सपना मगरलाई ज्यान मार्ने धम्की दिने विनयजंग बस्नेत पक्राउ

 न्यूज विराट
सपना मगरलाई ज्यान मार्ने धम्की दिने विनयजंग बस्नेत पक्राउ

काठमाडौंमा बेवारिसे शव व्यवस्थापन गर्ने विनयजंग बस्नेत पक्राउ परेका छन् । बीबीसीको प्रतिभाशाली १०० महिलाको सूचीमा परेकी सपना रोका मगरलाई ज्यान मार्ने धम्की दिएको आरोपमा बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

बस्नेतलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरिएको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

बस्नेतविरुद्ध सपनाले अभद्र व्यवहार गरेको तथा ज्यान मार्ने धम्की दिएको भन्दै आइतबार आइतबार काठमाडौं महानगरीय प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् ।

बस्नेतले युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै सपनाका नग्न तस्वीर आफूसँग पेन ड्राइभमा सुरक्षित रहेको र कुनै बेला सार्वजनिक गरिदिने धम्की दिँदै आएका थिए ।

उजुरी दिएपछि सपनाले आइतबार नै गृहमन्त्री रामबहादुर थापालाई भेटी बस्नेतले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन आग्रह गरेकी हुन् ।

सपनाले आफ्नो गाली बेइज्जती गर्दै केही समयदेखि मानसिक यातना दिएको, चोरीको आरोप लगाएर केही समयदेखि मानसिक यातना दिएकाले बस्नेतमाथि कारबाही गर्न पनि सपनाले गृहमन्त्री थापासँग माग गरेकी थिइन् । सपनाले बस्नेतसँगै मिलेर बेवारिसे शव जलाउने काम गर्थिन् ।  सपना र बस्नेतबीच पछिल्लो समय भने सम्बन्धमा तिक्तता आएको थियो । बस्नेतसँग मिलेर शव जलाउने काम गर्ने सपना बीबीसीको १०० जना प्रतिभाशाली महिलाको सूचीमा समेत परेकी थिइन् ।

सम्बन्धित समाचार

प्रदेश २ मा पत्रकारसहित थप ४७ जनामा कोरोना संक्रमण

वीरगञ्ज, ३२ साउन-प्रदेश-२ मा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा पत्रकारसहित ४७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा ३७ पुरुष र १० जना महिला...

विराटनगरमा चैत २० गते सहकारीकर्मीको भेला हुने

विराटनगर । यस बर्षको राष्ट्रिय सहकारी दिवसको मूल कार्यक्रम बिराटनगर‌मा गर्ने तय भएको छ । चैत्र २० गते हुने उक्त कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा हुने भएको हो ।कार्यक्रमलाई भव्य बनाउन...

राज्यले खेलकुद क्षेत्रलाई उपेक्षा गरो : सदस्यसचिव वाग्ले

विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंसराज वाग्लेले सरकारले खेलकुदलाई प्राथमिकतामा राख्न नसक्दा यस क्षेत्रको सोचेजस्तो विकास हुन नसेको बताएका छन् ।विराटनगरमा कोसी प्रदेश बास्केटबल संघको प्रथम साधारण सभा उद्घाटन गर्दै...

विराट नर्सिङ होमका ४ स्वास्थ्यकर्मीमा कोरोना

विराटनगर, साउन १२-विराट नर्सिङ होमका थप चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । गत बुधबार अस्पताल सञ्चालकलाई संक्रमण पुष्टि भएको थियो । उनको सम्पर्कमा पुगेका ५८ जनाको पीसीआर परीक्षण गरिएकोमा चारजना स्वास्थ्यकर्मीमा कोरोना...

अटोमोबाइल र मेकानिकल इञ्जिनियरिङ सञ्चालन गर्दै सेना

काठमाडौं, चैत २–नेपाली सेनाले मुुलुकमा निर्माण हुने ठूला आयोजना र सङ्गठनलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर डिप्लोमा इन अटोमोबाइल र डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको छ । प्राविधिक...

इक्युवालिटि कप क्रिकेटको उपाधिकालागि मोरङ र सप्तरी भिड्ने, फाइनल विहिबार हुने

विराटनगर। नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको अन्तिम लिग खेलमा विजयी हुँदै मोरङ शिर्ष स्थानमा रहेको छ ।मोरङले सप्तरीलाई ७ विकेटले...

‘लक डाउन’ उल्लंघन र अनुमतिबिना बाँडेपछी सेनिटाइजर नियन्त्रणमा: मेयर राई

विराटनगर, चैत १५। मोरङको रतुवामाई नगरपालिकाका मेयर रवीन राईले सरकारले घोषणा गरेको लक डाउन उल्लंघन गरेकाले सेनिटाइजर नियन्त्रणमा लिएको स्पष्ट पारेका छन् । उनले उर्लाबारी नगरपालिका सम्मको मात्र पास ल्याएर रतुवामाई प्रवेश गर्न नपाउने दावी...

केएमसी अस्पतालको आइसोलेसनमा १ जनाको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

काठमाडौं, १० जेठ-काठमाडौं मेडिकल कलेज (केएमसी) को आइसोलेसनमा उपचाररत १ वृद्धको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार बुटवलका ति व्यक्तिको आज उपचारका क्रममा मृत्यु भएको हो। ३ दिनअघि अस्पताल भर्ना भएका करिब ६५/७० वर्षीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्