विराटनगरको आरोहण गुरुकुलमा नाटक ‘सन्ध्या’ मञ्चन हुँदै

 न्यूज विराट
विराटनगरको आरोहण गुरुकुलमा नाटक ‘सन्ध्या’ मञ्चन हुँदै

विराटनगर, ८ माघ । आरोहण गुरुकुल विराटनगरमा भोलिदेखि नाटक ‘सन्ध्या’ मञ्चन हुने भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा माघ १३ गतेसम्म दैनिक दिउँसो ३ बजे नाटक मञ्चन हुनेछ । सरकारले निर्धारण गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै नाटकघर खोल्ने निर्णयमा पुगिएको आरोहण, विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।

१० महिना भन्दा बढि समयदेखि बन्द रहेको नाटकघरमा नाटक मञ्चन गर्दै नाटकघर सबैका लागि खुला भएको सन्देश दिन समेत लागिएको क्षेत्रीले बताए ।

धीरज राईको लेखन तथा दिपेश भण्डारीको निर्देशनमा तयार उक्त नाटक २ वर्षअघि पनि मञ्चन गरिएको थियो । नाटकमा विकास पराजुली, सविन भट्टराई, जिना कार्की, अनुपमा बास्तोला, प्रदीप दाहाल, मिलन राई, अशोक गौतमले अभिनय गरेका छन् ।

सम्बन्धित समाचार

भ्रचारविरोध सञ्जेल कार्यकक्षमै कुटिए

विराटनगर, साउन १७–भ्रष्टाचार विरोधी छवि बनाएका नेपाल सरकारका उप–सचिव प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटिपिट भएको छ । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा २ कर्मचारीले कुटपिट गरेका हुन् । मोरङ प्रहरी प्रमुख प्रहरी...

किड्स भिलेजमा अक्षरारम्भ, ४७ जना विद्यार्थी नयाँ भर्ना

विराटनगर । विराटनगर – ५ मा रहेको किड्स भिलेज स्कुलमा ४७ जना नयाँ विद्यार्थीले अक्षरारम्भ गरेका छन् । स्कुल परिसरमा बुधबार बसन्तपञ्चमीको अवसर पारेर सो संख्यामा विद्यार्थीहरुले अक्षरारम्भ गरेका हुन् । बसन्तपञ्चमीमा किड्स भिलेज स्कुल...

कोशी प्रदेशसभाको बैठक बुधबार

विराटनगर । कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बुधबार दिनको १ बजे बस्ने भएको छ । अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको बैठक प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै बैठकको जानकारी दिएका हुन् ।...

कमल थापाको भने- ओली र देउवाका दाबी कीर्ते हुन्, खारेज गरेर चुनाव घोषणा होस्

राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री पदका लागि शेरबहादुर देउवा र केपी शर्मा ओलीले गरेको दाबी कीर्ते भएको बताएका छन् । शुक्रबार ट्वीट गर्दै अध्यक्ष थापाले दुवै दावी कीर्ते भएकाले त्यससलाई खारेज गरेर संविधान बमोजिम चुनाव घोषणा...

राष्ट्रिय सहकारी दिवस मनाउन विभिन्न नौ उपसमिति गठन

६७औं राष्ट्रिय सहकारी दिवस मोरङमा पनि भव्य रुपमा मनाउन विभिन्न नौ उपसमिति गठन गरिएको छ ।  चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तय गरी सोका लागि गत फागुनमा नै जिल्ला सहकारी संघ...

कोरोना संक्रमितका लागि ९४२ आईसीयू र ४९६ वटा भेन्टिलेटर छुट्याइयो

काठमाडौं, २९ साउन-कोरोना भाइरस संक्रमितको उपचार गर्नका लागि देशभर ९४२ वटा आईसीयू बेड व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न अस्पतालमा कोरोना भाइरस संक्रमण भएर आएकाको उपचारका लागि कुल...

थप ३२ जनामा देखियो कोरोना, संक्रमितको संख्या ५ सय ४८ पुग्यो 

काठमाडौं, १० जेठ-नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा, भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि सप्तकोशी स्कुललाई

विराटनगर । प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि मोरङको उर्लाबारीस्थित सप्तकोशी सेकेण्डरी स्कुलले जितेको छ ।प्याब्सन मोरङले विराटनगरमा बुधबार आयोजना गरेको प्रतियोगितमा सप्तकोशीले फाइनलमा ९ वटा स्कूललाई पछि पार्दै उपाधि जितेको हो । जितसँगै सप्तकोशीले नगद १५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्