
मोरङमा १६७ सहित प्रदेश १ मा आज १ सय ८१ संक्रमित थपिए
विराटनगर, ११ असोज—प्रदेश १ मा पछिल्लो २४ घण्टामाा १ सय ८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेह्रथुम र...
विराटनगर, १७ फागुन । विराटनगरका उद्योगी व्यवसायीले खुल्ला सिमानाको फाइदा उठाउँदै भारतबाट नेपाल तर्फ हुने अबैध आयात नियन्त्रण गर्न माग गरेका छन् ।
सोमबार विराटनगरमा बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईलाई स्वागत गर्दै विराटनगरका उद्योगी व्यवसायीले सीमाक्षेत्रबाट हुने अबैध आयात नियन्त्रण गर्न माग गरेका हुन् ।
कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले खुल्ला सीमानाका कारण हुने अबैध आयातले नेपाली उद्योग व्यवसाय प्रभावित बनाएको बताए । उनले खुल्ला सिमानाबाट हुने अबैध आयात नियन्त्रण गर्न सरकारसँग माग गरे ।
उनले भारतसँगको बैठकमा मिरगञ्जको पुल चाँडो निर्माण सम्पन्न गर्ने एजेण्डा राख्न पनि आग्रह गरे । जिर्ण अवस्थाको पुल भएकाले जुनसुकै वेला पनि यहाँका उद्योगी व्यवसायीले हैरानी खेप्नु पर्ने स्थिति रहेको मुण्दडाले बता ए।
बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले एक दुई पिस कपडा ल्याउँदैमा नेपालको बजार नै प्रभावित नहुने बताए । उनले उद्योगी व्यवसायी मध्येकै कसैले ठूलो परिमाणमा अबैध आयात गरेमात्रै नेपाली बजारलाई प्रभाव पार्ने स्पष्ट पारे ।
अबैध आयात नियन्त्रणमा सरकारी संयन्त्रले काम गरिरहेको उनको दाबी थियो । भट्टराईले उद्योगी व्यवसायीलाई सहजीकण गर्न सरकार सँधै तत्पर रहेको बता ए। उनले पूराना फर्मलाई ५ हजार रुपैयाँ लिएर बन्द गर्न पाउने व्यवस्था गर्न मुस्किल रहेको बताए ।
उनले मिरगञ्ज पुल लगायतका विषय भारतसँगको बैठकमा राखेर समाधान गरिने बताए । कार्यक्रममा कपडा उद्योगीहरूले सुति कपडामा भ्याट र भन्सारको दर घटाएर १० प्रतिशमा झार्न माग गरेका थिए । हाल सुति कपडा आयात गर्दा १५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लाग्ने गरेको छ ।
विराटनगर, ११ असोज—प्रदेश १ मा पछिल्लो २४ घण्टामाा १ सय ८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेह्रथुम र...
काठमाडौं, १७ वैशाख-कतारले पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । कतारले सहयोगस्वरूप प्रदान गरेको सामग्री रिसिभ गर्न लिन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल पुगेका थिए । कतारले व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई), पिसिआर...
विराटनगर, साउन २९-बिहीबार मोरङमा ८८ सहित प्रदेश १ मा १ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश १ मा बिहीबार थपिएको संक्रमित संख्या अहिलेसम्मकै उच्च हो । गएको २४ घण्टामा प्रदेश १ मा...
एजेन्सी, असार १९-भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहान अचानक लेह पुगेका छन् । मोदीले १५ जुनमा भारत र चीनका सेनाबीच भएको झडपपछिको अवस्थाबारे मोदीको उपस्थितिमा समीक्षा हुने बताइएको छ । १५ जूनको राति चिनियाँ सेनासँगको भिडन्तका...
विराटनगर । विराटनगर – ९ रेम्बो गल्लीमा रोयल तन्दुरी एण्ड कबाव हाउस संचालनमा आएको छ । रोयल विरयानी हाउसका चार जना संचालकले रोयल एण्ड कबाव हाउस शुक्रबार एक कार्यक्रम आयोजना गरी संचालनमा ल्याएका हुन् ।...
विराटनगर, साउन ३१–काभिड–१९ को महामारीका बेला पत्रकार र संचार संस्था समस्यामा परेको भन्दै नेपाल प्रेस युनियनले सरकार तथा सरोकारवालासँग ९ सुत्रीय माग अघि सारेको छ । युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका विभिन्न...
विराटनगर, २९ कात्तिक–मोरङको रतुवामाई नगरपालिका–१ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) बरडंगा चुनीमारीले भारतबाट अवैध रुपमा भित्र्याइएका पटाकाजन्य पदार्थ नष्ट गरेको छ । विभिन्न मिति र स्थानबाट बिओपी चुनीमारीबाट खटिएको शसस्त्र प्रहरीको...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.