संसद विघटनविरुद्धको आन्दोलनलाई व्यापक बनाउन कांग्रेसको अपिल

 न्यूज विराट
संसद विघटनविरुद्धको आन्दोलनलाई व्यापक बनाउन कांग्रेसको अपिल

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथका विषयमा थप गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रमहरूमा व्यापकताका लागि सबैलाई अपिल गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत संवैधानिक परिषद्सम्बन्धी संविधानमा व्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले शुरु देखिनै कुल्चिँदै आएको टिप्पणी गर्दै त्यसविरुद्ध पार्टी संस्थागत निर्णयका साथ प्रष्ट रुपले विरुद्धमा उभिएको स्पष्ट पारेका छन् ।

‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो शपथ ग्रहण संविधानको मर्मविपरीतको कर्म गर्ने प्रवृत्तिविरुद्ध हाम्रो सङ्घर्ष जारी छ, जारी रहनेछ’, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले संसद् विघटनविरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने उल्लेख गर्दै जनताले दुःख पाउने गरी बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न आफू दृढ रहेकोसमेत जनाएको छ । साथै कांग्रेसले विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई पनि सो अपिल गरेको छ ।

वर्तमान सरकार बनेपछि जनविरोधी कदमहरू र प्रवृत्तिविरुद्ध कांग्रेस संसद् र सडक दुवै ठाउँमा शालिन ढङ्गले प्रस्तुत हुँदै आएको उल्लेख गर्दै उनले अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम आयोजना नगरेको बताएका छन् । प्रतिनिधिसभा विघटन लगत्तै कांग्रेसले आयोजना गरेको सर्वदलीय बैठकबाट निर्मित साझा धारणाको पक्षमा आन्दोलनका अलग–अलग कार्यक्रममार्फत व्यापक जनमत प्रकट भइरहेको पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेसले संसद् विघट्नविरुद्ध गत १३ पुस, २५ पुस, यही ३ माघ, ८ माघ र १९ माघमा विभिन्न तहमा पार्टी र भ्रातृ संस्थाहरूबाट व्यापक सहभागिता साथ प्रदर्शन सम्पन्न गरिसकेको छ । साथै भोलि २४ माघमा शुभेच्छुक संस्थाहरूको प्रदर्शनपश्चात् आगामी ३ फागुनमा ७७ जिल्लामै कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ सशक्त प्रदर्शनको कार्यक्रम पूर्वनिर्धारित रहेको प्रवक्ता शर्माले जनाएका छन् ।

सम्बन्धित समाचार

कैलालीको भजनी नाकाबाट ५ जना प्रहरीलाई छलेर नेपाल भित्रिए

धनगढी, १३ वैशाख-कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउन र सिमासिलकाबीच पनि भारतबाट सुदूरपश्चिमका विभिन्न नाकाबाट लुकी छिपी नेपाल आउनेक्रम रोकिएको छैन । सशस्त्र प्रहरीलाई छल्दै मध्यरातमा कैलालीको भजनीनाकाबाट ५ जना नेपाली नेपाल प्रवेश गरेका...

ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु १२ जना घाइते

विराटनगर, २९ कात्तिक । ओखलढुङगामा बोरोले दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । ओखलढुङगाको सुनकोशी गाउँपालिका–९ बुलडाँडामा सोमबार बिहान दुर्घटना हुँदा सद्धिचरण नगरपालिका–१० की ३५ बर्षीया मिठुमाया मगर,...

सरकारविरुद्ध आन्दोलन गर्ने व्यवसायीको चेतावनी

काठमाडौं, २४ असार-कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित उद्योगी व्यवसायीका लागि सरकारले राहत प्याकेज नल्याएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोना भाइरस (कोभिड–...

विराटनगरमा कराँते प्रतियोगिता हुँदै, भारत र नेपालका ९ टिमको सहभागि रहने

विराटनगर । वैशाख अन्तिम साताबाट विराटनगरमा खुल्ला कराँतै प्रतियोगिता हुने भएको छ । वैशाख २२ र २३ गते हुने उक्त प्रतियोगिता विराटनगरस्थित कभड हलमा हुने भएको हो । विराट कराते क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालका...

पत्रकार महासंघको कार्यकाल ६ महिना थप

काठमाडौं, ३ भदौ-नेपाल पत्रकार महासंघको कार्यकाल ६ महिना थप गरिएको छ । जुम वेविनारबाट आज सम्पन्न महासंघको राष्ट्रिय भेलाले केन्द्रीय समितिको ३ वर्षे कार्यकाल यही ५ भदौमा समाप्त हुन लागेको सन्दर्भमा कोरोना महामारीको जोखिममा तत्काल...

विराटनगरमा ४ सहित प्रदेश १ मा २९ जनामा कोरोना संक्रमण

विराटनगर, २८ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास...

प्रदेश १ मा आज ८६ संक्रमित थपिए, संक्रमितको संख्या १९०७ पुग्यो

विराटनगर, ३१ साउन–प्रदेश १ मा आज ८६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, सुनसरीमा १९, ते¥हथुम, ओखलढुङ्गा र उदयपुरमा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १९ महिला...

प्रचण्डसँग कुरा गर्न बिहानै खुमलटार पुगे माधव नेपाल

काठमाडौं, २६ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्डसँग भेटवार्ताका लागि नेपाल बुधबार बिहान खुमलटारस्थित दाहाल निवास पुगेका हुन् । भेटमा एमसीसी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्