कुटानी पिसानी मिल व्यवसायी संघको छैठौँ वार्षिक साधारणसभा सम्पन्न

 न्यूज विराट
कुटानी पिसानी मिल व्यवसायी संघको छैठौँ वार्षिक साधारणसभा सम्पन्न

विराटनगर, १ फागुन । मोरङ साना घरेलु कुटानी पिसानी मिल व्यवसायी संघको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार शुन्दरहरैँचा नगरपालिका–१० स्थित सामुदायीक वन उपभोक्त समितिको सभाहलमा संघको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले गरेका थिए । साधारण सभाको अवसरमा शुभकामना दिँदै अध्यक्ष निरौलाले मोरङ साना घरेलु कुटानी पिसानी मिल व्यवसायी संघमा आवद्ध सम्पूर्ण व्यवसायीहरुलाई संस्थागतरुपमा निर्णय गरेर आफ्नो क्षेत्रमा रहेका कठिनाई र समस्याहरुलाई महासंघमा लिएर आउन आग्रह गर्दै महासंघले व्यवसायीहरुको आवाज सम्बन्धीत निकायसम्म पुर्याउन सहयोग गर्ने बताए ।

उनले महासंघले घरेलु तथा साना उद्योगीका समस्या समाधानका लागि नेतृत्वदायी भूमिका निभाउँदै आएकाले साना घरेलु कुटानी पिसानी मिल व्यवसायीको हक हित र समस्या समाधानका लागि महासंघ जहिल्यै उभिने प्रतिवद्धता जनाए । अध्यक्ष निरौलाले मोरङ साना घरेलु कुटानी पिसानी मिल व्यवसायी संघका हरेक गतिविधिमा महासंघको साथ रहने समेत बताए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका महासचिव एकराज ढकालले साधारणसभाको अवसरमा शुभकामना व्यक्त गर्दै जिललाभर रहेका सम्पूर्ण साना घरेलु कुटानी पिसानी मिल व्यवसायीहरु संगठित हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा मोरङ साना घरेलु कुटानी पिसानी मिल व्यवसायी संघका अध्यक्ष नगेन्द्रप्रसाद आचार्यले स्मार्ट विद्युत मिटर जडान कार्यले साना घरेलु कुटानी पिसानी मिल व्यवसायीलाई समस्यामा पारेको गुनासो गरे । उनले नवीकरण अवधी समाप्त भएका उद्योगहरुको घरेलु तथा साना उद्योग कार्यालयले नवीकरण नगरिदिने, कुटानी पिसानी उद्यमीहरुले उद्योग दर्ता नगरि सिंगल फेसले घरमै प्रयोग गरिने विद्युतले उद्यम सञ्चालन गरिरहेका कारणले संघमा सदस्य नबन्ने समस्या रहेको गुनासो गरे । अध्यक्ष आचार्यले कुटानी पिसानी उद्योगहरु दर्ता प्रकृयामा नआएकाले लागत मुल्य कम हुनेकारण कम मुल्यमा कुटानी पिसानी गर्दै आउनुपरेको समेत बताए ।

उनले सरकारले प्रत्येक वर्ष उद्यमीहरुको क्षमता अभिबृद्धिका लागि बजेट बिनियोजन गर्दै आएको बताउँदै मोरङ जिल्लामा चालु आर्थिक वर्षका लागि ६० लाख रुपैयाँ बजेट बिनियोजन गरेको भएपनि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले उक्त बजेट कटौती गरेपछि उद्यामीहरु लाभ लिनबाट बञ्चित हुनुपरेको गुनासो गरे ।

साधारण सभामा अध्यक्ष आचार्यले संघको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघमा जिल्लाभरीका २ सय २४ जना उद्यमीहरु आवद्ध रहेको जनाइएको छ । साना घरेलु कुटानी पिसानी मिल व्यवसायीहरु छाता संस्थाको रुपमा रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङमा समेत आवद्ध भई मोरङ साना घरेलु कुटानी पिसानी मिल व्यवसायी संघ मार्फत महासंघसँग जनिक भएर गतिविधि सञ्चालन गर्दै आएका छन् ।

सम्बन्धित समाचार

मिस कोशीको फाइनल शनिबार, कसको शिरमा पहिरेला ताज ?

विराटनगर । सातौँ संस्करणको मिस कोशी प्रतियोगिताको फाइनलमा शनिबार साझबाट सुरू हुने भएको छ । सुनसरीको इटहरीस्थित लायन्स क्लबको भवनमा साझ साढे पाँच बजेबाट प्रतियोगिता सुरू हुने भएको हो । मिस कोशीको फाइनलमा २६ जना...

विराटनगरमा रुबी इन्टरप्राइजेजले ठगि गरेको आरोप

विराटनगर भृकुटी चोकमा सञ्चालित रुबी इन्टरप्राइजेजले बिजुलीको आपूर्तीबाट सञ्चालन हुने समानहरू तथा घरायसी प्रयोगका विभिन्न सामानमा शंकास्पद कारोबार गरिरहेको स्थानीयले आरोप लगाएका छन् । सामानको रकम दिएको १८ दिनमा ५० प्रतिशत छुटमा विभिन्न सामान उपलब्ध...

प्रचण्डसँगको भेटमा विष्णु पौडेलले भने : परिस्थिति धेरै गम्भीर छ

काठमाडौं, ५ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र महासचिव विष्णु पौडेलबीच छलफल भएको छ । केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा भएको प्रचण्डसँगको छलफलमा महासचिव पौडेलले पार्टीको वर्तमान परिस्थिति धेरै गम्भीर रहेको बताए ।...

प्रहरी निरीक्षकद्धय बबिन्द्र नेम्बाङ र अर्जुन अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित

विराटनगर, ७ भदौ । प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङमा कार्यरत प्रहरी निरीक्षक अर्जुन कुमार अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी...

सप्तरीमा द्रुत परीक्षण सुरु, ३८ जनाको नेगेटिभ

सप्तरी, १ बैशाख-सप्तरीमा कोरोनाभाइरस जाँचका लागि ‘¥यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी) विधिबाट द्रुत परीक्षण सुरु भएको छ । क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’ मा जचाउँन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर सो विधिबाट परीक्षण सुरु गरेको जिल्ला...

विराटनगरमा एक महिलाको शव भेटियो

विराटनगर । विराटनगर – १२ स्थित पाञ्चालिमा एक महिलाको शव फेला परेको छ । महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्टि ३५– ४० वर्षको जस्तो देखिने महिलाको शव खुल्ला चौरमा फेला परेको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय...

युएनडीपीद्धारा कोशी अस्पतालाई सरसफाइ सामाग्री वितरण

विराटनगर । युएनडीपीद्धारा विराटनगरस्थित कोशी अस्पताललाई सरसफाइ गर्ने उपकरणहरु हस्तान्तरण गरेको छ । अस्पतालमा एक कार्यक्रम आयोजना गरी १० लाख ८४ हजार ८ सय ३८ मुल्य बरावरको सरसफाइ सामाग्री हस्तान्तरण गरिएको हो ।युएनडीपका प्रोग्राम कोडिनेटर...

कोशीमा माओवादी तीन मन्त्रीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरुले मुख्यमन्त्री केदार कार्कीलाई आज दिउँसो भेटेर राजीनामा दिएका हुन् । कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्