रामचन्द्र पौडेलले भने- झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पार्‍यो

 न्यूज विराट
रामचन्द्र पौडेलले भने- झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पार्‍यो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको आरोप लगाएका छन् ।

बिहीबार नेकपाकी नेतृ झाँक्रीलाई प्रहरीले गिरफ्तार गरेपछि वरिष्ठ नेता पौडेलले सरकारले अधिनायकवादी चरित्र उदाङ्गो पारेको आरोप लगाएका हुन् । उनले संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप गरेर झाँक्रीलाई पक्राउ गरिएको पनि बताए ।

‘संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप गर्दै सरकारले झाँक्रीलाई पक्राउ गरेको छ । हामीले ल्याएको लोकतन्त्र बोल्नै नपाउने भन्ने होइन, ‘ उनले भनेका छन् ।

नेता पौडेलले नेतृ झाँक्रीलाई विना सर्त रिहा गर्न पनि माग गरेका छन् । ‘झाँक्रीलाई पक्राउ गरिएको घटनाको म र मेरो पार्टी नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ । साथै झाँक्रीलाई विना सर्त रिहा गर्न पनि माग गर्दछु, ‘ उनले भनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा प्रहरीले नेतृ झाँक्रीलाई बिहीबार शंखमुलस्थित निवासबाटै पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । शनिबार थप एक नयाँ संक्रमितको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार एक ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्रै १४ जना नयाँ संक्रमित...

थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ४४ पुग्यो

काठमाडौं, ८ जेठ-नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ...

नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत निर्वाचित

विराटनगर । नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पर्शुराम बस्नेत (कृष्ण) निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न भएको महाधिवेशनबाट बस्नेत अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । महासंघको पदाधिकारीहरू भने टुंगो लागेको छैन । अध्यक्ष...

वीरगञ्जमा ८ चिकित्सकसहित २८ जनामा कोरोना संक्रमण

काठमाडौं, १६ साउन-वीरगञ्जमा २८ जना स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मापदण्डको पालना नगरेकाले स्वास्थ्यकर्मीमा संक्रमण देखिएको बताए । उनका अनुसार ८ चिकित्सक, ६...

५५ दिनपछि यसरी जुर्यो केपी–माधवको भेटबार्ता

काठमाडौं, असार २३ । सत्तारुढ एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ५५ दिनपछि प्रत्यक्ष भेटवार्ता भएको छ । ओली र नेपालबीच आज साँझ नक्सालस्थित मेरियट होटलमा प्रत्यक्ष भेटबार्ता भएको हो...

विराटनगरमा राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

विराटनगर, माघ २३–‘समृद्धिका लागि एकीकृत जैविक स्रोत’ भन्ने मूल नाराका साथ विराटनगरमा बिहीबारदेखि राष्ट्रिय वैज्ञानिक सम्मेलन सुुरु भएको छ । दुुई दिनसम्म चल्ने सो सम्मेलनमा नेपाल, भारत तथा बंगलादेशका ३ सयभन्दा बढी जीव वैज्ञानिक तथा...

देशभरको जनजीवन शान्त र ठप्प

सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रणका लागि सुरु गरेको (लकडाउन) को सर्वसाधारणले खुलेर स्वागत र समर्थन गरेका छन् । लकडाउनको पहिलो दिन मङ्गलबार मुलुकभरको जनजीवन शान्त र ठप्प बनेको छ । गृह मन्त्रालयका अनुसार काठमाडौंँ...

नेकपाको विवादबारे घनश्याम भुसालका ३ सुझाव

काठमाडौं, १७ वैशाख-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादबारे कृषिमन्त्री एवं पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसालले मुख खोलेका छन् । उनले अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउने भन्दै पार्टीको एकता बचाउन, लोकतन्त्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्