई’ भन्ने नारासहित...

धनुषाको धनुषाधाम नगरपालिकाको मेयरमा कांग्रेसका मण्डल निर्वाचित

धनुषाको धनुषाधाम नगरपालिकाको मेयरमा कांग्रेसका बालेश्वर मण्डल निर्वाचित भएका छन् । एमालेका योगकुमार यादवलाई पराजित गर्दै कांग्रेसका बालेश्वर मेयरमा निर्वाचित भएका हुन् । मेयरमा निर्वाचित कांग्रेका बालेश्वरले ४ हजार ७१८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका यादवले...

प्रदेश १ मा ८७ कोरोना संक्रमित थपिए

विराटनगर, २९ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा २ , उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको...

महानगरका वडा तहका सबै सिफारिसहरू अनलाइनबाटै

विराटनगर । विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई छिटोछरितो र सहज रुपमा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने भएको छ ।महानगरका सबै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै विद्युतीय सुशासनको उच्चतम प्रयोग गर्न ई–सिफारिस र ई–पेमेन्टलाई प्रभावकारी बनाउने भएको छ । महानगरका...

एल्लो हर्बलको स्किन केयर बजारमा

विराटनगर । विराटनगरमा रहेको एल्लो हर्बलको स्किन केयर बजारमा आएको छ । कोरियन टेक्नोलोजी प्रविधिबाट उत्पादन भएको ‘एल्लो हर्बलको स्किन केयरहरू बजारमा आएको हो । एल्लो हर्बलको स्किन केयरमा फेस वास, भिटा मनी सी सिरप,...

गौतम बुद्ध डाँन्स आइडल प्रतियोगिता

विराटनगर । विराटनगरमा रहेको गौतम बुद्ध डान्स आइडल प्रतियोगिता आयोजना गरेको छ । स्कुल परिसमा शुक्रबार गौतम बुद्ध डान्स आइडल प्रतियोगिता आयोजना गरिएको हो ।प्रतियोगिता अन्र्तगत साँस्कृतिक विधाको जुनियर तर्फको प्रथम आहिष्मा आचार्य, द्धितीय निकिता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्