जनता र राजाको सहमति अवज्ञाले मुलुक जटिलतामा फस्याेः पूर्वराजा ज्ञानेन्द्र

 न्यूज विराट
जनता र राजाको सहमति अवज्ञाले मुलुक जटिलतामा फस्याेः पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल जनता र राजाको सहमति अवज्ञा गरी निषेध र विभेदको राजनीति सुरु गरिएकाले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् ।

७१औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै उनले प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमै व्यस्त हुनुपरेको बताएका छन् । ‘प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो । जनताको अस्था, चाहना र जनभावनालाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन, बटारिन्न’, पूर्वराजा शाहले भनेका छन् ।

उनले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषका नेताहरूको शासन प्रणाली मात्र नभई सामाजिक जीवन पद्धति र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुसीमा मात्र प्रजातन्त्रको प्राण अटुट रहने बताएका छन् ।

‘राष्ट्रको प्रतिष्ठा बढाउन हामी कति समर्थ भएका छौँ, सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ,’ वक्तव्यमा उल्लेख छ ।

सम्बन्धित समाचार

कोरोमा माहामारीमा पनि सामाजिक काममा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउनटाउन

विराटनगर, २३ असोज–विश्वव्यपी माहामारिका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का बिच पनि रोटरी क्लब अफ विराटनगर डाउन टाउन सामाजिक कार्यमा अग्रसर बन्दै आएको छ । नियमित विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर...

कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध

सुर्खेत, १० असार-कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशनको २१ औँ बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस अवरोध गरेपछि स्थगित भएको छ । बैठक प्रारम्भ प्रदेशसभा सभामुख राजबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रालयले ल्याएको बजेटमाथिको छलफल गर्न आह्वान...

निको भए ८ लाख ७८ हजार कोरोना संक्रमित, साढे १८ लाखको उपचार जारी

काठमाडौं, १५ वैशाख-महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या २९ लाख ९४ हजार लाघेको छ । २४ घण्टामा ७३ हजार ८ सय थपिएसँगै संक्रमितको संख्या २९ लाख ९४ हजार नाघेको हो...

विराटनगर महानगर क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला परेका छन् ।विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार विराटनगरको वडा नम्बर १ बाहेक सबै वडामा क्षयरोगका बिरामी भेटिएको...

बाँकेको नरैनापुरमा राति ८ बजेदेखि निषेधाज्ञा, सेना परिचालन गरिने

बुटवल, ११ जेठ-प्रदेश ५ को अति विकट मानिने बाँकेको नरैनापुरमा कोरोना संक्रमण रोकथामका लागि सेना परिचालन गरिने भएको छ । गाउँपालिकाले शनिबार मात्र कोरोना संक्रमण फैलिन सक्ने र स्थित भयावहक हुने भन्दै थप सुरक्षाकर्मी र...

विराटनगरमा थप १ हजार बेडको आइसोलेसन बनाइने

विराटनगर, भदौ १८-कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेड बराबरको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । आज प्रदेश स्तरिय सिसिएमसीको भर्चुअल बैठकले विराटनगरका कम्तिमा...

मोर्डन एरा लिटिल च्याम्स सिजन ३’ को छनोट चरण शुरु

विराटनगर । विराटनगरको उत्तरी क्षेत्रको लिडिङ स्कुलको रुपमा रहेको विराटनगर–३ मा स्थित मोडर्न एरा इं. स्कलले ‘मोर्डन एरा लिटिल च्याम्स सिजन ३’ को छनोट चरण कार्यक्रम आयोजना गरेको छ । शुक्रवार छनोट चरणको कार्यक्रमको उदघाटन...

साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा युद्धविरामको घोषणा

एजेन्सी, चैत २७-साउदी नेतृत्वको गठबन्धनले यमनमा हुथी विद्रोहीविरुद्ध लडाईमा युद्धविरामको घोषणा गरेको छ । पाँच वर्ष लामो युद्ध अन्त्य गर्ने संयुक्त राष्ट्रसंघको प्रयासको समर्थनमा बिहीवारबाट लागु हुनेगरी युद्धविराम घोषणा गरिएको साउदी अधिकारीहरुले बताएका छन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्