सुनसरीको भोक्राहा गाउँपालिकामा बीउ उत्पादन तथा भण्डारण केन्द्र निर्माण हुने

 न्यूज विराट
सुनसरीको भोक्राहा गाउँपालिकामा बीउ उत्पादन तथा भण्डारण केन्द्र निर्माण हुने

विराटनगर, ३० माघ । सुनसरीको भोक्राहा गाउँपालिकाको वडा नम्बर २ मा बीउ उत्पादन तथा भण्डारण केन्द्र निर्माण हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भोक्राहामा बन्न लागेको बीउ स्रोत केन्द्र (कृषि बिकास) को औपचारिक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।

जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपाल राजभण्डारीले बीउ स्रोत केन्द्र भवनको शिलान्यास गरेका छन् । उक्त भवन ६१ लाख ९ सय ८२ रुपैंया लागतमा निर्माण गर्न लागिएको हो ।

स्थानीयको लागत सहभागितामा निर्माण गर्न लागिएको बीउ केन्द्रको स्थापना किसानको हकमा लाभकारी हुने बताइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुनसरीका कार्यक्रम संयोजक दिपेन्द्र पोखरेलका अनुसार बीउ स्रोत केन्द्रले स्थानीय किसानको उत्पादन खरीद गरी उन्न्नत बीउ उत्पादन गर्र्ने छ ।

भण्डारण गरिएको किसानको उत्पादनलाई ग्रेडिङ पश्चात उन्नत जातको बीउ बिजनका रुपमा तयार पारी सहज बिक्रि वितरण गर्ने योजना अनुरुप संरचना निर्माण थालिएको पोखरेलले बताए ।

उत्पादनको हिसाबले उर्वर र किसानको बाक्लो बसोबास रहेको क्षेत्रलाई लक्षित गरी भोक्राहामा पूर्वाधार निर्माण थालिएको परियोजना कार्यालय सुनसरीले जनाएको छ । बन्न लागेको संरचनाको लागि गाउँपालिकाले थप सहयोग उपलब्ध गराउने जनाएको छ ।

सम्बन्धित समाचार

छोरा पक्राउ परेपछि शाहरुख खानको ६ अर्ब जोखिममा

मुम्बई, कात्तिक १ । छोरा आर्यन खान ड्रग्स पार्टी गरेको आरोपमा पक्राउ परेपछि यतिबेला किङ खानका नामले परिचित भारतीय अभिनेता शाहरुख खान तनाबमा फसेका छन् । छोरा हालसम्म हिरासत मै छन भने यता ड्रग्सका कारण विज्ञापन...

‘लकडाउन’का बेला आलु र प्याजको कालोबजारी गर्ने ३ जना पक्राउ

‘लकडाउन’को मौकाछोपी आलु र प्याजको कालोबजारी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम ४ बस्ने प्रदीप अग्रवाल, अंकित साह र विकाश कुमार साह रहेका छन् । बजार अनुगमनको क्रममा विभिन्न चोकमा...

विराटनगर महानगरले गर्यो लकडाउनको घोषणा

विराटनगर, साउन १६–समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिका क्षेत्रभित्र १४ दिनका लागि लकडाउन घोषणा गरिएको छ । शुक्रबार बसेको महानगरको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी १४ दिनसम्मका लागि लकडाउन घोषणा गरेको हो...

त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने

काठमाडौं, १९ कात्तिक-त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ...

नीति निमार्ण अपाङगता मैत्री बनाउनुपर्नेमा जोड

विराटनगर । राज्यले बनाउने नीति निमार्ण प्रक्रिया अर्थपुर्ण, सहभागितात्मक र जनमुखी बनाउन अपाङगता भएका व्यक्तिहरुलाई पनि समावेश गराउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेत्रहीन युवा संघ मोरङले विराटनगरमा सोमबार आयोजना गरेको राजनैतिकमा अपाङगता भएका व्यक्तिहरूको...

एमालेको अवरोधकाबीच विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं, २९ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच संसदबाट विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । एमालेको नाराबाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसदबाट बहुमतले...

म्यान्मारमा पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ६२ पुग्यो

एजेन्सी, असार १९-म्यानमारको काचिन राज्यको पाकन्ट क्षेत्रमा रहेको एक खानीमा बिहीबार बिहान आएको पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या १ सय ६२ पुगेको छ । म्यानमारको सूचना मन्त्रालयले दिएको जानकारीअनुसार कचिन राज्यको पाकन्ट क्षेत्रस्थित बहुमूल्य...

‘प्राकृतिक भन्दा मानवीय कारणले विपद्को जोखिम बढ्दो’

विराटनगर,८ असार । प्राकृतिकले भन्दा मानवीय कारणले मुलुकमा विपद्को जोखिम वृद्धि भैरहेकोले यसतर्फ सबैले ध्यान दिनु पर्ने सहभागीहरुले सुझाव दिनु भएको छ। उहाँहरुले विपद कोष रकमलाई रोकथामका लागि प्रयोग गर्नुपर्ने धारणा राख्नु भयो । गृह...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्