अवहेलना मुद्दा : प्रधानमन्त्री ओलीले सर्वोच्चलाई बुझाए लिखित जवाफ

 न्यूज विराट
अवहेलना मुद्दा : प्रधानमन्त्री ओलीले सर्वोच्चलाई बुझाए लिखित जवाफ

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दाको लिखित जवाफ सर्वोच्चमा बुझाएका छन् । बिहीबार सर्वोच्च अदालत पुगेर प्रधानमन्त्री ओलीले अवहेलना मुद्दाको लिखित जवाफ बुझाएका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री आफैँ अदालतमा उपस्थित भएर लिखित जवाफ पेस गरेर अदालतप्रतिको उच्च सम्मान प्रकट गरेको बताए ।

अदालत परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै थापाले भने, ‘प्रधानमन्त्रीले लिखित जवाफ पठाएको भए पनि हुन्थ्यो । तर, प्रधानमन्त्री आफैँ उपस्थित भएर लिखित जवाफ पेस गरेर अदालतप्रतिको उच्च सम्मान प्रस्तुत गर्नु भएको छ ।’ प्रधानमन्त्री ओली लिखित जवाफ पेस गर्न बिहीबार बिहान ११ बजेर ४७ मिनेटमा सर्वोच्च पुगेका थिए ।  वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले गत १५ माघमा प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

प्रधानमन्त्री ओलीले कार्की व्याङ्केटमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल र अदालतमा भइरहेको बहसलाई तमासाको संज्ञा दिएपछि अदालतको अवहेलना मुद्दा दायर भएको थियो ।

सम्बन्धित समाचार

विराटनगरमा नयाँ महिला नेतृत्वको आशा : कला डाँगी विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ

विराटनगर । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशन मंगलबार उद्घाटन भएको छ । अधिवेशनलाई लिएर नेतृत्व चयनको दौडमा उम्मेदवारहरू घोषणा भइसकेका छन्। यसपटकको अधिवेशनमा विशेष चर्चा पाएकी छन् महिला उपसचिव पदकी उम्मेदवार कला डाँगी, जसको...

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घट्ने

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएसँगै डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य पनि घट्ने भएको छ । पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ । अब एक लिटर तेल १ सय ७९ रुपैयाँमा पाइने छ...

संविधान शंसोधन गरिएकोमा पुष्पलाल चोकमा दिप प्रज्वलन

विराटनगर, जेठ ३१–प्रतिनिधिसभाले निसान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुसीयाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि विराटनगरमा पनि खुशियाली...

रुससँग तनावका बीच नेटोले पूर्वी युरोपमा पठायो लडाकु विमान

एजेन्सी, १० माघ । रुसले युक्रेनको सिमानामा एक लाखभन्दा सेना जम्मा गरेपछि उत्पन्न विवादका बीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले पूर्वी युरोपका मुलुकमा लडाकु विमान र शिप परिचालन गरेको छ । रुसले युक्रेनमा आक्रमण...

भारतको बिहारमा चट्याङ लागेर ८३ जनाको मृत्यु

एजेन्सी, असार ११-भारतको बिहारमा चट्याङ पर्दा ८३ जनाको मृत्यु भएको छ । आपतकालीन व्यवस्था विभागले बिहीबारसाँझसम्ममा ८३ जनाको मृत्यु भएको जानकारी दिएको छ । भारतमा चट्याङ लागेर बर्सेनि सयौं मानिसले ज्यान गुमाउने गरेका छन् ।

एक हप्तापछि आयोगको निर्णयले ठूलो भूकम्प ल्याउँछ : आयुक्त थपलिया

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा स्पष्टीकरणले तरंगित भएको बताएका छन् ।निर्वाचन आयोगले विराटनगरमा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय सञ्चारमाध्यम सम्बन्धी अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचन आचारसंहिता...

वी.पीको मेलमिलाप नीति पार्टीभित्र प्रयोग गरौ : पराजुली

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले वी.पी.कोईरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताएका छन् । नेपाली कांग्रेस मोरङद्धारा सोमबार विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय...

विराटनगरमा ३६ करोड सामाजिक सुरक्षा भत्ता वितरण

विराटनगर, १५ साउन-विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा सामाजिक सुरक्षा भत्ताबापत ३५ करोड ७३ लाख ३८ हजार ९ सय रुपैयाँ वितरण गरेको छ । महानगरपालिकाले पहिलो चौमासिक भत्ताअन्तर्गत अशक्त ३ सय ७ जनालाई १९...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्