कमल थापाको आरोप, ‘कम्युनिस्टहरू निर्धक्कसँग भ्रष्टाचार गरिरहेका छन्’

 न्यूज विराट
कमल थापाको आरोप, ‘कम्युनिस्टहरू निर्धक्कसँग भ्रष्टाचार गरिरहेका छन्’

सुनसरी, फागुन १६–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ‘घूस बार्गे्निङ प्रकरण’मा मुछिएका पूर्वमन्त्री गोकुल बाँस्कोटाजस्ता पात्र सरकारमा धेरै रहेका टिप्पणी गरेका छन् । सुनसरीमा मिडिया नेपालले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले निष्पक्ष छानविन गर्ने हो भने सरकारमा धेरै गोकुल बाँस्कोटा भेटिने बताएका हुन् ।

अहिले कम्युनिस्ट नेताहरू निर्धक्कसँग भ्रष्टाचार गरिरहेको उनको आरोप छ । उनले भने, ‘नेताहरू कोहीसँग डराउँदैनन् । राजादेखि डर हुन्थ्यो, त्यो पनि साइड लगाए । धर्मदेखि डर थियो, धर्म मान्दैनन् । जनमत पैसामा किन्न सकिन्छ भन्ने ठान्छन् अनि किन डराउनु ?’

गणतन्त्र, धर्म निरपेक्षता र संघीयतामाथि आफूहरुको फरक मत रहेको उनले दोहो¥याए । अहिलेको संवैधानिक व्यवस्था जनताको चाहना नभएको उनले दाबी पनि गरे । गणतन्त्र पक्षधरले समेत मान्ने खालको संवैधानिक राजसंस्था आफूहरूको एजेन्डा रहेको र त्यसलाई जनताको मतद्वारा ल्याउन चाहेको उनले बताए ।

फरक प्रशङ्गमा थापाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक बखेडा झिकेको आरोप लगाए । एमसीसी सम्झौता हस्ताक्षरमा आफ्नो पार्टीको भूमिका न्यून रहेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्