आर्थिक ऐन २०७७ ले दिएको छुट सुविधा उपयोग गर्न राजश्व कार्यालयको आग्रह

 न्यूज विराट
आर्थिक ऐन २०७७ ले दिएको छुट सुविधा उपयोग गर्न राजश्व कार्यालयको आग्रह

विराटनगर, २० फागुन । उद्योगी, व्यापारी एवं करदाताहरुले आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरंगको समन्वय र आन्तरिक राजश्व कार्यालय विराटनगरको आयोजनामा विराटनगरमा आयोजित अन्तरकृया कार्यक्रममा सो सुविधा फागुन मसान्तसम्म मात्र लागू हुने भएकोले सेवाग्राहीहरुलाई समयमै आआफ्ना कर चुक्त्ता गरी सुविधा उपयोग गर्न कार्यालयले आग्रह गरेको हो ।

यस सुविधाबाट सरकारले प्राप्त गर्ने राजस्व पनि बढ्ने र करदाताहरु पनि नियमनमा बाँधिने भएकोले यसबाट सबैले सुविधा लिनु पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरंगका अध्यक्ष चेतन निरौलाले बताए ।

कार्यालयले जारी गरेको अपिलमाकुनै पनि व्यक्तिले स्थायी लेखा नं नलिई विगतमा कर लाग्ने आय आर्जन गरेको तर त्यसरी आर्जित आयमा कर नबुझाएको भए स्थायी लेखा नं लिई आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ को आय विवरण र कर बुझाएमा शुल्क तथा ब्याज मिन्हा हुने छ ।

सो भन्दा अघिका आर्थिक वर्षहरुको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याज बुझाउनु पर्ने छैन । स्थायी लेखा नं लिई आय विवरण पेश नगर्ने वार्षिक रु५० लाख सम्मको कारोबार गर्ने प्राकृतिक व्यक्तिले आर्थिक वर्ष २०७३÷७४, २०७४÷७५ र २०७५÷७६ को आय विवरण, आयकर र सोमा लाग्ने ब्याजको २५प्रतिशतले हुने रकम बुझाएमा सोभन्दा अघि वर्षहरुको आय विवरण पेश गर्नुपर्ने छैन र त्यस्तो आयमा लाग्ने कर, शुल्क तथा बाँकी ब्याज मिन्हा हने भनिएको छ ।

स्थायी लेखा नंं. लिई आर्थिक वर्ष २०७३÷७४ वा सोभन्दा अघिको आय विवरण पेश नगर्ने वार्षिक रु.५० लाख भन्दा बढीको कारोबार गर्ने प्राकृतिक व्यक्ति वा निकायले आय विवरण, आयकर र सोमा लाग्ने ब्याजको २५प्रतिशतले हुने रकम बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिनाहा हुनेछ ।

विसं २०७५ असार मसन्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने करदाताले बुझाउनु पर्ने कर विवरण, सो कर विवरण अनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने ब्याजको ५० प्रतिशतले हुने रकम वुझाएमा सोमा लाग्ने जरिबाना, थप दस्तुर तथा बाँकी ब्याज मिन्हा हुने कार्यालयको अपिलमा छ ।

आयकर ऐन, २०५८ , मूल्य अभिवृद्धि कर ऐन, २०५२ र अन्तःशुल्क ऐन, २०५८ बमोजिम विसं २०७५ साल असार मसान्तभित्र भएको कर निर्धारण वा अन्तःशुल्क निर्धारण (झुट्टा तथा नक्कली बीजक सम्बन्धमा भएको कर निर्धारण बाहेक ) उपर मुद्दामा गई विचाराधीन रहेमा सम्बन्धित करदाताले मुद्दा फिर्ता लिई त्यस्तो निर्धारणबाट कायम भएको कर रकम र सोमा लागेको ब्याज बुझाएमा सोमा लागेको शुल्क, थप दस्तुर तथा जरिबाना मिनाहा दिइने भनिएको छ ।

