भ्रष्टाचार निर्मूल पार्न आचरण बदल्नु पर्नेमा जोड

 न्यूज विराट
भ्रष्टाचार निर्मूल पार्न आचरण बदल्नु पर्नेमा जोड

विराटनगर, २१ फागुन । मुलुकबाट भ्रष्टाचारलाई न्यूनीकरण गर्न आचरण बदल्नु पर्ने भनाई सहभागीहरुले राखेका छन् । तीन तहका सरकारमा सामेल सबै तह र तप्काका कर्मचारी एवं जनप्रतिनिधि तथा विकास निर्माणका लागि बनाइने उपभोक्ता समितिका पदाधिकारीहरुले राष्ट्रलाई बलियो बनाउन भ्रष्टाचार जस्ता घिनलाग्दो कार्यबाट टाँढा रहनु पर्नेमा सहभागीहरुले जोड दिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय इटहरीद्वारा आज विराटनगरमा आयोजित मोरङ जिल्ला स्तरीय “भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिक” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो धारणा राखेका हुन् ।

सहभागीको तर्फबाट भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष दिनेश श्रेष्ठ, सोही संस्थामा आवद्ध उत्तम ढुङ्गाना र वशन्त अधिकारीले भ्रष्टाचारले समाजलाई नकारात्मक दिशातर्फ धकेल्ने भएकोले यसमा सबै सरोकारवालाहरुले विचार पु¥याउनु पर्ने धारणा राखे ।

सहभागीकै तर्फबाट पत्रकार श्याम सुन्दर सुतियारले आम नागरिकले सेवा लिने कुनै पनि निकायमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहरुले जनतालाई शिरोधार्य मानेर काम गर्नु पर्ने सुझाव दिए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भ्रष्टाचारका विषयमा आफूले शून्य सहनशीलता अपनाएको र कसैले पनि भ्रष्टाचार गरेको पाइएमा कारवाही गर्ने दृढता व्यक्त्त गरे ।

उनले भ्रष्टाचार मुछिएका मानिसलाई कारवाही गरेको दृष्टान्त दिँदै जनप्रतिनिधिको हैसियतले जनताका सेवा तत्पर रहेको र आयोगले जारी गरेको ६१ बँुदै निर्देशन पालना गर्न प्रतिवद्ध रहेको कुरामा जोड दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयका सचिव तोयम रायले भ्रष्टाचार एक रोग हो यसलाई निर्मूल पार्न स्वयं नागरिकले पवित्र मन र वचनले काम गर्नु पर्ने धारणा राखे ।

उनले विश्व धेरै देशमा भ्रष्टाचार भइरहेको छ र अहिले नेपालमा भ्रष्टाचारले जडो गाडेको अवस्थामा यसबाट छुटकारा पाउन सबैले सुशासन र उत्तरदायित्वलाई बोध गर्नु पर्ने विचार राखे । उनले मोरङमा यसवर्ष कुल भ्रष्टाचार सम्बन्धमा १९७ वटा उजुरी परेको जानकारी दिँदै यी सबै मुद्दालाई किनारा लगाउन अख्तियारले मागेको जवाफ सम्बन्धित निकायले समयमै दिएमा मुद्दा फर्छौट गर्न सजिलो हुने धारणा राखे । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कर्मचारीले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई कर्तव्यनिस्ट भएर पालना गर्नु पर्ने धारणा राखे।

जिल्ला स्थितका सबै कार्यालयका प्रमुख, प्रशासकीय अधिकृत र जनप्रतिनिधि सम्मिलित सो कार्यक्रममा आयोग इटहरीका प्रमुख बाबुराम खतिवडाले सुशासन र उजुरी सम्बन्धमा तथा उपसचिव पुरुषत्तम ढकालले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुयोग अनुसन्धान आयोगको भूमिका विषयमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

सुनसरी ३(२) बाट एमालेका रामदेव यादव विजयी

विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ (२)को प्रदेशसभामा नेकपा एमालेका रामदेव यादव विजयी भएका छन । उनले कांग्रेसका विन्देश्वर यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन । रामदेवले १९ हजार ४७९ मत ल्याइ विजयी भएका छन भने...

प्रदेश १ मा १८ संक्रमितथपिए, ४२ जना डिस्चार्ज

विराटनगर, साउन १५–प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, झापामा ४, सुनसरी, उदयपुर र सोलुखुम्वुमा २÷२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ पुरुष...

घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा पुनः निरौला, महिला उद्यम समितिमा भण्डारी

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा पुन : चेतनाथ निरौला निर्विरोध निर्वाचित भएका छन् । महासंघको १२ औं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालको लागि निरौला अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । महासंघको...

कुशल र दिपेन्द्र चम्किदा फिलिपिन्समाथि नेपालको लगातार दोस्रो जित

काठमाडौं । टि–२० वल्र्डकप क्वालिफायर अन्तरगत फिलिपिन्स विरुद्धको म्याचमा नेपालले सहज जित निकालेको छ । कुशल भुर्तेल र दिपेन्द्रको शानदार साझेदारी र बलरहरुको उत्कृष्ट प्रदर्शनसँगै नेपालले लगातार दोस्रो जित हासिल गरेको हो । नेपालको यो...

अध्यक्षविरूद्ध एक वर्ष कैद र १८ लाख जरिवानको माग दाबी, आज अदालतमा अभियोग दर्ता हुँदै

विराटनगर । मोरङको बेलबारी नगरपालिका – ११ भाउनेस्थित सृजना सामुदायिक वनको ९५५ क्युफिट काठ घोटला गरेको आरोप लागेको वनका अध्यक्ष छत्रबहादुर लिम्बु विरुद्ध मुद्दा दायर हुने भएको छ । डिभिजन वन कार्यालय मोरङले अध्यक्ष लिम्बु...

२४ घण्टामा देशभर ४१८ जनामा कोरोना पुष्टि

काठमाडौं, १९ साउन-सोमबार देशभर ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि...

नेपालमा थप ३ जनामा भेटियाे कोरोना संक्रमण, संक्रमितकाे संख्या १२ पुग्यो

काठमाडौं, ३० चैत-नेपालमा थप ३ जनाको कोरोना ‘पोजेटिभ’ देखिएको छ । हेटौँडामा परीक्षण गर्दा आशंका गरिएका ३ जनामा काठमाडौंको टेकु अस्पतालको ल्याबमा परीक्षण गराउँदा पुनः ‘पोजेटिभ’ देखिएको हो । ‘हिजो दिउँसो ११ बजेको रिपोर्ट पोजेटिभ...

विराटनगरको मानव सेवा आश्रममा मनोरोग र आँखा जाँच शिविर सम्पन्न

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विराटनगरस्थित मानव सेवा आश्रममा निःशुल्क मनोरोग र आँखा जाँच शिविर सम्पन्न भएको छ । ज्येष्ठ नागरिक दिवसको अवसरमा क्लबले तीन टालीयास्थित आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्