सप्तकोसी नगरपालिकामा अनियमिमता बढेको भन्दै जनप्रतिनिधि आन्दोलित

 न्यूज विराट
सप्तकोसी नगरपालिकामा अनियमिमता बढेको भन्दै जनप्रतिनिधि आन्दोलित

सप्तरीको सप्तकोसी नगरपालिकामा व्यापक अनियमिमता भएको भन्दै जनप्रतिनिधिसहित चारवटा राजनीतिक दलले संयुक्त रूपमा आन्दोलन थालेका छन् ।

एकलौटी ढंगले अघि बढेका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत मिलेर एक करोडभन्दा बढी रुपैयाँको अनियमिमता गरेको आरोप लगाउँदै उनीहरू आन्दोलित भएका हुन् ।

नेकपाका प्रचण्ड-नेपाल समूह, कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातान्त्र पार्टीले आज संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी गराएको हो । नगरप्रमुखले कोभिड–१९ महामारीको बेला एक करोड र प्रदेशबाट आएको २० लाख रुपैयाँ अनियमितता गरेको उनीहरूको आरोप छ ।

विज्ञापनविनै कर्मचारी नियुक्ती गरिएको र शिक्षक नियुक्तीमा पनि आर्थिक चलखेल गरेर भर्ना गर्न लागेको वडा नं. १ का अध्यक्ष नारायण आचार्यले बताए । ‘कोभिड–१९ को बेला अढाइ करोडमध्ये १ करोडबढी रुपैयाँ अनियमितता भएको छ’ उनले भने–‘त्यसपछि पनि प्रदेशबाट आएको २० लाखको हरहिसाब छैन, हरहिसाब खोज्दा दिनै मान्दैनन् ।’

बाध्य भएर सर्वदलीय बैठक गुहार्नुपरेको उनले बताए । ‘सर्वदलीय बैठकबाट हामीले ९ वटा बुँदा उल्लेख गर्दै ज्ञापनपत्र बुझाए पनि वास्ता नै गर्दैनन्,’ उनले भने, ‘आज पुनः टीएमएल शिक्षक नियुक्त गर्न विज्ञापनविनै परीक्षा सञ्चालन गर्न खोजियो ।’

एकातर्फ हरहिसाबको जानकारी नदिने र अर्कोतर्फ मनोमानी ढंगले कर्मचारी नियुक्ति गर्न लागिएको उनले पत्रकार सम्मेलनमा बताए । ‘यसअघि पनि सबैजसो कर्मचारी मेयर, प्रमुख प्रशासकीय अधिकृतसहितका मिलोमतोमा बस्नेहरूकै आफन्तलाई नियुक्त गरिएको छ । र शिक्षक नियुक्तिमा पनि त्यही गर्न खोजिरहेकाले हामीले तत्काललाई परीक्षा रोक्न भनेका थियौँ,’ उनले भने, ‘नसुनेपछि म लगायत ६/७ जना जनप्रतिनिधि र चारवटै दल मिलेर आन्दोलन सुरु गरे ।’

आन्दोलनको पहिलो चरणमा शिक्षक भर्ना गर्न लिइरहेको परीक्षा हलमा तालाबन्दी गरेको उनले बताए । ‘अझै हरहिसाब र विभिन्न नियुक्तिबारे जानकारी नदिइए बाध्य भएर नगरपालिकामा तालाबन्दी गर्ने हाम्रो योजना छ’, उनले भने ।

उता, नेकपा ओली समूहबाट निर्वाचित नगर प्रमुख उत्तमकुमार शर्माले राजनीतिक विवादका कारण आफूमाथि अनियमितताको आरोप लागेको प्रतिक्रिया दिए । ‘केन्द्रमा नेकपाबीच देखिएको राजनीतिक विवादले यो सबै भइरहेको छ’ उनले भने, ‘शिक्षक नियुक्त गर्न राष्ट्रिय मिडियामै विज्ञापन भएको छ ।’ यद्यपि, नगर प्रमुख शर्माले राष्ट्रिय मिडियाको नाम भने यकिन गर्न सकेनन् ।

सम्बन्धित समाचार

प्रदेश १ मा एकैदिन १४६५ जनाले जिते कोरोना, ५०७ संक्रमित थपिए

विराटनगर, २६ जेठ । प्रदेश १ बाट १ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६२० महिला र ८४५ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ५९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म...

प्रदेश २ मा थपिए १०७ संक्रमित

जनकपुरधाम, ३१ जेठ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६ महिला र १ सय १ जना पुरुषगरी कुल १ सय ७ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । समाजिक विकास मन्त्रालयका अनुसार महोत्तरीका १, सर्लाहीका...

पदक ल्याउने कराँतेका ११ जना खेलाडीलाई सम्मान

विराटनगर । भारतको उत्तर प्रदेश आगरामा सम्पन्न भएको ‘इन्टरनेशनल कराँते च्याम्पिनसीप २०२३’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पदक ल्याउने ११ जना खेलाडीहरुलाई सम्मान गरिएको छ । विराटनगर ११ मा रहेको जनपथ माध्यमिक विद्यालयले स्वर्ण पदक ल्याउने...

एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवालाई निम्तो

काठमाडौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो १०औँ महाधिवेशनको निमन्त्रणा दिएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र नेता डा. राजन भट्टराईले पार्टीको...

विराटनगरको कोवास कलेजमा लफडा, सुनिल श्रेष्ठलाई जिम्मेवारीबाट हटाएर सारडालाई प्रिन्सिपल

विराटनगर । सुनिल श्रेष्ठलाई प्रिन्सिपलबाट हटाएर संचालक समितिले प्रीया सारडालाई जिम्मेवारी तोकेपछि विराटनगरस्थित कोबास कलेजमा विवाद देखिएको छ । आइतबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई जिम्मेवारीबाट हटाएर प्रिया सारडालाई प्रिन्सिपल नियुक्ति गरिएको बुझिएको छ ।...

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’

सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएकाले बिनाहिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् । मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड- १९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले व्यवस्थित र सहजरूपमा...

कोशी सरकारलाई दिएको समर्थन कायमै राखेर प्रतिपक्षमा बस्ने एमालेको निर्णय

विराटनगर । कोशी प्रदेशमा विद्रोहीलाई साथ दिएको नेकपा एमाले एक महिना नबित्दै पुनः विपक्षमा पुगेको छ। एमालेले केदार कार्की नेतृत्वको सरकार छाडिसकेको छ।एमाले सोमबारदेखि प्रदेश सभामा विपक्षी लहरमा बस्ने भएको छ। विपक्षमा बसे पनि कार्की...

प्रधानमन्त्री ओली भन्छन्: ‘म पनि घरमा छु, तपाईं पनि बस्नु होला’

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण जनतालाई घरमै बस्नको लागि पुन: आह्‍वान गरेका छन् । सरकारले लकडाउन घोषणा गरेको अवस्थामा घर बाहिर ननिस्किन ओलीले आग्रह गरेका हुन् । 'म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु', प्रधानमन्त्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्