विशेष कार्यदल बनाएर द्वन्द्वपीडितका समस्या समाधान गरिन्छ : प्रधानमन्त्री

 न्यूज विराट
विशेष कार्यदल बनाएर द्वन्द्वपीडितका समस्या समाधान गरिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्वपीडितको समस्या सम्बोधनका लागि एक विशेष कार्यदल बनाउने बताएका छन् । आफ्ना पीडा अवगत गराउन बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीसँगको छलफलमा उनले कार्यदल बनाई द्वन्द्वपीडितको समस्या समाधान गरिने बताएका हुन् ।

उनले अब क्षमा र पीडितलाई आवश्यकताअनुरुपको हयोगमार्फत द्वन्द्वका घाउलाई क्रमशः पुर्दै लैजानुपर्नेसमेत बताए । प्रधानमन्त्री ओलीले राज्यले शान्तिसुरक्षाका लागि खटाएका, राज्यविरुद्ध हतियार उठाउनेका तर्फबाट लडेका र कुनै पक्षमा सामेल नभए पनि आशंका वा रिसिइवीमा मारिएका गरी तीन धारका द्वन्द्वपीडित रहेको उल्लेख गर्दै भने,  ‘जता पट्टिबाट गोली चलेर मारिएको होस्, तिनमा आश्रित एकल महिला, उनका अभिभावक उनमा आश्रित सन्तानको पीडा उस्तैउस्तै छन् ।’

निवृत्तिभरण (पेन्सन) केही पनि नपाउने द्वन्द्वपीडितका परिवार अरुभन्दा बढी समस्यामा रहेको पनि प्रधानमन्त्रीको भनाइ थियो ।  ‘द्वन्द्वरत कुनै पक्ष मै नभएका राजनीतिक कार्यकर्ता र सर्वसाधारण जनता पनि थुपै संख्यामा पीडित रहेका छन्’, उनले भने, ‘यी सबै पक्षको माग कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध सबैसँग बसेर छलफल गरी निष्कर्ष निकाल्नुपर्छ ।’

जुनसुकै पक्षबाट लडेको भए पनि अब प्रतिशोधको राजनीति गर्न नहुने पनि उनको धारणा छ । ‘अब ‘क्षमा गर र विर्स’ को भावबाट जानुपर्छ’ , प्रधानमन्त्रीले भने । यद्यपि मैना सुनारको जस्तो जघन्य र गम्भीर प्रकृतिका घटनामा भने जोसुकैले पनि सजाय पाउने उनले स्पष्ट पारे ।

द्वन्द्वमा मृतकका परिवार वा घाइतेबाहेक बहिर्गमित लडाकुको समेत अर्को खालको समस्या रहेको प्रधानमन्त्रीले उल्लेख गरे । ‘तीन चार वर्ष क्यान्टोनमेन्टमा बस्दा त्यो किशोरले सुरुमा देखेको सपना भाँच्चिइसकेको हुन्छ, उमेर कटेपछि अर्को सपना देख्ने ठाउँ नै हुँदैन’, उनले भने ।

कार्यक्रममा द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारकातर्फबाट रिता सेनले सशस्त्र द्वन्द्वकालमा आफ्नो कर्तव्यपालन गर्दा कूल २ हजार ८९४ सुरक्षाकर्मी मारिएका र झण्डै एक हजार व्यक्ति घाइते भएको बताइन् । ती सुरक्षाकर्मी आश्रित परिवार र घाइते प्रहरीको अवस्था दयनीय रहेको पनि उनले उल्लेख गरिन् ।

ज्यान जोखिममा राखेर कर्तव्य पालना गर्ने प्रहरीको परिवारलाई राम्रै गरी राहत दिन सकिएमा अहिले कार्यरत जवान सुरक्षाकर्मी समेतको मनोबल उच्च हुने उनको भनाइ थियो । सरकारले मृतक सुरक्षाकर्मीलाई शहीद घोषणा गरे पनि आफूहरूले त्यसबापत केही नपाएको र सत्यनिरुपण तथा मेलमिलाप आयोगले आफूहरूलाई ‘पीडक’ भन्ने गरेको पनि उनले बताइन ।

