कांग्रेस महाधिवेशन ७–१० भदौमा काठमाडौंमा हुने

 न्यूज विराट
कांग्रेस महाधिवेशन ७–१० भदौमा काठमाडौंमा हुने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ दोस्रो साता हुने भएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको १४ औं महाधिवेशन ७–१० भदौमा काठमाडौंमा गर्ने निर्णय गरेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।

महामन्त्री पूर्णबहादुर खड्काले बुधबारको बैठकमा कांग्रेसको १४ औँ महाधिवेशन ७–१० भदौमा काठमाडौंमा गर्ने गरी प्रस्ताव पेस गरेका थिए । महामन्त्री खड्काको महाधिवेशनको कार्यतालिका परिमार्जनसहित पेस गरेको प्रस्ताव बिहीबारको बैठकले सर्वसम्मतीले पारित गरेको केन्द्रीय सदस्य घिमिरेले जानकारी दिए ।

उनका अनुसार वडा, क्षेत्र, नगर र जिल्ला तथा क्रियाशील सदस्यता वितरण र नविकरणको तालिका पनि परिमार्जन गरिएको छ ।

कोरोना महामारीका कारण पार्टीको सदस्यता नविकरण, नयाँ सदस्यता वितरणदेखि विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकसँगको पार्टी एकतापछि गर्नु पर्ने पार्टी समायोजनको काम नसकिएको भन्दै महाधिवेशन भदौ दोस्रो हप्ताका लागि सारिएको हो ।

भदौमा महाधिवेशन गर्न कांग्रेसलाई अब संविधानको साहरा लिनुपर्नेछ । पाँच–पाँच वर्षमा दलको महाधिवेशन गर्नु पर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा २ सय ६९ को उपधारा ४ को खण्ड ‘ख’ले पाँच वर्षभित्र दलले आफ्नो निर्वाचन गर्न नसकेमा ६ महिना थप्न सक्ने प्रावधान छ । त्यही प्रावधानलाई टेकेर अब कांग्रेसले निर्वाचन आयोगलाई पत्र लेख्नुपर्नेछ ।

कांग्रेसको १३ औं महाधिवेशन भएको १९ फागुनमा पाँच वर्ष पुग्दैछ । कांग्रेसको विधान अनुसार अघिल्लो १९ फागुनसम्ममा कांग्रेसको १४ औं महाधिवेशन भइसक्नु पर्ने थियो ।

तर, विधानलाई टेकेर सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको म्याद ११ पुस २०७६ मा एक वर्षका लागि गरेका थिए । विधान अनुसार थपिएको एक वर्षको कार्यकाल पनि १९ फागुनबाट सकिँदै थियो ।

सम्बन्धित समाचार

कांग्रेसले हँसिया-हतौडामा भोट हाल्दैन :कांग्रेसका बागी उम्मेदवार

काठमाडौं । पार्टी निर्णय विपरीत नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका जगन्नाथ पौडेलले कम्युनिस्टसँग मिलेर कांग्रेसको कल्याण नहुने बताएका छन् । कांग्रेसका मतदातालाई हँसिया हतौडामा भोट हाल्न लगाउने कार्य स्वीकार्य नहुने...

भुल्केमा थप ३३५ जनाको स्वाब नमूना सङ्कलन

गाईघाट, २५ वैशाख-उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा बुधबार थप ३३५ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला विराटनगर र बिपी कोइराला मेमोरियल अस्पताल धरान पठाएको छ । भुल्केका कोरोना सङ्क्रमणस्थल ५५ घर मुस्लिम समुदायका...

कोशी क्रिकेट महोत्सव २०२५ विराटनगरमा सम्पन्न

विराटनगर । कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धन तथा नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा एमसिसि फाउण्डेशन र क्रिकेट विथ आउट बाउन्ड्रिजको समन्वयमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोगमा कोशी क्रिकेट महोत्सव २०२५ सम्पन्न भएको छ । विराटनगर...

शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्नुहुँदैनः मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्न नहुनेमा जोड दिनुभयो ।विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले...

कार्यदलका नेताहरू ओली-प्रचण्ड भेट्दै

काठमाडौं, २१ कात्तिक-नेकपाभित्र विवाद चर्किदै गएपछि दोस्रो तहका केही नेताहरू सक्रिय हुने प्रयासमा लागेका छन् । नेकपा सचिवालयले गत साउनमा गठन गरेको विवाद समाधानको सुझाव कार्यदलका सदस्यहरू सक्रिय हुन लागेका हुन् ।  अध्यक्षद्वय  केपी शर्मा...

विराटनगरमा जारी एक्स्पोमा धरान डेन्टलको लापरवाही, औजार निर्मलीकरण नगरी स्वास्थ्य उपचार

विराटनगर । विराटनगरमा जारी मोरङ व्यापार संघ टे«ड एक्स्पोमा निःशुल्क दन्त परीक्षण स्वास्थ्यकर्मीहरुले स्वास्थ्य मापदण्ड पुरा नगरि उपचारमा गर्दै आएको पाइएको छ । शिविरमा आएका विरामीहरुको दन्त परीक्षण उपचारमा खटिने स्वास्थ्यकर्मीहरुले स्वास्थ्य मापदण्डको ख्याल नगरि...

पछिल्लो २४ घण्टामा ११५८ मा कोरोना संक्रमण पुष्टि, १२ जना सङ्क्रमितको मृत्यु

काठमाडौं, १२ असोज । पछिल्लो २४ घण्टामा १ सहजार १ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।...

आजदेखि नयाँ वर्ष प्रारम्भ, ‘लकडाउन’ का कारण घरमै बसेर मनाइँदै

काठमाडौं, १ वैशाख-नयाँ वर्ष २०७७ साल आजबाट सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले घरमै बसेर मनाउँदै छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएको ‘लकडाउन’का...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्