मुसहर समुदाय माथिको विभेद अन्त्य गर्न माग

 न्यूज विराट
मुसहर समुदाय माथिको विभेद अन्त्य गर्न माग

विराटनगर, २४ माघ । जिल्ला भेलाको आयोजना गरी सुनसरीका मुसहर समुदायले आफुहरु माथिको विभेद अन्त्यको माग गरेका छन् । सुनसरीको इनरुवा जिल्ला भेलाको आयोजना गरेको मुसहर समुदायले आफुहरु माथिको असमानताको खाडल पुरिनु पर्ने बताउँदै अधिकार सुनिश्चित हुनु पर्ने माग गरेका हुन् ।

नेपाल राष्ट्रिय मुसहर संघ जिल्ला तदर्थ समिति सुनसरीले आयोजना गरेको भेलालाई केन्द्रिय महासचिव रामेश्वर सदाय सहित जिल्ला अध्यक्ष छुतरु ऋषिमुसहर लगायतका वक्ताले सम्बोधन गरेका थिए ।

वक्ताहरुले राज्यले आफुहरुको जातीको लागि यथेष्ट अधिकारको बन्दोवस्ती मिलाएको बताउने गरेपनि आफुहरुले भने त्यसको अनुभूति गर्न नपाएको गुनासो पोखे । उक्त कार्यक्रमको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले उद्घाटन गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख मेहताले सबै जातजातिको हक र अधिकार प्रत्याभूतिको सवालमा नगरपालिकाको कार्यालय कटिवद्ध रहेको बताए । मेहताले मुसहर समुदायका बालबालिकाको शिक्षामा सहज पहुँच सँगै युवा जनशक्तिलाई स्थानीय स्तरमा रोजगारीको ग्यारेण्टी गर्ने गरी योजना अघि सारिएको जानकारी दिए ।

जिल्ला भेलामा मुसहर समुदायले शिक्षा, स्वास्थ्य सँगै रोजगारीमा समान पहुँचको माग गरेको थियो । कार्यक्रममा विभिन्न जिल्लामा रहेको मुसहर समुदायको समिति आवद्ध अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

नेपालमै कोरोनाको औषधि बनाइएको डा. दासको दाबी

हेटाैँडा, १७ वैशाख-कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवर्द्धक जडीबुटीको...

पूर्वावश्यक पाठ्यक्रमको परीक्षा पुस पाँचदेखि हुने

काठमाडौं, २७ मंसिर । पूर्वावश्यक पाठ्यक्रमको परीक्षाको परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षा आगामी पुस पाँच गतेबाट १० गतेसम्म गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरेको हो । प्राविधिक शिक्षा...

माओवादी केन्द्र बुढीगंगाको अध्यक्षमा योगेन्द्र पौडेल

विराटनगर । नेकपा माओवादी केन्द्र बुढीगंगा गाउँपालिकाको अध्यक्षमा योगेन्द्र पौडेल निर्वाचित भएका छन् । मोरङको बुढीगंगा गाउँपालिकामा बुधबार भएको माओवादी केन्द्र बुढीगंगाको दोस्रो अधिवेशनबाट पौडेल निर्विरोध निर्वाचित भएका हुन् ।उपाध्यक्षमा रुपेश भट्टराई, सवरलाल मोदी, कमला...

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, पाँच जनाको मृत्यु

विराटनगर । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुदूधकुण्ड गाउँपालिकाको लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड गाउँपालिका...

२४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु

काठमाडौं, ६ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणबाट ६ वर्षीया बालिकासहित ९ जनाको निधन भएको छ । शुक्रबार एकै दिन ११ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो । शनिबारको कोभिड-१९ सम्बन्धी नियमित...

दक्ष जनशक्ति अभावले सुरक्षित गर्भपतन सेवा बन्द

बैतडी, २५ असोज - दक्ष जनशक्ति नहुँदा बैतडीमा गएको दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ । जिल्लाका २४ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेकोमा दुई वर्षदेखि १५ स्थानमा सेवा बन्द रहेको हो...

बाबुराम–हिसिलालाई कोरोना

काठमाडौं, ८ कात्तिक-जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाबको परीक्षणमा आफूहरुलाई कोरोना पोजिटिभ देखिएको भट्टराईले जानकारी दिए ।...

कटहरीका सामुदायिक विद्यालयलाई प्रविधीसँग जोड्दै पालिका

विराटनगर । मोरङको कटहरी गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालयहरूलाई प्रविधमैत्री बनाएर शिक्षण सिकाइ उपलब्धीमूलक बनाउन गाउँपालिका लागि परेको छ । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन गाउँपालिका भित्र रहेको १९ वटा सामुदायिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्