बेलायतमा मंगलबार कोरोनाबाट एक हजारभन्दा बढीको मृत्यु

 न्यूज विराट
बेलायतमा मंगलबार कोरोनाबाट एक हजारभन्दा बढीको मृत्यु

बेलायतमा केही महिना अघिदेखि सुरु भएको कोरोना भइरसको दोस्रो लहर तथा पछिल्ला केही हप्तामा देखिएको कोरोनाको नयाँ स्वरूपको भाइरसपछि मृत्यु हुनेको संख्या बढेको छ ।

यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या करिब सात माहिना पछिकै धेरै देखिन थालेको यहाँको सरकारी तथ्यांकले देखाएको छ । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गएको २४ घन्टामा थप १ हजार ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख १३ हजार ८५० जना पुगेको पनि बताइएको छ । यहाँ अहिले पनि संक्रमणको संख्या बढिरहेका समाचार आइरहेका छन् । मृतक तथा कोरोना संक्रमितको संख्या पहिलेका तुलनामा केही कमी देखिएको भए पनि उल्लेखनीय रूपमा कमी आउन भने सकेको छैन ।

यहाँ नयाँ स्वरूपको भाइरसको संक्रमण सुरु भएको केही हप्ताअघिको तुलनामा संक्रमित संख्या कम देखिए पनि उल्लेख्य रुपमा कमी आउन भने सकेको छैन । यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीले दिएको जानकारीअनुसार गएको २४ घन्टामा १२ हजार ३६४ जना संक्रमित थपिएका छन् ।

यहाँको सरकारी तथ्यांकमा उल्लेख भएअनुसार योसँगै बेलायतमा यो भाइरसबाट संक्रमित हुनेको संख्या ३९ लाख ७२ हजार १४८ जना रहेको छ । यसैगरी बेलायतबाट प्राप्त भएको अर्को एक समाचारमा बेलातमा मंगलबारसम्मको तथ्यांकमा यहाँका १ करोड २० लाखभन्दा बढी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ ।

सम्बन्धित समाचार

आजदेखि सोह्र श्राद्ध सुरु, यस्ताे छ धार्मिक महत्व

काठमाडौं, ५ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका...

पोखरामा ४ हजार बढी विपन्नलाई निःशुल्क खाना

पोखरा, ११ वैशाख-लकडाउनका कारण आर्थिक संकटमा परेर खाना खान नपाएकालाई पोखराका युवाले निःशुल्क खाना खुवाने अभियान चलाएका छन् ।पौरखी स्वयम् सेवक समूह बनाएर युवाले खान नपाएका विपन्नलाई खाना पकाएर घरसम्म नै निःशुल्क पुर्‍याइदिने अभियान चलाएका...

१ सय २२ चिनियाँ नागरिक पक्राउ

काठमाडौं, पुस ७–प्रहरीले सोमबार गैरकानुनी रुपमा काठमाडौंमा बसेर विभिन्न आपराधिक गतिविभिका संलग्न १ सय २२ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । यसरी अवैध रुपमा बसेर आपराधिक गतिविधिका संलग्न गर्नेहरुमा चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको...

पाँच दलीय गठबन्धनलाई एमाले काफी छ: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैको बैशाखी टेकेर चुनाव नलड्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनका लागि एमाले एक्लै काफी रहेको बताए । ‘पाँच...

प्रदेश १ का ८ जिल्ला कोरोना मुक्त

विराटनगर, असार १२-प्रदेश नं. १ मा शुक्रबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार मोरङको विराटनगरका १ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।...

मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

धनुषा, १० कात्तिक-बडा दसैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदै छ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन...

इटहरीमा कोरोना संक्रमितको संख्या १ सय १० पुग्यो

विराटनगर, ११ साउन–इटहरीमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या १ सय १० पुगेको छ । भदौ ७ गते गरिएको परिक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । इटहरी–६ का ४६...

कोशी प्रदेश टी– १० क्रिकेट : विराटनगर स्पोर्टिङको लागातार तीन जित

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर स्पोर्टिङ क्बलले लगातार तीन जित निकाल्दै ६ अंक जोडेको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बिहीबार भएको एलिट क्रिकेट क्लबसँग ६३...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्