अन्तरकृया कार्यक्रममा आन्तरिक राजश्व कार्यलय विराटनगरका कर अधिकृत हरिप्रसाद सेढाई र पशुपति घिमिरेले कर सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै उद्यमीहरुले तिर्नुपर्ने कर सम्बन्धी जानकारी गराएका थिए । उनीहरुले अन्तरकृयामा उद्यमीहरुले राखेका जिज्ञासाहरुको जवाफ समेत दिएका थिए ।

कार्यक्रममा अन्तशुल्क, पानमा कारोबार गर्दा के कति विल काट्ने, विल विजक जारी गर्दा कसरी जारी गर्ने, अन्त शुल्क, ढिलो कर तिर्दा हुने हर्जाना, लगायतका विषयमा छलफल गरिएको घरेलु तथा साना उद्योग महासंघ मोरंगका अध्यक्ष निरौलाले जानकारी दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरंगका अध्यक्ष चेतन निरौलाको अध्यक्षतामा सम्पन्न अन्तरकृया कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष मुकेश उपाध्याय, प्रदेशका उद्यमी प्रतिनिधिहरु, महिला उद्यमीहरु, गृल व्यवसायी संघ, कुटानी पिसानी संघ, शौन्दर्यकर्मी संघ, मुद्रण संघका प्रतिनिधिहरुलगायत विभिन्न क्षेत्रका लघु, घरेलु तथा साना उद्यमीहरुको बृहत सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

क्यानाडाको राजधानीमा संकटकाल घोषणा

ओटावा । क्यानाडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले संकटकालको घोषणा गरेको हो । कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने लगायतका कतिपय प्रतिवन्धात्मक व्यवस्थाकाविरुद्धमा...

कोरोना संक्रमणको त्रासःआजबाट के-के गर्न पाइने र नपाइने ?

काठमाडौं, २८ पुस । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित ​ कडाइ गर्ने निर्णय गरेको हो ।...

रानी मिनी महोत्सवमा चर्चित कलाकार अन्जु कुश्मी आउने, प्रणय– दिवसमा धमकेदार प्रस्तुती दिइने

विराटनगर । विराटनगर १५ गौतम बुद्ध स्कुल अगाडी सुरु भएको रानी मिनी महोत्सवमा चर्चित  चर्चित गायिका तथा मोडल अन्जु कुश्मीको प्रस्तुती रहने भएको छ । फागुन २ गते प्रणय – दिवसको दिन उनले उक्त महोत्सवमा...

ओएनएफ अष्ट्रेलियाको सल्लाहकार समितिमा भैरब ढकाल चयन

विराटनगर । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको हालै सम्पन्न पाचौ अधिवेशनबाट पश्चिम अस्ट्रेलियाका भैरब ढकाललाई सल्लाहकार रुपमा चयन भएका छन् । अधिवेशनले राष्ट्रिय कमिटीको प्रथम बैठकले राज्य कमिटी इन्चार्ज, पव्लिक रिलेसन अफिसर सहित विभागीय प्रमुखहरु...

बिरामीलाई घरैमा औषधि

उदयपुर, ५ वैशाख-कोरोना भाइरस (कोभिड–१९) को प्रकोप रोक्न ११ चैतदेखि मुलुक लकडाउनमा छ । लकडाउन अझै कति दिनसम्म चल्छ भन्ने टुंगो छैन ।यस्तो अवस्थामा दैनिक औषधि सेवन गरिरहेका बिरामीको समस्या मध्यनजर गर्दै उदयपुरको बेलका नगरपालिकाले...

नेकपा सचिवालय बैठक मंगलवार बस्दै

काठमाडौं, १५ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चलिरहेको माथापच्ची चर्किरहेका बेला यसलाई समाधान गर्न भोलि मंगलबार सचिवालय बैठक बस्ने भएको छ । केही दिनदेखि नेकपाभित्र एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष...

आगलागीमा तीन बालकको मृत्यु

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रीटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको ज्यान गएको हो । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका...

कोरोनाबाट उपत्यकामा ५ सहित थप १४ जनाको निधन

काठमाडौं, २७ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा १४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा तीन महिला र ११ पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।  मन्त्रालयका अनुसार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्