छलफलमा गृहमन्त्री रामबहादुर थापा र सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । रासस

सम्बन्धित समाचार

कोरोना उपचार कोषमा सांसदहरुले दिए १ करोड

संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतको चैत महिनाको तलबबाट कोरोना भाइरस उपचार कोष कट्टी गरेको छ । सचिवालयले सभामुख, अध्यक्ष उपाध्यक्ष, नेकपाका सांसद सचिवालयका कर्मचारी लगाएको कोष कट्टी गरी एक करोड एक लाख ३२...

सप्तरीमा ४९ वर्षीय पुरुष संक्रमितको घरमै मृत्यु

सप्तरी, ६ असोज-सप्तरीमा कोरोना भाइरस संक्रमित विष्णुपुर गाउँपालिका- १ का ४९ वर्षीय पुरुषको घरमै मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीले उनको मृत्यु फरकफरक अस्पतालमा भएको जनाए पनि मृतकका परिवारका सदस्यले घरमै मृत्यु भएको स्पष्ट...

भारतबाट आएका आमालाई वडाध्यक्षले नै क्वारेन्टाइनबाट जबर्जस्ती घर लगे

रुपन्देही, २६ वैशाख-रुपन्देहीको समरीमाई गाउँपालिका-१ का वडाध्यक्ष शिवकुमार यादवले भारतबाट आएकी आमालाई जबर्जस्ती क्वारेन्टाइनबाट निकालेर घर लगेका छन् । समरीमाई-७, बेतकुइया मर्चवारको भैसागाहन मदरसामा २ दिनदेखि रहेकी ४८ वर्षीया सावित्री यादव ३ दिनअघि भारतबाट लुकिछिपी...

भोलिदेखि नयाँ नोट साट्न पाइने

काठमाडौं, ३ असोज । भोलीदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलीदेखि दसैं र तिहारका लागि साट्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट...

मन्त्री घिमिरेद्धारा योजना अनुगमनलाई निरन्तरता

विराटनगर, १० साउन–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले योजना अनुगमनलाई निरन्तरता दिएका छन् । उनले पहिलो चरणमा आफ्नो निर्वाचन क्षेत्र मोरङ ४ (ख) अन्र्तगतका योजनाहरुको अनुगमन गर्दै आएका छन् । आर्थिक वर्ष २०७६/०७७...

बीआइएममा नेपाल टप गर्ने आस्मा र उत्कृष्ट हुने सपनालाई हिमालय दर्शनको सम्मान

विराटनगर । त्रिभूवन विश्व विद्यालयले लिएको ब्याचलर इन इन्फरमेशन म्यानेजमेन्ट (बीआइएम) तेस्रो सेमेस्टरको परीक्षामा नेपाल टप गर्ने विराटनगरस्थित हिमालय दर्शन कलेजका छात्रा आस्मा तुलाधार र सपना झालाई सम्मान गरिएको छ । हिमालय कलेजले आइतबार विहान...

कर्तब्य ज्यान मुद्दामा माफि पाएका अभियुक्तबाट मारिए उर्लाबारीका कुशल, थप दुई जना फरार

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका ४ का २१ वर्षीय कुशल दाहालको हत्या आरोपमा प्रहरीले जनालाई पक्राउ गरेको छ । दाहालको हत्या आरोपमा मोरङ प्रहरीले उर्लाबारी– ५ का सुवास तामाङलाई बुधबार पक्राउ गरेको हो । पक्राउ...

गठबन्धन र प्रधानमन्त्रीका कारण न्यायलयमा समस्या:शंकर पोखरेल

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले न्यायलय भित्र अहिले देखिएको समस्या गठबन्धन दल र प्रधानमन्त्रीको गलत निर्णयका कारण भएको बताएका छन् । उनले यो विवादमा न्यायाधीशहरुको यपृष्ठभूमि, उनीहरु बीचको गुटवन्दी, अदालतभित्रको न्यायिक विकृति, पछिल्लो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्