प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक शर्माद्धारा कार्य सम्पादन करार

 न्यूज विराट
प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक शर्माद्धारा कार्य सम्पादन करार

विराटनगर, १५ माघ । प्रादेशिक सञ्चार प्रतिष्ठान, प्रदेश १ का कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलवीच कार्य सम्पादन सम्झौता भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कार्य सम्पादन सम्झौता गरिएको हो । कार्यसम्पादन करार पछि प्रतिष्ठानले काम शुरु गर्ने कार्यकारी निर्देशक शर्माले बताए । उनले प्रशिक्षण कार्यविधि, सांगठनिक संरचना निर्माण लगायतका काम शुरु गरिने बताए ।

प्रतिष्ठानको नियमावलीमा कार्यसम्पादन करार पछि मात्रै प्रतिष्ठानको काम शुरु हुने व्यवस्था उल्लेख रहेको कार्यकारी निर्देशक शर्माले बताए ।

सञ्चार प्रतिष्ठानले पत्रकारको क्षमताबद्धि, सञ्चारगृह संवन्धि नीति निर्माण, पत्रकारिता क्षेत्रको विकासका लागि अध्ययन अनुसंधान, सूचनाको हक र पत्रकार आचारसंहिता संवन्धि सचेतना अभिबृद्धि लगायतका काम गर्ने छ । प्रदेश सरकार मन्त्री परिषदको गत पुस ६ गतेको बैठकले बरिष्ठ पत्रकार शर्मालाई प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

सम्बन्धित समाचार

मतदाताको घर–घर पुगेर आशिर्वाद लिँदै रंगेली–७ का स्वतन्त्र उम्मेदवार श्रेष्ठ, भन्छन्–वडालाई नमुना वडाको रुपमा विकास गर्छु

रंगेली, २६ वैशाख । सञ्जिव श्रेष्ठ रंगेली–७ का लागि निकै परिचित नाम हो । निरन्तर विभिन्न सामाजिक काममा सकृय रहँदै आएका श्रेष्ठको छवि समाजमा उच्च छ । निरन्तर समाजका लािग केही न केही गरिरहने श्रेष्ठप्रती...

ट्रकमा आगजनी भएको घटनाप्रति महासंघको ध्यानकर्षण, कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर । नेपाल ट्रक यातायात व्यवशायी महासंघले आईतवार विराटनगरमा भएको सडक दुर्घटनापछि मालबाहक ट्रकमा आगजनी गरिएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाले आज एक विज्ञप्ती जारी गर्दै सडक दुर्घटना...

पूर्वाञ्चल विद्या सदनको सन्देशमुलक प्रर्दशन

विराटनगर । २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर विराटनगरस्थित पूर्वाञ्चल विद्या सदनका विद्यार्थीहरुले सन्देशमुलक प्रर्दशन गरेका छन् । उनीहरुले विराटनगरको ट्राफिक चोकमा आज साझ सन्देशमुलक सामाग्रीहरु बोकेर प्रर्दशन गरेका हुन् ।पूर्वाञ्चल विद्या सदनका विद्यार्थीहरुले बुद्ध...

नेकपा सचिवालयमा ओली–प्रचण्डको प्रस्तावमाथि छलफल सुरु, बिवाद मिलाउन आयो यस्तो बिकल्प

काठमाडौं, मंसिर १६-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले राख्नुभएको प्रस्तावमा आजबाट औपचारिक छलफल अघि बढेको छ । आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीबिरुद्ध...

एनआरएनएको २४ घण्टे हेल्पलाइन सञ्चालनमा

काठमाडौं, ३० चैत-गैरआवासीय नेपालीले सामना गर्नु परेको समस्यालाई सुनुवाइ गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आजदेखि टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ । सङ्घको काठमाडौँस्थित सचिवालयबाट २४ सै घण्टा सञ्चालन हुने सो हेल्पलाइनमा कोरोना महामारीका कारणले...

मोरङको धनपालथानस्थित उखुबारीमा हत्या प्रकारणःथप दुई जना पक्राउ

विराटनगर, २२ माघ । मोरङको धनपालथानस्थित उखुबारी र ललितपुरको धापाखेलमा तीन जनाको हत्या गरी शव गाडेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार हत्याका मुख्य योजनाकारसहित तीन ओरोपीलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको...

मन्त्री फेरेर भएपनि परिणाम दिनेगरी अगाडि बढ्छुः प्रधानमन्त्री प्रचण्ड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरू फेरेर भएपनि परिणाम दिने गरि काम गर्ने बताएका छन् । मोरङको मिक्लाजुङ गाउँपालिका – ५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो...

भोलिसम्म एसईईको परीक्षा तालिका प्रकाशित गर्ने

काठमाडौं, माघ २६।  राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी थालेको छ । आज या भोलिसम्ममा परीक्षाको तालिका प्रकाशित गर्ने तयारी भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । उहाँकाअनुसार आउँदो बैशाख...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्