सरकारले नेपालको कृषि विदेशी व्यापारीलाई सुम्पिन लाग्यो : कृषि व्यवसायी

 न्यूज विराट
सरकारले नेपालको कृषि विदेशी व्यापारीलाई सुम्पिन लाग्यो : कृषि व्यवसायी

सरकारले कृषिमा विदेशी लगानी भित्र्याउन कानुनी बाटो खोलेर नेपालको कृषि विदेशी व्यापारीलाई सुम्पिन लागेको कृषि व्यवसायीले बताएका छन् । कृषिमा विदेशी लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका विभिन्न क्षेत्रका कृषि व्यवसायीले सरकारले नै नेपालको कृषि पहिचान विदेशी व्यापारीलाई जिम्मा लगाउन लागेको आरोप लगाएका छन् ।

सरकारले कृषिमा विदेशी लागनी भित्र्याउन ल्याएको कानुनी तत्काल रोक्नुपर्ने नेपाल डेरी एशोसिएसनका महासचिव प्रल्हाद दाहालले बताए । सरकारले नेपालभित्र कृषि पेसा गरेर परिवार पाल्दै आएका कृषकको रोजीरोटी खोस्न विदेशी लगानी भित्र्याउन कानुनी मान्यता दिएको उनको आरोप छ ।

यस्तै, सरकारले नेपाली कृषि व्यवसायीलाई विस्थापित गर्न कृषिमा विदेशी लगानी भित्र्याउन कानुनी बाटो खोली दिएको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले बताए । सरकारले कृषिमा विदेशी लगानी भित्र्याउन बनाएको कानुन तत्काल फिर्ता नगरे देशव्यापी आन्दोलन गर्न र किसानले उत्पादन गरेका कृषिका सामग्री सरकारलाई जिम्मा लिने उनको भनाइ थियो ।

नेपालमा छिमेकी भारत र चीनका कृषि व्यवसायीले लगानी गर्ने इच्छा देखाउँदै आएका छन् । पशुपन्छीपालन, मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसायमा विदेशी लगानी भित्र्याउन सरकारले कानुनी बाटो खुलाएर नेपाली कृषकलाई मर्कामा पार्न खोजेको व्यवसायीको आरोप छ ।

सम्बन्धित समाचार

नारायणहिटीमा श्रीपेच चोर्न खोज्ने पक्राउ

काठमाडौं, ८ असोज । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार शुक्रबार अवलकोनका लागि संग्रहालय पुगेका...

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशन अन्तरगत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले विजयी हासिल गरेका हुन्...

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा ९ र १० फागुनमा

काठमाडौं, ४ माघ-नेपाल मेडिकल काउन्सिलको चिकित्सा दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) फागुन ९ र १० गते हुने भएको छ । काउन्सिलले परीक्षाको लागि आवेदन खुलाएको छ । ५ माघदेखि अनलाइन फारम खुला गरिएको काउन्सिलले जनाएको...

पाँच बुँदे सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं, २७ माघ । पाँच बुँदे सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी संघ नेपाल केन्द्रीय समितिले पाँचबुँदे माग प्रस्तुत गर्दै बुधबारदेखि बोर्डमा सुरु गरेको आन्दोलन आजको वार्तामा सहमति जुटेपछि स्थगित...

अध्यक्ष तिमिल्सिनाले गरे ७ प्रदेशका सभामुखसँग छलफल

काठमाडौं, ३ वैशाख-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ७ वटै प्रदेशका सभामुखसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् ।कोरोना भाइरस (कोभिड-१९) संक्रमणको नियन्त्रणमा प्रदेश र स्थानीय तहमा देखिएका समस्याको समाधानका लागि गरिएका प्रयासका विषयमा बुधबार अध्यक्ष तिमिल्सिनाले ७...

भोलीदेखि सर्वोच्च अदालतको सबै सेवा सञ्चालन हुने

काठमाडौं, २९ माघ । सर्वोच्च अदालतले भोली देखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत ४ माघको पुर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चले १ फागुन देखी सबै...

‘समयमानै उपचार गरौं, छारे रोगबाट मुक्त हौँ’ भन्दै न्यूरो हस्पिटलले निकालो सचेतनामुलक प्रभातफेरी

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले ‘वर्ल्ड  पर्पल डे’ को अवसर पारेर सेचतनामुलक प्रभातफेरी निकालेको छ । न्यूरोले मंगलबार विहान प्रभातफेरी निकालेको हो । न्यूरो अस्पतालबाट सुरु भएको प्रभातफेरी नगरको विभिन्न भाग परिक्रमा गरेर सोही ठाउँमा...

निको भएर फर्किए १६ कोरोना संक्रमित

काठमाडौं, १४ वैशाख-कोरोना भाइरस संक्रमण भेटिएका १६ जना नेपाली उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार आज थप ४ जना कोरोना जाति भएर घर फर्किएका हुन् । मन्त्रालयका अनुसार रौतहटका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्