अदृश्य शक्तिको रुपमा सञ्चारकर्मीहरुले काम गरेका छन्ः प्रदेश प्रमुख अधिकारी

 न्यूज विराट
अदृश्य शक्तिको रुपमा सञ्चारकर्मीहरुले काम गरेका छन्ः प्रदेश प्रमुख अधिकारी

विराटनगर, ३ फागुन । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले समाज परिबर्तनमा सञ्चारकर्मीहरुले अदृश्य शक्तिको रुपमा कार्य गरेको बताएका छन् । नेपाल पत्रकार महासंघ १ नं प्रदेश समितिको दोस्रो अधिवेशनको विराटनगरमा उद्घाटन गर्दै उनले समाचारको सम्प्रेषणबाट राष्ट्र र समाजमा सुशासन एवं नैतिकता कायम गर्न ठूलो भूमिका निर्वाह गरेको विचार व्यक्त गरे ।

प्रदेश प्रमुख अधिकारीले पत्रकारहरुले आफ्नो कलम मार्फत दुर्गम र सीमान्तक्षेत्रका जनताको समस्या एवं भौतिकपूर्वाधार निर्माणमा भएको कमी कमजोरीलाई पहिल्याउनु पर्नेमा जोड दिए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न सञ्चारकर्मीहरुको ठूलो भूमिका रहने चर्चा जवाफदेहिताका साथ कार्य गरेमा मुलुकको समृद्धि कायम हुने विश्वास व्यक्त गरे ।

प्रदेश प्रमुख अधिकारीले मुलुकमा अहिले चलिरहेको राजनीतिक वहसले देश र जनताका हितका लागि सकारात्मक निकास पाउने विश्वास व्यक्त गर्दै राज्यबाट सञ्चारकर्मीहरुले सेवा सुविधा सहजताका साथ प्राप्त हुनुपर्नेमा जोड दिए ।

प्रदेश सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले महासंघ साझा संस्थाको रुपमा अगाडि वढनु पर्नेमा जोड दिदै पत्रकारहरुको वृत्ति विकास एवं स्वास्थ्य उपचारका लागि नवगठित प्रतिष्ठानले सहयोग गर्ने जानकारी दिए ।

महासंघका प्रदेश अध्यक्ष बिक्रम लुईटेलले महासघले साझा दष्टिकोणबाट अगाडि वढेमा गन्तव्यमा पुग्ने विश्वास व्यक्त गर्दै सुद्धिकरण अभियान अन्तर्गत निजामती कर्मचारी र निर्वाचित जनप्रतिनिधिलाई प्रदेश साधारण सदस्यताबाट हटाइएको जानकारी दि ए।

महासंघका केन्द्रीय सदस्यद्वय उद्धव तिमिसिना र सटेन्द जवेगुले सचेत नागरिकको रहेका सञ्चारकर्मीहरुले समाजमा रहेका विकृति र विसङ्गति हटाउन कार्य गर्नुपर्नेमा जोड दिदै पत्रकारहरुलाई सक्षम बनाउन तालीम र अभिमुखीकरणको व्यवस्या हुनुपर्ने बताए ।

प्रदेश उपाध्यक्ष सोम सुसेली,प्रेस संगठन नेपालका सत्ता पक्ष र प्रतिपक्षका प्रदेश इन्चार्जहरु गणेश पोखरेल र राजन केडि, नेपाल प्रेस यूनियन प्रदेश संयोजक लिलावल्लभ घिमिरे, महासंघका मोरङ र इलाम अध्यक्ष कमशः बन्धु पोखरेल र कोकिला ढकालले सङ्घीयताको उपलव्धीको रुपमा महासंघ प्रदेश समिति गठन भएको र प्रदेशमा महिला सञ्चारकर्मीहरुको अवस्था दयनिय रहेकोले अवश्यक सहयोगको व्यवस्था गर्नुपर्नेमा जोड दिए । प्रदेशमा एक हजार २०० सञ्चारकर्मीहरु महासंघमा आवद्ध रहेका छन् ।

सम्बन्धित समाचार

प्रदेश १ मा पीसीआर विधिबाट ३ सय ५५ नमुना परीक्षण

विराटनगर, ५ वैशाख-प्रदेश १ मा शुक्रबारसम्म पीसीआर विधिबाट ३ सय ५५ जनामा कोरोना भाइरस (कोभिड-१९) परीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार ६७ महिला र २ सय ८८ पुरुषको नमूना...

इटहरीमा कोरोना संक्रमितको संख्या १ सय १० पुग्यो

विराटनगर, ११ साउन–इटहरीमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या १ सय १० पुगेको छ । भदौ ७ गते गरिएको परिक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । इटहरी–६ का ४६...

चितवनमा प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार, महासंघको ध्यानाकर्षण

काठमाडौं, १५ वैशाख-नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा चितवनमा प्रहरीद्वारा पत्रकारलाई गरिएको दुर्व्यवहार, पक्राउ तथा पत्रकारका सवारी साधन र सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । समाचार संकलनका लागि आज बिहान चितवनको...

सामाजिक सञ्जालमा मुस्लिम समुदायविरुद्ध भ्रम फैल्याउनेलाई कारवाहीको माग

विराटनगर, जेठ ७–सामाजिक सञ्जालमा मुस्लिम समुदाय विरुद्ध अपमान जनक टिका टिप्पणी गर्ने माथि कारवाही गर्न मुस्लिम संगठन नेपालले सरकारसँग माग गरेको छ । केही समययता सामाजिक सञ्जालमा सिंगो मुल्लिम समुदायका विरुद्धमा भ्रम छर्दै धर्म विषेशलाई...

औषधी व्यवस्था विभाग विराटनगरमा हेल्प डेक्स संचालन

विराटनगर, ७ असोज-नेपाल औषधी व्यवस्था विभाग विराटनगर शाखा कार्यालयमा सेवाग्राहीलाई छिटो र छरितो तरिकाले सेवा लिन सहजता प्रदान गर्ने उद्देश्यले हेल्प डेक्स संचालनमा आएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङ, झापा र सुनसरीले संयुक्त...

‘डीभी लोटरी २०२१’ को नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्

एजेन्सी, जेठ २५-सन् २०२१ को डीभी लोटरीको नतिजा सार्वजनिक भएको छ । न्युयोर्कको स्थानीय समयअनुसार दिउँसो १२ बजेदेखि डीभी लोटरीको नतिजा चेक गर्न सकिनेछ । गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी भरेकाहरुले २०२१...

कांग्रेस अधिवेशनका लागि तीन दिन विद्यालय बन्द गर्न मेयरको उर्दी

बैतडी, मंसिर १ । नेपाली कांग्रेस बैतडीको जिल्ला अधिवेशनका लागि भन्दै दशरथचन्द नगरपालिकाले तीन दिन विद्यालय बन्द निर्देशन दिएको छ । जिल्ला सदरमुकाम आसपासमा रहेका ४ विद्यालयलाई बुधबार पत्राचार गर्दै तीन दिनलाई विद्यालय बन्द गर्न नगरपालिकाले...

देउवाले उठाए सीमासम्बन्धी मुद्दा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारतबीचको सीमा समस्याका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको बताएका छन् । दिल्लीस्थित हैदराबाद हाउसमा दुवै समकक्षीहरूले संयुक्तरूपमा गरेको प्रेस सम्मेलनका क्रममा देउवाले यस्तो बताएका हुन् । ‘हामीले दुई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्