विराटनगर आएर कोइरालाले भनिन् ‘सभापतिमा मेरो उम्मेदवारी कायमै’

 न्यूज विराट
विराटनगर आएर कोइरालाले भनिन् ‘सभापतिमा मेरो उम्मेदवारी कायमै’

विराटनगर, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको बताएकी छन् । बुधवार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरागर्दै कोइरालाले यस्तो बताएकी हुन् । उनले उम्मेदवारी दिने अधिकार प्रयोग गर्ने बताइन् ।

सभापतिको उम्मेदारीले कोइराला परिवारको एकतामा असर पर्दैन भन्ने पत्रकारहरुको जिज्ञासामा नेतृ कोइरालाले यसवाट कोइराला परिवारबीचको एकतामा असर नपर्ने दाबी गरिन् । वर्तमान सरकार पूर्णरूपमा असफल भएको भन्दै कोइरालाले यसको विरुद्ध आवाज उठाउन जरुरी भएको बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको विषय अदालतमा विचाराधिन रहेको बताउँदै नेतृ कोइरालाले अदालतको निर्णय संगै कांग्रेसले थप कदम चाल्नुपर्ने बताइन् । निर्वाचन भए निर्वाचनमा होमिने नभए कांग्रेसले सोही समयको सदुपयोग गर्दै अधिवेशन गर्नुपर्ने नेतृ कोइरालाले बताइन् । उनले गुटगत राजनितिले देश बिग्रिएकाले आफु त्यसमा नलाग्ने बताइन् ।

सम्बन्धित समाचार

कोरोनाका कारण ६ सय पत्रकारको मृत्यु

एजेन्सी, २३ पुस-कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ ।  सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले सार्वजनिक गरेको हो । सो...

निजी विद्यालयलाई शिक्षा मन्त्रालयले भन्यो : आफूखुसी शुल्क नलिनुहोस्   

काठमाडौं, ८ असार-निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुसी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्नरनगराउन अनुरोध गरेको छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी...

अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न लागि परेको छु : अर्थमन्त्री महत

विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको धेरै समस्या अर्थतन्त्रमा आएको शिथिलताका कारण भएको बताएका छन् । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न आफू इमानदार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । बजेट खर्च नहुने...

कटहरी १ मा वडा कार्यालयको आफ्नै भवन बन्दै

विराटनगर । मोरङको कटहरी गाउँपालिका १ नं. वडा कार्यालयको सुविधा सम्पन्न भवन निर्माण सुरू भएको छ ।७२ लाख २० हजार ३ सय ८६ रुपैया लागतमा निर्माण हुन लागेको भवनको शुक्रबार शिलान्यास भएको हो । कटहरी...

थारु सामुदायको अधिकार स्थिापित गर्न एक जुट हुनुपर्छ : मन्त्री मोदी

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले थारु समुदायको पहिचान जोगाउन एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।मोरङको बेलबारी नगरपालिकाको डांगिहाटमा थारु कल्याणकारिणी सभाको १० औं जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै...

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

काठमाडौं, १९ कात्तिक-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आगामी मङ्सिर...

जन्म जयन्त्तीमा रक्तादन, ३० पिन्ट रगत संकलन

विराटनगर । पृथ्वीनारायण शाहको ३०२ औं जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर विराटनगरमा खुल्ला रक्तादन कार्यक्रम आयोजना गरेको छ । राप्रपा मोरङको आयोजनामा विराटनगरमा बिहीबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।रक्तादन कार्यक्रममा ३०...

समावेशी नीति बनाउन यौनिक तथा अल्पसङ्ख्यकको माग

विराटनगर । राजनैतिक दलहरूले नीति निर्माण बनाउँदा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको माग सुनवाइ गरिनुपर्ने उनीहरूले बताएका छन् ।राजनैतिक दलका नेताहरूलाई राखेर यौनिक तथा लैगीक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपालले विराटनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्