झापा र सुनसरीबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित तीन जना पक्राउ

 न्यूज विराट
झापा र सुनसरीबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित तीन जना पक्राउ

विराटनगर, १६ माघ । झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित तीन जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतिय नागरीक किसनगंगज धनतोलाका २२ बर्षीय अहमद हुसेन र २६ बर्षीय महमद जमसेहलाई ९८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित झापा गाँपालिका–४ बाट प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी सुनसरीको कोशी गाँपालिका–१ लौकहीबाट लागुऔषध ट्याब्लेट सहित एक जना पक्राउ परेका छन् । को २२ प १६२३ नम्बरको मोटरसाईकलमा सवार रहेका बराहक्षेत्र नगरपालिका–६ का ३३ बर्षीय हेमराज नेपालीलाई रोकेर चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध स्पास्मोप्रोक्सिवन १४४ ट्याब्लेट बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित समाचार

माधवको अभियान तुहाउन सक्रिय बने एमालेका नेता

काठमाडौं, जेठ १९ । पार्टी बिरुद्ध निरनतर अभियान नछाडेपछि निश्काशनमा पर्नुभएका एमालेका पूर्वबरिष्ठ नेता माधव नेपालले जसरी प्नि अलग पार्टी बनाएर माओवादीसँग बिलय गराउने योजना बनाएपछि आपसी विवाद मिलाउन नेताहरु अनौपचारिक रुपमा सक्रिय भएका छन ।...

सिटी सफारी चालकलाई ट्राफिक नियम सिकाउँदै ट्राफिक प्रहरी पोष्ट निमुवा

विराटनगर । ट्राफिक प्रहरी पोष्ट निमुवाको बिशेष पहलमा सिटी सफारी चालकहरुलाई ट्राफिक नियम सिकाउँदै आएको छ । ट्राफिक प्रहरी पोस्ट निमुवाका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असइ) तुलामणि आचार्यले सिटी सफारी चालकहरुलाई ट्राफिक नियम सिकाउँदै...

विराटनगरमा प्रबुद्ध नागरिक समाजले भन्यो ‘विधिको शासन हुनुपर्छ’

विराटनगर,१४ माघ । लोकतन्त्रमा व्यक्ति ठूलो नभै विधिको शासनको अनुशरण हुनुपर्ने आज विराटनगरमा आयोजित खुल्ला पत्रकार सम्मेलन एवं अन्तरक्रियामा वक्ताहरुले बताएइका छन् । प्रबुद्ध नागरिक समाज विराटनगरद्वारा जनआन्दोलन चोकमा आयोजित खुल्ला पत्रकार सम्मेलन एवं अन्तरक्रिया...

नेपालमा पाँचौ कोरोना संक्रमित भेटिए

नेपालमा आज फेरि अर्का एकजनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत अर्का एक जनाको नमूना परीक्षणमा पोजेटिभ देखिएको जानकारी दिएको हो ।

दूरी कायम गर्न डब्लूएचओका नेपाल प्रतिनिधि भ्याण्डेलरको सुझाव

काठमाडौं, १९ साउन-विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड- १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एकअर्काबिच दूरी कायम गर्न अपिल गरेका छन् ।  पछिल्लो समय सरकारले लकडाउन हटाइसकेपछि मानिसहरूले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, २२ जेठ-लकडाउनबारे छलफल गर्नका लागि आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री सरकारी निवास अपरान्ह ४ बजे बस्ने बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री...

मोरङ बुढीगंगामा एमाले छोड्नेको लर्को, ४० जना माओवादीमा प्रवेश

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको एमाले नेताहरु धमाधम माओवादी केन्द्रमा प्रवेश गरेका छन् । केही समयअगाडि नेकपा एमालेका नेता बलभद्र सरदार थारु माओवादी केन्द्र प्रवेश गरेका थिए । सरदारको माओवादी प्रवेशसँगै एमालेबाट बुढीगंगा २ को...

कोरोना संक्रमणबाट चार दिनभित्र विराटनगर महानगरका दुई कर्मचारीको मृत्यु

विराटनगर, २१ वैशाख । कोरोना संक्रमणबाट चार दिनको फरकमा विराटनगर महानगरपालिकामा कार्यरत दुईजना कर्मचारीको मृत्यु भएको छ । नगर प्रहरी हवल्दार सूर्यबहादुर घिमिरेको मृत्यु भएको चार दिन नबित्दै संक्रमणबाट अर्का कर्मचारीको पनि मृत्यु भएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्