‘कोभिसिल्ड’ खोप किन्‍न बाधा अड्काउ फुकाउन आदेश जारी

 न्यूज विराट
‘कोभिसिल्ड’ खोप किन्‍न बाधा अड्काउ फुकाउन आदेश जारी

सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ २० लाख मात्रा किन्नका लागि प्रक्रिया अगाडि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार गत १५ माघ, २९ माघ र यही ४ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकारले सोझै कोभिसिल्ड उत्पादक कम्पनीसँग २० लाख मात्रा खोप खरीद गर्न सक्ने गरी बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने निर्णय गरेको बताए ।

उनले खरीद गर्न सूचना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अतिरिक्ताङ्क गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको बताए । सरकारले सार्वजनिक खरिद ऐन २०६३ कार्यसम्पादन र पेश्की जमानत नराखी अग्रिम भुक्तानी गरी खरीद गर्ने व्यवस्था नरहेको हुँदा खोप खरीद गर्न बाधा अड्काउ परेको उनले जानकारी दिए ।

सरकारले बाधा अड्काउ फुकाउने निर्णय गर्दै सार्वजनिक खरिद ऐन २०६३ दफा ७४ (ख) ले दिएको अधिकार प्रयोग गरी स्वास्थ्य सेवा विभागले अहिलेको विशेष परिस्थितिलाई मध्यनजर राखी एक पटकका लागि कोभिसिल्ड खोप उत्पादक कम्पनीसँग खरीद गर्न थालेको हो ।

‘सार्वजनिक खरीद ऐन २०६३ को दफा ४१ को उपदफा (१)को खण्ड (घ ३) बमोजिम सोझै खरीद गर्ने प्रक्रिया अघि बढाइएकामा उक्त खोप उत्पादक कम्पनीले कार्यसम्पादन र पेश्की जमानत नराखी अग्रिम भुक्तानी भएका खोप आपूर्ति गर्नसक्ने सर्त निर्धारण गरेको तर ऐनमा कार्यसम्पादन र पेश्की जमानत नराखी अग्रिम भुक्तानी गरी खरीद गर्ने व्यवस्था नरहेको हुँदा खोप खरीद गर्न बाधा अड्काउ परेको हो’, उनले भने, ‘सोही ऐनको दफा ७४ ख ले दिएको अधिकार प्रयोग गरी स्वास्थ्य सेवा विभागले अलिहेको विशेष परिस्थितिलाई मध्यनजर राखी एक पटकका लागि कोभिसिल्ड खोप उत्पादक कम्पनीसँग वार्ताद्वारा खोप खरीद गर्न थालेको हो ।’

खोप कम्पनीले निर्धारण गरेको मूल्य र रकम भुक्तानीको सर्तबमोजिम खोप खरीद गरिने छ । खोप खरीदका लागि नेपाल राष्ट्र बैंकमार्फत भुक्तानी गरिनेछ । यसअघि भारत सरकारको सेरम इन्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाल सरकारलाई १० लाख मात्रा उपलब्ध गराएको थियो । अहिले पहिलो चरणको खोप अभियानको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप दिइँदैछ । अहिलेसम्म दुई लाख ६३ हजारलाई खोप दिइसकिएको छ ।

सम्बन्धित समाचार

झापामै रोकिए पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, १ जेठ-झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं आउने पास प्रशासनले रद्द गरेको छ । लकडाउनअघि नै झापा पुगेका पूर्वराजा ज्ञानेन्द्रले भोलि (शुक्रबार)  बिहान ८ बजे काठमाडौं आउनका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट पास लिएका...

डा. बाबुराम भट्टराईविरुद्धको जाहेरी पनि लिएन नेपाल प्रहरीले

काठमाडौं, १५ वैशाख-नेपाल प्रहरीले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईविरुद्धको साइबर अपराधसम्बन्धी जाहेरी दर्ता गर्न अस्वीकार गरिदिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संस्थाका युवा विद्यार्थी नेताहरूलाई डा....

विराटनगरमा मापसे गरेर दुर्घटना, खेलकुद महासङ्घको अधिवेशनमा आएका प्रतिनिधीको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका ५ बरगाछी अगाडी सवारी दुर्घटनामा परी नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनमा सहभागी एक जना प्रतिनिधिको मृत्यु भएको छ । आइतबार रातीदेखि चलेको बन्द सत्र स्थगित भएपछि होटेल फर्कने क्रममा आइतबार राती...

निर्माण व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सकियो

विराटनगर । नेपाल निर्माण व्यवसायी संघ मोरङले आयोजना गरेको दुई दिने निर्माण व्यवस्थापन सम्बन्धि दुई दिने तालिम समापन भएको छ । संघको सभाहलमा सोमबार उक्त तालिम सम्पन्न भएको हो ।दुई दिनसम्म संचालन भएको तालिममा मोरङ...

मेयर राजवंशीले गरे महोत्सवको अवलोकन, सुनवर्षीका कृषकको स्टल निरिक्षण

विराटनगर, २३ माघ । मोरङको सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले उर्लाबारी महोत्सवको अवलोकन गरेका छन् । मंगलबार महोत्सवस्थलमै पुगेर मेयर राजवंशीले अवलोकन गरेका हुन् । उनले सुनवर्षीका स्थानीय कृषक प्रदिप रायमाझिले महोत्सवमा राखिएको स्टलको समेत...

भोजपुरबाट धरान जाँदै गरेको ट्रकमा ब्राउन सुगर भेटियो

भोजपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि प्रहरीले दुवै चालकलाई नियन्त्रणमा लिएको हो । सदरमुकाम नजिकैको दुम्सिकास्थित को १ ख ६२३२ र ना ६ ख ७४७८ नम्बरको ट्रकमा...

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृता फेला परेका छन् । तीमध्ये एउटा बुढो र अर्को बच्चा छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैँडा बच्चा मृतावस्थामा...

लैंगिक हिंसाविरुद्धको अभियानमा विराटनगरमा वृहत र्याली

विराटनगर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले सोमबार वृहत ¥यालीको आयोजना गरेको छ ।विराटनगर महानगरपालिका परिसरबाट मेयर नागेश कोइरालाको नेतृत्वमा सुरु भएको ¥यालीले रेडक्रसचोक, जिल्ला प्रशासन चोक, शहीद रंगशाला, अस्पताल चोक, ठाकुरवाडी रोड...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्