युवालाई रोजगार बनाउन उद्योग संगठनले सञ्चालनमा ल्यायो ‘कर्मशिल डट कम’

 न्यूज विराट
युवालाई रोजगार बनाउन उद्योग संगठनले सञ्चालनमा ल्यायो ‘कर्मशिल डट कम’

विराटनगर, २१ माघ । वेरोजगार युवायुवतीलाई रोजगार उपलव्ध गराउन आजदेखि कर्मशिल डट कम (karmashil.com)अनलाईन पोर्टल सञ्चालनमा आएको छ । उद्योग संगठन मोरङ र इन्स्योर परियोजनाद्वारा संयुक्त रुपमा संचालित पोर्टलले प्रदेश १ का उद्यमी व्यवसायीहरुलाई आवश्यक पर्ने जनशक्ती सहज एवम् सरल रुपमा उपलव्ध गराउने विश्वास गरिएको छ ।

प्रदेश नं १ का प्रमुख सचिव दिनेश भट्टराईले पोर्टलको शुभारम्भ गर्दै दक्षजनशक्तिको अभावको कारण उद्योगको उत्पादनमा परेको असरलाई यसले समाधान गर्ने विश्वास व्यक्त गरे । उनले उद्योगीहरुलाई आफ्नो उद्योगमा प्रशिक्षार्थीहरुलाई तालीम दिएमा लाग्ने खर्च उद्योग ऐन–२०७७ अनुसार उद्योगको खर्चमा समावेश गरी आयकर कट्टा हुने हुनाले यसलाई उपयोग गर्न आग्रह गरे ।

इन्स्योरका टीम प्रमुख सुभाष सुवेदीले काम खोज्ने र लगाउनहरुको माध्यमको रुपमा पोर्टलले कार्य गर्नुका साथै शिक्षालाई उद्योगसँग जोड्ने बताए । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे,उपाध्यक्ष एवं रोजगारदाता राजेश सुराना जफन्टका प्रदेश प्रमुख किशोर धमला लगायतले युवायुवतीलाई यस क्षेत्रका उद्योगहरुलाई आवश्यक पर्ने जनशक्ति अनुरुपको व्यवसायिकका साथै प्रयोगात्मक तालीमको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

कोरोना संक्रमित १३ जनाले खुला चौरमा रात बिताए

सुर्खेत, १९ जेठ-सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कोरोना संक्रमित खुला चौरमा रात बिताएका छन् । नगरपालिका भित्रका २५ जना संक्रमितमध्ये १३ जनाले खुल्ला चौरमा त्रिपाल टागेर रात बिताएका हुन् । २५ जनामध्ये १२ सल्यानलाई अस्पताल लगिए...

प्रेस चौतारीको अध्यक्षमा गणेश बस्नेत दोहोरिए, केन्द्रीय कमिटी १९९ सदस्यीय

नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा दोस्रो कार्यकालका लागि गणेश बस्नेत चयन भएका छन् । पोखरामा भएको संगठनको नवौँ महाधिवेशनबाट बस्नेतको अध्यक्षतामा १९९ सदस्यीय केन्द्रीय कमिटी गठन भएको हो । प्रेस चौतारीले १७...

कांग्रेस प्रवेश गरेका बलेफी गाउँपालिका अध्यक्ष क्षेत्री पदमुक्त

काठमाडौं । नेकपा एमाले छाडेर कांग्रेस प्रवेश गरेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री पदमुक्त भएका छन् । निर्वाचन आयोगले जारी गरेको सूचनाका अनुसार क्षेत्री पदमक्त भएसँगै उपाध्यक्ष कमला कायस्थले अध्यक्षको जिम्मेवारी पाएकी छन् ।...

प्रदेश १ मा १२० जनामा कोरोना संक्रमण

विराटनगर, २ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण भएको छ । ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

विराटनगरको खाद्य प्रविधिको ल्याबले पायो अन्तर्राष्ट्रिय मान्यता

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको ल्याबले गरेको खाद्यबस्तुको परीक्षण रिपोर्ट अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त गरेको छ ।प्रयोगशालालाई मान्यता दिने अन्तर्राष्ट्रिय संस्था भारतको एनएबीएल (नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ्ग एण्ड क्यालिब्रेशन ल्याब्रोटोरी)...

इप्रका रानीद्धारा तीन क्विन्टल गाँजा नष्ट

विराटनगर । इलका प्रहरी कार्यालय रानी विराटनगरले चालु आर्थिक वर्षको चार महिनामा बरामद भएको करिब साढे तीन क्विन्टल गाँजा प्रहरीले नष्ट गरेको छ ।इप्रका रानीले शनिबार विराटनगर–६ स्थित डम्पिङ साइटमा आगो लगाएर बरामद गरेको गाँजा...

भारत-चीनसँग आर्थिक विकासबाट लाभ लिनबाहेक नेपालको कुनै स्वार्थ छैन : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनसँग आर्थिक विकासबाट लाभ लिनबाहेक नेपालको कुनै स्वार्थ नभएको बताएका छन् । उनले विश्व महाशक्तिका रूपमा विकास हुँदै आएका दुई छिमेकीबीच असल सम्बन्ध विकास गर्दै आर्थिक विकासबाट लाभ लिनबाहेक नेपालको...

प्रदेश सभा बैठक, भ्रष्टचार र अनियमितताको छानविन गरिनुपर्ने माग

विराटनगर । कोशी प्रदेशसभाको शुन्य समयमा बोल्दै प्रदेश सभा सदस्यहरुले भ्रष्टचार र अनियमिततामा छानविन गरिनुपर्ने माग राखेका छन् । शुक्रबार बसेको प्रदेशभाको बैठकको शून्य समयमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।शुन्य समयमा प्रदेश सभा सदस्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्